धाम्रा र मुन्द्रा बन्दरगाह मागेको नेपाललाई भारतले किन दियो पारादीप र कान्डला ?
तेस्रो देशसँगको आयात-निर्यातमा कोलकाता-हल्दिया र विशखापट्नम बन्दरगाहको पहुँच मात्रै पाइरहेको नेपालले अन्य दुई उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाहको पहुँच मागिरहेको थियो । भारतले ती दुई राज्यकै तर फरक बन्दरगाह दिने सहमति जनायो । सहमतिको कार्यान्वयन पनि तत्काल हुने छैन ।