ठमेलको होटलमा प्रहरीको छापा, श्रोत नखुलेको ५० लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलमा अवैध रूपमा रकम लुकाइछिपाइ राखिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच […]