खोटाङमा बसको ज्यादती– एउटै सिटमा डबल टिकट, वृद्धामाथि उल्टै हप्कीदप्की
newsare.net
खोटाङ६ कात्तिकमा बा ३ ख ८९८० नम्बरको बस निर्मलीडाँडाबाट ब्वालुङ आइपुग्दा बसभित्र खुट्टा टेक्नेखोटाङमा बसको ज्यादती– एउटै सिटमा डबल टिकट, वृद्धामाथि उल्टै हप्कीदप्की
खोटाङ६ कात्तिकमा बा ३ ख ८९८० नम्बरको बस निर्मलीडाँडाबाट ब्वालुङ आइपुग्दा बसभित्र खुट्टा टेक्ने ठाउँ थिएन । छतमा समेत मान्छे कोचाकोचा थिए । प्रशासनले अनुगमन नगर्दा बसहरुमा भेडाबाख्रा जस्तै मान्छे खादिएका थिए । त्यहीँ बसका लागि ब्वालुङमा एक वृद्धासँगै थुप्रैले टिकट काटेका थिए ।युवा र वयस्कहरु कोही छतमा त कोही बसभित्रै कोचाकोचा गर्दै पसे पनि ती वृद्धा पस्न सकिनन् । उनले आफूले सिट नभए जान नसक्ने पहिल्यै बताएको भन्दै टिकट काउन्टरवालासँग पैसा फिर्ता मागिन् । तर, उनले उल्टै हप्कीदप्की खाना परो । ब्वालुङका टिकट काउन्टरवालाले नजाने भएमा पैसा फिर्ता नहुने भन्दै हप्कीदप्की समेत गर्न पछि परेनन् । दबाब दिएर वृद्धालाई बसभित्र कोच्ने प्रयास गरिएपछि बसको ढोकाबाट लडेर झण्डै दुर्घटना समेत हुन पुगेको थियो । तर बसवालाले फेरि पनि ती वृद्धालाई ढोकामा झुण्ड्याएर यात्रा गराउने प्रयास गरे । त्यो सबै देखिरहेका एक स्थानीय वृद्धाले काउन्टरवाला र बसका स्टाफलाई गाली गर्दै सहचालकमाथि एक मुक्का बजारे । सहचालकले पनि हातपात गर्न खोज्दा स्थानीयले छुट्याए । हातपातकै अवस्था सिर्जना भएपछि चाकलले बस अगाडी बढाए । ती वृद्धा छुट्न पुगिन् । सम्पर्कको कठिनाईका कारण त्यसपछिको अवस्था बुझ्ने हाम्रो प्रयास भने अझै सफल भएको छैन ।खोटाङ सिडिओ सुरेन्द्रराज पौडेलले त्यस्तो घटना भएको उजुरी आए कारबाही हुने बताउँछन् । प्रत्यक्षदर्शीहरु भने ती महिला प्रशासनसम्म न्यायका लागि पुग्न नसक्ने भएरै टिकटवालाले मनलाग्दी गरेको बताउँछन् ।कसले टिकट काट्छ प्रालिलाई नै थाहा छैनखोटाङ यातायात प्रा.लिले विभिन्न ठाउँमा रहेका टिकट काउन्टरवालाको विवरण नै नराखेको पाइएको छ । प्रा.लिको सम्पर्क नम्बर ०३६–४२०६८० मा सम्पर्क गरेर ब्वालुङ टिकट काउन्टरको सम्बन्धित व्यक्तिको सम्पर्क नाम र नम्बर माग्दा जानकारी नहुने जवाफ दिएका हुन् । रुटका विभिन्न ठाउँमा टिकट काट्ने काम भएपछि कसरी र कोबाट टिकट वितरण भइरहेको छ भन्नेबारे प्रा.लिले जानकारी राख्नुपर्नेमा हेलचेक्राई भएको पाइएको हो । यसबाट टिकट सम्बन्धी कुनै घटना घटेमा को जवाफदेही हुने भन्ने प्रश्न समेत उठेको छ ।काउन्टरबिच नै छैन समन्वयप्रा.लिको विभिन्न काउन्टरबिच पनि समन्वय नहुने गरेको पाइएको छ । दिक्तेलबाट काठमाडौं तथा अन्य टाढाको यात्राका क्रममा बसवालाले गाडी नम्बरमा ‘आई’ राखेर बस चढ्ने दिन नम्बर हाल्ने गरेको पाइएको छ । तर, एउटै प्रा.लिकै अर्को काउन्टरमा गएर बुझ्दा स्पष्ट जवाफ नदिने गरेको पाइएको हो ।६ कात्तिकमा रत्नपार्क काउन्टरबाट एक यात्रुले ९५५१ टिकट नम्बरको टिक लिए । उनको गाडी नम्बरमा आइ मात्र लेखिएको थियो । भोलि बिहान उनी बेसक्याप काउन्टरमा बुझ्दा माथि मिल्छ बस्दै गर्नु भन्ने उत्तर दिए । तर, बेसक्याम र रत्नपार्क काउन्टरबिच समन्वय नै नभएको पाइएको हो । आधा घण्टा प्रतिक्षापछि ती यात्रुले रत्नपार्क काउन्टरमा सम्पर्क गर्दा मात्र थाहा भयो– उनको बस छुट्न लागेको भनेर । अन्तिममा ती दुई काउन्टरबिच नै भनाभन भयो । Read more