प्राधिकरणका उच्च अधिकारीलाई अवकाशपछि २ वर्षको कुलिङ पिरियड
१७ असोज, काठमाडौं । नागरिक उड्डयन क्षेत्रमा नियमनकारी निकायका अधिकारीहरू नै अवकाशलगत्तै सेवा प्रदायक (वायुसेवा) कम्पनीमा जागिर खान जाने स्वार्थको द्वन्द्वको प्रवृत्तिलाई रोक्न सरकारले कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सङ्घीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले प्राधिकरणका उच्च अधिकारीहरूलाई पदबाट बाहिरिएपछि पनि निश्चित […]