जीडब्लूएमको दसैंतिहार अफर : ईभी किन्दा ३ लाख रुपैयाँसम्मको लाभ
यो योजना अन्तर्गत जीडब्लूएमको ओरा–५ ईभी खरिद गर्ने ग्राहकले २ लाख रुपैयाँसम्म र हाभाल जोलियन म्याक्स ईभी खरिद गर्दा ३ लाख रुपैयाँसम्मको लाभ पाउने कम्पनीले जनाएको छ ।
यो योजना अन्तर्गत जीडब्लूएमको ओरा–५ ईभी खरिद गर्ने ग्राहकले २ लाख रुपैयाँसम्म र हाभाल जोलियन म्याक्स ईभी खरिद गर्दा ३ लाख रुपैयाँसम्मको लाभ पाउने कम्पनीले जनाएको छ ।
असोज ८ गतेदेखि परिवारको सम्पर्कमा नरहेका उनीहरू सोमबार सबै सम्पर्कमा आएको र सकुशल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
१३ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को यू–१९ महिला विश्वकपको सह–आयोजक नेपालमा भइरहेको तयारीप्रति सन्तुष्टि व्यक्त गरेको छ । आईसीसीका इभेन्ट्स एन्ड अपरेसन्सका महाप्रबन्धक गौरव सक्सेना सहितको टोलीले नेपाल आएर माथिल्लो मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको थियो । प्रतियोगिताको पूर्वतयारी तथा व्यवस्थापनबारे निरीक्षण गरेपछि सक्सेनाले नेपालमा […]
नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर कम्पनीले ‘अत्यधिक वर्षाको सूचकांंकमा आधारित धान उत्पादनमा हुने ह्राससम्बन्धी बीमालेख’ जारी गरेको हो । यो बीमालेख ७ असोजदेखि ७ मंसिरसम्म लागु हुनेछ ।
१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले जलविद्युत् आयोजनाका सुरुङ निर्माणसम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित विपद् जोखिम न्युनिकरण र व्यवस्थापनसम्बन्धी कानूनी प्रावधान र कार्यान्वयनको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । विपद् व्यवस्थापन र सुरक्षालाई प्राथमिकता दिएर सुरुङ निर्माणसम्बन्धी मापदण्ड परिमार्जन गर्नुपर्ने […]
पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई आक्रमणमा ३३ जनाको मृत्यु भएको छ।
१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कमल सुवेदीले विपद् जोखिम न्युनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित विपद् जोखिम न्युनिकरण र व्यवस्थापनसम्बन्धी कानूनी प्रावधान र कार्यन्वयनको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले विकास निर्माण गर्नुअघि भौगोलिक तथा विपद् जोखिमको अध्ययन गर्नुपर्ने […]
सर्वसाधारण सेयरधनीका तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।
प्रहरी कानुनको बफादार कार्यान्वयनकर्ता बनिरहोस्, नाजायज आदेशहरूको निरीह पालक होइन । प्रहरीको शक्ति बन्दुक र वर्दीबाट आउँछ, तर वैधता भने नागरिकको विश्वासबाट आउँछ। चोलेन्द्र पक्राउ प्रकरण पछिल्लो उदाहरणमात्रै हो जहाँ प्रहरीको नैतिक वैधतामाथि प्रश्न उठेको छ ।
साइबर अपराधसम्बन्धी कसुरमा अदालतबाट तीन दिनको अनुमति प्राप्त भएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
मधेस प्रदेश मुख्यमन्त्री कृष्णप्रसाद यादवले पेफा मूल्यांकन प्रतिवेदनले प्रदेशको सार्वजनिक वित्त व्यवस्थापनको वर्तमान अवस्थाको वस्तुनिष्ठ र प्रमाणमा आधारित स्पष्ट चित्र प्रस्तुत गरेको बताए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र संस्थापनइतर समूहबीच विवाद चर्किरहेका बेला सभापतिले महाधिवेशन प्रतिनिधि मनोनीत गर्न पाउने संख्यामा समेत फरक–फरक व्यवस्था गरिएको छ।
१२ असोज, काठमाडौं । सर्वाेच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ । सर्वाेच्चका न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले रवीन्द्रलाई रिहा गर्न अस्वीकार गरेको हो । यस्तै, न्यायाधीश महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सञ्जिवलाई रिहा […]
प्राधिकरणले आगामी जनवरीदेखि मेसम्मका लागि ११ सय ५४ मेगावाट बिजुली आयात गर्ने जनाएको हो ।
१२ असोज, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नियन्त्रण शैलीप्रति आपत्ति जनाएका छन् । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधि र प्रक्रिया मिचेर गरिएको धरपकडले सुशासन कायम नहुने र यसले सरकारको अधिनायकवादी चरित्र देखाउने जिकिर गरे । सांसद थेबेले पूर्वप्रधानन्यायाधीशलाई प्रहरीले ससम्मान नियन्त्रणमा लिनुपर्नेमा राज्यले नै अपहरणको […]
१२ असोज, झापा । झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–१ भागडुब्बास्थित सडकमा प्र.१–०१–००१ ख ३५२४ नम्बरको बसले प्र.१–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका–३ बस्ने १८ वर्षीय करण राजवंशीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु […]
रेविज कुकुर, बिरालो तथा अन्य जंगली जनावरको टोकाइबाट मानिसमा सर्न सक्ने प्राणघातक जुनोटिक रोग हो । घरपालुवा होस् वा सामुदायिक कुकुर, जुनसुकै उमेर तथा शारीरिक अवस्थाका स्तनधारी जनावरवहरूमा यस रोगको संक्रमण हुन सक्छ । एकपटक रेविज रोग लागिसकेपछि यसको प्रभावकारी उपचार छैन । तर, समयमै यस रोग विरुद्धको खोप लगाएमा सजिलै बच्न सकिन्छ । सन् […]
१२ असोज, विराटनगर । विराटनगरमा खुद्रा पसल सञ्चालन गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन् । सोमबार नेपाली नागरिकको नाममा पसल दर्ता गरी व्यवसाय सञ्चालन गर्दै आएकी महिला लि जोसिज्याकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि ८ असोजमा विराटनगरको सेन्ट्रल मलमा ६ वटा सटरमा सञ्चालनमा रहेको ‘योनो मार्ट’का सञ्चालक जिङ्सियान सिएलाई पक्राउ गरेको थियोे । विराटनगर […]
‘प्रहरी पनि आदेश पालक जस्तो मात्रै देखियो । खुरुखुरु गएर ल्याएको छ । बर्दीधारी हुनुको एउटा नैतिकता प्रहरीले पनि कायम गर्न सकेको छैन’, आङ्देम्बेले भने ।
डिप बोरिङ गरेर ट्युवबेल गाड्ने ठेक्कामा घुस मागेको आरोपमा पक्राउ परेकी कार्यालय प्रमुख अनुपमा ढकालको कुराकानी पत्याउने हो भने, उनले लिएको कमिसनको हिस्सा प्रदेश मन्त्री र सचिवसम्म पुग्थ्यो ।
सिजन-२ मा करिब ६० करोड रुपैयाँ बराबरको डिल भएको छ, यसबाट सिजन-२ अझै ठूलो र उत्कृष्ट भएको हिमालय टेलिभिजनले जनाएको छ ।
कांग्रेस १५औं महाधिवेशन असोज १६-१९ गतेका लागि तय भएको थियो।
इरानका सर्वोच्च नेता मोजतबा खामेनीले इरानी सेनाले दक्षिणी इरानको तटीय क्षेत्रबाट शत्रु(अमेरिकी सेना)लाई अरब सागरसम्म धपाएको दाबी गरेका छन् ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपीडितको पुनर्स्थापना र प्रभावित क्षेत्रमा पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन् ।
काठमाडौं । चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ । चाडपर्व नजिकिएसँगै देशभर यात्रुहरूको आवतजावत बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न विशेष अभियान सञ्चालनको तयारी थालिएको हो । उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद […]
१२ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन आगामी स्थानीय तहको निर्वाचनपछि गर्नेबारे नेताहरूबीच छलफल भएको छ । तर, टुंगो भने लागिनसकेको नेताहरूले बताएका छन् । गत वैशाखमा सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले आगामी मंसिर ११ गतेदेखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । जसमा असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा […]
१२ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंसिर १ गतेदेखि काठमाडौमा पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी रुपमा कार्यन्वनयमा ल्याउने बताएकी छिन् । मन्त्रालयले सोमबार आयोजना गरेको पशु वधशाला र मासु जाँच ऐन, २०५५ कार्यान्वयनको अवस्था र अबको कार्ययोजना सम्बन्धी उपत्यकाका स्थानीय जनप्रतिनिधिहरुसँगको छलफलमा उनले उपभोक्तालाई स्वस्थ र सुरक्षित मासु उपलब्ध […]
१२ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला ५ हजार मिटर दौडमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले निराशाजनक प्रदर्शन गरेका छन् । जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक रंगशालामा भएको महिला ५ हजार मिटर दौडमा सन्तोषी र पूर्णलक्ष्मी सबैभन्दा अन्तिममा रहे । १२ जना सहभागी भएकोमा पूर्णलक्ष्मी ११औं र सन्तोषी १२औं स्थानमा रहे । […]
१२ असोज, काठमाडौं । अमेरिकाका अलराउन्डर शुभम रन्जानेले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि विराटनगर किङ्सबाटै खेल्ने भएका छन् । विराटनगरले सोमबार सामाजिक सञ्जालमार्फत रन्जानेलाई अनुबन्ध गरेको जनाएको हो । ३२ वर्षीय रन्जाने दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ गर्छन् । उनले समग्र टी-२० क्रिकेटमा ७४ खेल खेल्दा ११७७ रन बनाएका छन् । […]
१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले विपद्का जोखिम न्युनीकरणका लागि छिमेकी राष्ट्रसँग पनि समन्वय गर्न आवश्यक रहेको बताएकी छिन् । सोमबार काठमाडौंमा आयोजित विपद् जोखिम न्युनीकरण र व्यवस्थापनसम्बन्धी कानूनी प्रावधान र कार्यन्वयनको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले नेपालको सीमासँग जोडिएका राष्ट्रहरूसँग कुटनीतिक संवाद अघि बढाउनुपर्ने बताएकी हुन् । उनले विपद् नेपालमा मात्र […]
सन् २००९–१० देखि २०१७–१८ सम्मका नौ सिजनसम्म फैलिएको वित्तीय गडबडीका कारण सम्भावित कारबाहीमा अंक कटौती, भारी जरिवानादेखि प्रिमियर लिगबाट निष्कासनसम्मका विकल्प छन् ।
१२ असोज, काठमाडौं । नेपाली सेनामा ‘प्रधानसेनापति ट्रफी’ सुरु भएको छ । सोमबार प्रधानसेनापति अशोकराज सिग्देलले लखनखेलस्थित खेल मैदानमा प्रधानसेनापति ट्रफी २०८३ को शुभारम्भ गरेका हुन् । नेपाली सेनाभित्र रहेको प्रतिभावना खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरू तयार पार्नु यसेको उद्देश्य रहेको बताइन्छ । यो ट्रफी २०६५ सालदेखि सुरु […]
१२ असोज, काठमाडौं । चाडपर्व नजिकिएसँगै ट्राफिक प्रहरीले सवारी अनुगमनको विषयलाई तीव्रता दिएको छ । चाडपर्व नजिकिएसँगै देशभर यात्रुहरूको आवतजावत निकै बाक्लो हुने हुँदा यस अवधिमा बस टिकटमै कालोबजारी हुने भन्दै अनुगमन तिव्र बनाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए । परिचयपत्र नभएका अनाधिकृत व्यक्तिहरूले टिकट काट्ने, बढी भाडा लिने, […]
१२ असोज, काठमाडौं । सरकारले नवजात शिशु तथा बालबालिकाको पोषण सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु विक्री वितरण नियन्त्रण ऐन, २०४९’ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उक्त विधेयक प्रश्तुत गर्दै संघीय संरचना र वर्तमान आवश्यकताअनुसार कानून परिमार्जन […]
१२ असोज, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २७ सम्म कर्णाली प्रदेशमा हुँदैछ । शिक्षा तथा खेलकुद मन्त्रालयले यसअघि नै दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरिसकेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश गर्ने निर्णय गरेको छ । यसअघि २०७९ मा गण्डकी […]
१२ असोज, काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । सोमवार बसेको बैठकमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभा समक्ष प्रश्तुत गरेकी हुन् । बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन मन्त्री गौतमले प्रतिवेदन पेश गर्न अनुमति […]
१२ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् गठन तथा विस्तार संविधानको समावेशी सिद्धान्तविपरीत भएको दाबी गर्दै उच्च अदालत सुर्खेतमा रिट निवेदन दायर गरिएको छ । रिट निवेदकहरूले हालको मन्त्रिपरिषद् गठन तथा विस्तारसम्बन्धी निर्णय बदर गरी दलित समुदायको प्रतिनिधित्वसहित समावेशी सिद्धान्तका आधारमा पुन: मन्त्रिपरिषद् गठन गर्न माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) […]
‘क्यान्सर भयो ।’ यो सुन्नेबित्तिकै धेरैको मनमा पहिलो कुरा आउँछ, ‘अब बाँचिँदैन !’ समाजमा क्यान्सरलाई लिएर रहेको डर र गलत धारणाका कारण यस्तो सोच बन्ने गर्छ । तर क्यान्सर हुनु भनेको जीवनको अन्त्य होइन । यसको प्रकार, अवस्था र समयमै भएको उपचारअनुसार धेरै क्यान्सरको प्रभावकारी उपचार सम्भव छ । क्यान्सरबारे समाजमा फैलिएका यस्तै केही भ्रम […]
१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारले व्यक्तिगत ‘इगो’ साट्नका लागि राज्यसत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विधि र प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले सरकारको छवि धुमिल भएको टिप्पणी गरे । ‘कोही पनि व्यक्तिलाई पक्राउ गर्नुहुन्न […]
१२ असोज, काठमाडौं । विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गरिएको छ । विश्वविद्यालयका अध्यक्ष अर्जुन कार्कीले मिश्रलाई नियुक्त गरेका हुन् । सिफारिस समितिले उपकुलपतिका लागि नाम सिफारिस गरेको थियो । समितिले दरखास्त आह्वान गर्ने र आवेदन दिएकाहरूको प्रस्तुती र अन्तवार्तापछि योग्य उम्मेदवारको नाम सिफारिस गर्ने नियम छ । सोही […]
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ९ असोजको बाढीपहिरो र १० भदौको भोटेकोशी बाढीका कारण ६ सय २० मेगावाट बिजुली राष्ट्रिय प्रणाली बाहिर रहेको बताए ।
१२ असोज, काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिइएको घटनालाई लिएर नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सरकारको आलोचना गरेका छन् । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद मल्लले सरकारको यस्तो शैलीलाई ‘जङ्गली राज’ को संज्ञा दिए । सांसद मल्लले पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित व्यक्तित्वमाथि मध्यरातमा गरिएको कारबाहीले लोकतन्त्र, संविधान र […]
दमक नगरपालिकाका मेयर रामकुमार थापाको निर्देशन तथा तोकआदेशमा कानुनविपरीत जम्मा ५ हजार रुपैयाँ जरिबाना तिराएर नदीजन्य सामग्री ओसारपसारमा संलग्न ट्र्याक्टरहरू छोड्ने गरेको पाइएको छ ।
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले यसवर्षको बाढी र पहिरोका कारण राष्ट्रिय विद्युत प्रणालीमा करिब एक हजार मेगावाट उत्पादन अवरुद्ध भएको बताएका छन् ।
१२ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङका मान्छेसँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भएका ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ल छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो । मल्ल र अर्का एक व्यक्तिले गृहमन्त्रीका मान्छेसँग […]
काठमाडौं । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री कृष्णप्रसाद यादव, प्रदेशका अर्थमन्त्री युवराज भट्टराई, एडीबी नेपाल आवासीय नियोगका देशीय निर्देशक अर्नो काउश्वा र सेजनका अध्यक्ष भागवत […]
१२ असोज, संखुवासभा । मनाङ जिल्लाको हिमलुङ हिमालमा हिमपहिरोमा परेर सङ्खुवासभाका दुई जनाको मृत्यु भएको छ । असोज ११ गते मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परेर भोटखोला गाउँपालिका–३ का छेबी भोटे र भोटखोला गाउँपालिका–२ का पासाङ भोटेको मृत्यु भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । आइतबार हिमलुङ हिमाल क्षेत्रमा आएको हिमपहिरोमा परेर उनीहरूको ज्यान […]
इरानको वार्षिक मुद्रास्फीति दर ६१.४ प्रतिशत पुगेको छ । आधिकारिक तथ्यांकअनुसार खाद्यवस्तुको मूल्यमा एक वर्षको अवधिमा १२८.१ प्रतिशत वृद्धि भएको छ ।
काठमाडौं। बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि आगामी सुख्खायाममा नेपालको विद्युत् आपूर्ति व्यवस्थापनका लागि भारतबाट ठूलो परिमाणमा विद्युत् आयात गर्नुपर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरणअनुसार आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट १ हजार २ सय १८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ भने माग-आपूर्ति सन्तुलनका लागि विभिन्न माध्यमबाट १ हजार […]