सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिमाथि कांग्रेसले माग्यो प्रस्तावित राजदूतको धारणा
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारे विवादित अभिव्यक्तिबारे भारतका लागि प्रस्तावित राजदूतको धारणा माग गरेको छ । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको आज संसदीय सुनुवाइ भएको थियो । सो क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीले नै नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभयो । त्यसपछि […]