अमेरिकाका लागि प्रस्तावित राजदूतलाई प्रश्न– नेपालको स्वार्थमा काम गर्ने कुरा कसरी विश्वास गर्ने ?
२६ असोज, काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापासँग सोमबार संसदीय सुनुवाइ भएको छ । सुनुवाइका क्रममा सांसदहरूले नेपाल र अमेरिकी सम्बन्ध र यसबारेका चासोका विषय उठाएका छन् । रास्वपाका सांसद मधुकुमार चौलागाईंले प्रस्तावित राजदूत थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामिला विज्ञ भएको बताए । एनजीओ र आईएनजीओमा समेत काम गरेको स्मरण गराए । […]