अत्यधिक गर्मी र वन विनाशले चमेराबाट रोग फैलिने सम्भावना : अध्ययन
सिड्नी । जलवायु परिवर्तन, अत्यधिक गर्मी र प्राकृतिक वासस्थानको विनाशले चमेराबाट मानिसमा सर्न सक्ने घातक रोगको जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार बढ्दो तापक्रम, वन विनाश र जैविक विविधतामा आएको ह्रासले प्राकृतिक पारिस्थितिक प्रणालीमा असर पारिरहेको छ। यसले चमेराको वासस्थान र आहारमा परिवर्तन ल्याउनुका साथै चमेरा, मानिस […]