कांग्रेस महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै, सात हजार २५५ प्रतिनिधिले मतदान गर्ने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार निर्वाचनमा सात हजार २५५ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । मतदानका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा व्यवस्था गरिएको छ । प्रदेश […]