सर्वोच्चले भन्यो– ‘पशुपति गौशालाको मुद्दा दोहोर्याउन आवश्यक छैन, अब कोषकै हक कायम हुन्छ’
पशुपति गौशालामा आफू मोही भएको भन्दै मारवाडी सेवा समितिले हक दाबी गरिरहेको थियो । त्यहाँ पशुपति क्षेत्र विकास कोषकै स्वामित्व हुने जिल्ला र उच्च अदालतको आदेशलाई सर्वोच्चले समेत अनुमोदन गरेको छ ।