कांग्रेस सहमहामन्त्रीमा योगेन्द्र चौधरीको उम्मेदवारी दर्ता
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा योगेन्द्र चौधरीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले थारु क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी गत विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री पदमा निर्वाचित भएका थिए । कांग्रेसको जारी १५ औं महाधिवेशन अन्तर्गत अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।