अलैंची भट्टीबाट लागेको आगोले घर नष्ट
newsare.net
खोटाङ असोज–११, खोटाङमा अलैंची भट्टीमा अलैंची सुकाउने क्रममा सल्किएको आगोले एक घर जलेर नष्ट भएकअलैंची भट्टीबाट लागेको आगोले घर नष्ट
खोटाङ असोज–११, खोटाङमा अलैंची भट्टीमा अलैंची सुकाउने क्रममा सल्किएको आगोले एक घर जलेर नष्ट भएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी हिलेखर्कका रत्नबहादुर खत्रीको घर जलेर नष्ट भएको हो । घर नजिकैको कटेरामा रहेको अलैंची भट्टीबाट सुरु भएको आगलागीले मानवीय क्षती नभए पनि खत्री परिवारको नगद २५ हजार, अन्नपात, लत्ताकपडा लगायतका सामान जल्दा ४ लाख बराबरको धनमालमा क्षती भएको वडाध्यक्ष देबिन्द्र राईले बताउनुभयो । सोमबार भएको आगलागीमा घर जलेपछि खत्रीका ५ जनाको परिवारको बिचल्ली भएको छ । Read more