कांग्रेसका प्रत्येक व्यक्ति महत्वपूर्ण छन्, पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि निर्वाचनमा पराजित भएकाहरूलाई समेटेर अघि बढ्ने बताएका छन् । महाधिवेशन मतदानस्थलमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै थापाले कांग्रेसभित्र देखिएको राजनीतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका हुन् । यो महाधिवेशन प्रक्रियामा सहभागी नभएको नेपाली […]