देवराज चालिसेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
२० असोज, काठमाडौं । कांग्रेसको १५ औं महाधिवेशनमा देवराज चालिसेले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । चालिसे पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टी प्रवक्ता चुनिएका थिए । अहिले भने उनले खुला उपसभापति पदमा उम्मेदवारी दिएका हुन् । चालिसे विशेष महाधिवेशनका अभियन्ता पनि थिए ।