मलेसिया श्रमिक ठगी प्रकरण : रामेश्वर र शेरबहादुरले निर्णय गरे, डीपी र शरतसिंहको पालामा पनि पठाइयो
यो एक–दुई पटकको बढी असुली होइन, व्यवस्थित शोषण थियो। नौ वर्षसम्म द्विपक्षीय सम्झौताले मलेसियाली रोजगारदातामाथि राखेको खर्च नेपाली कामदारको खल्तीबाट असुलियो, र यसलाई रोक्न सक्ने श्रम मन्त्रालय र नेपाल राष्ट्र बैंकले रोक्नुको सट्टा १७ पटक सही गरे।