भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै
२० असोज, काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक मंगलबार बिहान ९ सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभा कक्षमा बस्ने छ । बैठकमा ‘जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी-त्रिशूली विपद्’ सम्बन्धमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानुन […]