स्पेनको चुनावी सरगर्मी : आप्रवासन र रोजगारीमा नेपालीको चासो
स्पेनको चुनाव नेपाली समुदायका लागि पनि चासोको विषय बनेको छ। यहाँ बसोबास गरिरहेका नेपालीको रोजगारी, परिवार पुनर्मिलन, बसोबास अनुमति र नागरिकतासँग सम्बन्धित विषय चुनावी नीतिसँग जोडिएका छन्। स्पेन आउने योजना बनाइरहेका नेपालीका लागि पनि आप्रवासनसम्बन्धी दलका प्रस्ताव महत्त्वपूर्ण छन्।