२०४६ सालदेखि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन हाेस : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘हामी तयार छौँ अभियान’ अन्तर्गत स्थानीय तहका प्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति विवरण जाँचबुझ गर्न कांग्रेस तयार रहेको बताएका हुन्। […]