चांगान निभो क्यू ०५ धनगढीमा सार्वजनिक, टेस्ट ड्राइभको पनि अवसर
२७ असोज, धनगढी । चांगानको नयाँ विद्युतीय एसयूभी निभो क्यू ०५ धनगढीमा सार्वजनिक गरिएको छ। एमएडब्लू वृद्धि अटोकर्प प्रालि अन्तर्गत धनगढी क्षेत्रको आधिकारिक बिक्रेता ग्लोबल प्रालिले उक्त गाडी सार्वजनिक गरेको हो। ग्राहकले असोज २६ देखि २९ गतेसम्म कैलालीको धनगढीस्थित राजपुरमा रहेको दिपल शोरुममा आयोजना हुने विशेष कार्यक्रममा निभो क्यू ०५ को टेस्ट ड्राइभ गर्न सक्नेछन्। […]