प्रबल गुरुङको गाउनमा बेबी-बम्पसहित हलिउड स्टार एनी ह्याथवे
हलिउड अभिनेत्री एनी ह्याथवे नेपाली मूलका अन्तर्राष्ट्रिय फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको गाउनमा देखिएकी छन्। न्युयोर्कमा आयोजित फिल्म 'भेरिटी'को प्रिमियरमा उनले 'एटेलियर प्रबल गुरुङ' ब्रान्डको लुक पहिरिएकी थिइन्, जुन गर्भावस्थाको बेबी-बम्प उदाउने गरी बनाइएको थियो। गुरुङले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत त्यो क्षणका तस्बिरहरू सार्वजनिक गरे। नेपाली डिजाइनरको काम हलिउड स्टारको शरीरमा पुग्दा यसले धेरैको ध्यान तान्यो।
न्युयोर्क । नेपाली मूलका अन्तर्राष्ट्रिय फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको आकर्षक गाउनमा हलिउड अभिनेत्री एनी ह्याथवे देखिएकी छन् । गुरुङले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत ह्याथवेले न्युयोर्कमा आयोजित फिल्म ‘भेरिटी’को प्रिमियरमा ‘एटेलियर प्रबल गुरुङ’को गाउन लगाएको जानकारी दिएका हुन् । ह्याथवेले कालो रंगको सिफनबाट तयार पारिएको गाउन लगाएकी थिइन् । स्वीटहार्ट नेकलाइन रहेको उक्त गाउनमा फूलको […]