आमा सम्झाउने त्यो कार्यक्रम
पुरस्कारका बारेमा बोल्दै गर्दा डेनीको गला अवरुद्ध भयो, सम्हालिन खोजे, सकेनन् र भक्कानिन पुगे। उनले अगाडि बोल्न सक्दैसकेनन्, मन्तव्यलाई त्यहीँ बिसाए। मलाई लाग्छ— मातृविहीन सबैले आआफ्नी आमालाई सम्झे। केही बेर वातावरणमा उकुसमुकुस छायो।