सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेको बढुवा, बेपत्ता आयोगमा पदस्थापन
२३ असोज, काठमाडौं । सरकारले सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई नायब महान्यायाधिवक्तामा बढुवा गरेको छ । न्याय सेवा आयोगको सिफारिसमा सरकारले नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापना समेत गरेको हो । नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीको अवकाशपछि रिक्त पदमा नेउपानेको बढुवा भएको हो ।