नक्सा पास गराइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर पक्राउ
२० असोज, सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले मंगलबार साँझ मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई नगद १ लाख रुपैयाँसहित पक्राउ गरेको छ । स्रोतका अनुसार नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवले नक्सा पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम लिइरहेको सूचनाका आधारमा अख्तियारको टोली नगरपालिकामा पुगेको थियो । टोलीले यादवलाई १ लाख रुपैयाँसहित नियन्त्रणमा […]