प्रस्तावित न्यायाधीशको सुनुवाइमा उठ्यो ५२ पदाधिकारीको मुद्दामा सर्वोच्चको ढिलाइबारे प्रश्न
During the parliamentary hearing of proposed Supreme Court judges, questions were raised about the Supreme Court’s delay in a case involving 52 constitutional officeholders who were appointed without parliamentary hearing. The issue came up in the Parliamentary Hearing Committee as the proposed judges faced hearings.
२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा संसदीय सुनुवाइबिनै नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीको मुद्दामा सर्वोच्च अदालतले गरेको ढिलाइबारे प्रश्न उठेको छ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूसँग प्रश्न गर्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्याय खोज्ने अन्तिम थलो सर्वोच्च अदालतले राष्ट्रिय महत्त्वका मुद्दामा वर्षौंसम्म निर्णय नगर्नु न्यायिक विश्वसनीयतामाथिकै प्रश्न भएको बताए […]