एसीसी प्रिमियर कप : नेपालविरुद्ध साउदी अरेबिया टस जितेर पहिले ब्याटिङ गर्दै

bizkhabar.com · world

काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत केहिबेरमा शुरु हुने खेलमा नेपालले साउदी अरेबियाविरुद्ध टस हारेको छ । क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा हुने खेलमा साउदी अरेबियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । नेपालले यसअघि मलेसियालाई ६ र बहराइनलाई ७ विकेटले पराजित गरेको थियो ।

Read full article →