नगरपालिकाको ४४ प्रतिशत घरधुरी केन्द्रीय विद्युत सेवावाट वञ्चित
newsare.net
खोटाङ कात्तिक–११, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्नगरपालिकाको ४४ प्रतिशत घरधुरी केन्द्रीय विद्युत सेवावाट वञ्चित
खोटाङ कात्तिक–११, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत प्रशारण लाइन उपभोगवाट वञ्चित रहेका छन् । दश हजार ५० घरधुरी रहेको नगरपालिकाका ५६ प्रतिशत घरधुरीले मात्र केन्द्रीय विद्युत उपभोग गर्न पाएका छन् । नगरपालिकाभित्र २१ प्रतिशत घरधुरीले मट्टीतेलको टुकी, सात प्रतिशतले सोलार, एक प्रतिशतले वायोग्याँस र १५ प्रतिशतले स्थानीय लघुजलविद्युतको उज्यालो प्रयोग गरिरहेका छन् । केन्द्रीय प्रशारण लाईन विस्तार नहुँदा सूचना, सञ्चार तथा प्रविधिको प्रयोगवाट समेत वञ्चित हुनु परेको स्थानीय वताउँछन् ।पन्ध्र वडा रहेको नगरपालिकाको वडा नम्बर १ र १५ मा शतप्रतिशत केन्द्रीय विद्युत प्रशारण भएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ९, १०, ११ र १२ मा अहिलेसम्म केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको छैन । अन्य वडाहरुमा समेत सतप्रतिशत केन्द्रीय विद्युत विस्तार हुन सकेको छैन । स्थानीय लघु जलविद्युत प्रशारण लाइनबाट वडा नम्बर ९ मा १६, १० मा ६५, ११ मा ७० र १२ मा शतप्रतिशत विद्युत पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । सम्वन्धित निकायले ध्यान नदिएकै कारण जिल्लामा केन्द्रीय विद्युत विस्तार भएको १६ वर्ष बितिसक्दा पनि सबै वडामा विद्युत सेवा नपुगेको स्थानीयको गुनासो छ । विद्युत विस्तार भएका क्षेत्रमा पनि नियमित सेवा नहुँदा उपभोक्ता हैरानीमा परेका छन् । आगामी दुई वर्ष्भित्र सबै वडामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गर्ने तयारीका साथ नगरपालिका अगाडि बढेको नगर उपप्रमुख वीणादेवी राईले बताउनुभयो । Read more