झापामा जंगली हात्तीको त्रास र सुकुमवासी समस्याबारे संसद्मा ध्यानाकर्षण
१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुमवासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले बाली भित्र्याउने समयमा हात्तीले निम्त्याएको क्षति नियन्त्रण गर्न र जग्गा निस्सा पाइसकेका नागरिकलाई लालपुर्जा प्रदान गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेकी […]