शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल
२० असोज, काठमाडौं । शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । उनी मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक हुन् । शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारहरूको संस्था शिक्षा पत्रकार समूहको काठमाडौंमा भएको २७ औं साधारणसभा तथा १३औं अधिवेशनबाट नेपालको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । नेपाल यसअघि समूहका वरिष्ठ उपाध्यक्ष थिए । […]