१०औं राष्ट्रिय खेलकुद कर्णालीमा गर्न केके भए निर्णय ?
१८ असोज, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिले प्रतियोगिता सञ्चालन, व्यवस्थापन र पूर्वतयारीको जिम्मेवारी कार्यसम्पादन समितिलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशको सुर्खेतलगायत जिल्लामा आयोजना हुने प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न मूल आयोजक समितिको बैठकले कार्यसम्पादन समितिलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो […]