अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का
अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । घटनाबारे जानकार एक व्यक्तिका अनुसार एफबीआईले शनिबार उक्त साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ ।