स्नायु उपचारमा फड्को मार्दै नेपाल, अब खाँचो राष्ट्रिय स्नायु केन्द्रको
नेपालमा कुनै समय मस्तिष्कको जटिल शल्यक्रिया गर्नुपर्दा बिरामीका परिवारसँग दुईवटा विकल्प हुन्थे । सीमित अस्पतालमा उपचारको जोखिम मोल्ने वा विदेश जाने तयारी गर्ने । समयसँगै यो अवस्था फेरिएको छ । नेपाली चिकित्सकले जटिल न्युरोसर्जरी गर्न थालेका छन् । मस्तिष्कका रक्तनलीमा देखिने समस्या, ब्रेन ट्युमर, मेरुदण्डका जटिल रोगदेखि पार्किन्सन्स र छारे रोगको विशेष उपचारसम्मका सेवा देशभित्रै […]