जिल्लामै पहिलो पटक नगर बस सञ्चालन
newsare.net
खोटाङ असोज–२९, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पहिलो पटक नगर वस सञ्चालनमा ल्याईएजिल्लामै पहिलो पटक नगर बस सञ्चालन
खोटाङ असोज–२९, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पहिलो पटक नगर वस सञ्चालनमा ल्याईएको छ । नगरपालिकाभित्रका यात्रुलाई सहज रुपमा यात्रा गराउन खोटाङ यातायात प्रा.लि.सँगको सहकार्यमा नगरपालिकाले बाह्रै महिना सञ्चालन हुनेगरी सोमबारदेखि नगर बस सञ्चालनमा ल्याएको हो ।पन्ध्र वटा वडा रहेको नगरपालिकाको सबै वडामा सञ्चालन हुनेगरी बाह्र वटा बस सञ्चालन गरिएको जनाइएको छ । दशैं, तिहार तथा छट लगायत चाड पर्वको अवसरमा आवत÷जावत गर्ने यात्रुलाई मध्यनजर गरेर प्रा.लि.सँग अहिलेलाई बाह्र वटा सडकमा वस सञ्चालन गर्ने गरी २० बुदे सहमती गरिएको छ । नगरपालिकाको बस सञ्चालन गर्न नगरपालिकाले आवश्यक वातावरण बनाउने, चालक र सहचालकलाई पोशाकको व्यवस्था गर्ने, नगरभित्रका जेष्ट नागरिकलाई निःशुल्क यात्रा गराउने, नगरपालिकाले प्रमाणित गरेको एकल महिला, असहाय र अतिबिपन्न व्यक्तिलाई ३३ प्रतिशत छुट दिने सहमती पत्रमा उल्लेख छ । महिलाका लागि चार, जेष्ट नागरिकका लागि दुई, फरक क्षमता भएका र पत्रकारलाई एक÷एक वटा आरक्षण सिटको व्यवस्था समेत मिलाइएको खोटाङ यातायात प्रा.लि.का सचिव रामकुमार हिङ्माङले बताउनुभयो । सचिव हिङ्माङका अनुसार नगर बसको रङ्ग एउटै बनाउने, अन्य सार्वजनिक यातायातको भन्दा नगर बसको भाडा दर कम गर्ने, नगर बसमा नगर गीत तथा खोटाङ्गे गायक÷गायिकाले गाएको गीत बजाउने जस्ता सहमती नगरपालिका र यातायात प्रा.लि.बीच भएको छ ।सबै वडामा एकैसाथ सञ्चालन भएको नगर बस दिक्तेलबाट दिउसो ३ बजे छुट्ने र सबै वडाबाट बिहान ६ बजे छुटाउने गरी कार्यतालिका समेत सार्वजनिक गरिएको छ । बस सञ्चालनका लागि दिक्तेल–जालपा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–निर्मलीडाँडा, दिक्तेल–लफ्याङ, दिक्तेल–बुइपा–विजयखर्क, दिक्तेल–महुरे–विजुले, दिक्तेल–दोर्पा–दुम्ली, दिक्तेल–खानीडाँडा–फेदी, दिक्तेल–बाम्राङ–बुइपा–विजयखर्क र दिक्तेल–नेर्पा–दोर्पा–दुम्ली सडकका लागि रुट पर्मिट दिइएको छ । Read more