सेयर बजारका लगानीकर्ताको प्रमुख आकर्षण बन्यो ‘डिबेन्चर’, यसकारण बढ्दैछ डिबेन्चरमा लगानी
काठमाडौं । पछिल्लो केही दिन यता सेयर बजारका लगानीकर्ताको प्रमुख आकर्षणमा ऋणपत्र (डिबेन्चर) परेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको ब्याजदर निकै तल झरेसँगै लगानीकर्ताहरु डिबेन्चरतर्फ आकर्षण हुन थालेका छन् । अहिले मुद्दती निक्षेपको ब्याजदर औसतमा ५ प्रतिशतभन्दा मुनि रहेको छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले बढी प्रतिफल दिने वैकल्पिक साधनको रुपमा डिबेन्चरमा लगानी सारेका […]