त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरण : पक्राउ परेका ५ जना धरौटीमा रिहा
१७ असोज, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरणमा पक्राउ परेका पाँच जना धरौटीमा रिहा भएका छन्। गत असोज ३ गते शनिबार बिहान मन्दिरबाट नगद ५५ हजार ८० रुपैयाँ भेटी चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी-१ त्रिपुराकोटका ३७ वर्षीय जयानन्द उपाध्याय रहेका छन्। […]