सहयोग गर्छु भन्दै बलात्कार गर्ने अभियुक्त बिरुद्ध मुद्धा
newsare.net
खोटाङ असोज–१६, खोटाङमा हटियाबाट घर फर्कदै गरेकी महिलालाई भारी वोक्न सहयोग गर्ने भन्दै वीच वाटोसहयोग गर्छु भन्दै बलात्कार गर्ने अभियुक्त बिरुद्ध मुद्धा
खोटाङ असोज–१६, खोटाङमा हटियाबाट घर फर्कदै गरेकी महिलालाई भारी वोक्न सहयोग गर्ने भन्दै वीच वाटोमा बलात्कार गर्ने आरोपित बिरुद्ध मुद्धा दर्ता भएको छ । भोजपुरको बालंखामा लाग्ने हाटबाट फर्कने क्रममा चामल वोक्न सहयोग गर्ने भन्दै वाटोमा बलात्कार गरेको आरोपमा खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका हरि खड्का बिरुद्ध जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता भएको हो । दशैंका लागि चामल लिएर फर्कनेक्रममा बालंखा र बोपुङको सिमानामा पर्ने चप्लेटी जंगलमा खड्काले असोज १२ गते शुक्रबार जबरजस्ती बलात्कार गरेको पीडित महिलाको भनाई छ । बलात्कारमा परेकी महिला न्याय माग्दै श्रीमान र ९ महिनाकी छोरी सहित जिल्ला प्रहरी कार्यालय आएपछि असोज १६ गते आरोपित बिरुद्ध मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।हाटबाट फर्कने क्रममा चामल बोकिदिन्छु भन्दै जंगलमा पुगेपछि बिसाउन भनेर जबरजस्ती गरेको पीडित महिलाको भनाई छ । पीडित दम्पत्ती न्याय माग्दै तीन दिन हिँडेर दिक्तेल आइपुगेका हुन् । घट्नापछि दुई वटा बच्चा र घर आफन्तलाई हेरचाह गर्ने जिम्मा दिएर दिक्तेल आएको पीडितको भनाई छ ।निम्न आर्थिक अवस्था भएका पिडितलाई दिक्तेलमा महिला एकता अध्ययन केन्द्रले खाने बस्ने व्यवस्था मिलाएको अन्तरपार्टी महिला सञ्जाल खोटाङकी उपाध्यक्ष मनकुमारी रसाईलीले जनाउनुभएको छ । Read more