नगरपालिकाभित्र सडक र विद्युतको माग
newsare.net
खोटाङ कात्तिक–१९, खोटाङकात्तिक–१९, खोटाङ खार्मीका स्थानीय नगरपालिकाभित्रै रहेर पनि सडक, विजुलनगरपालिकाभित्र सडक र विद्युतको माग
खोटाङ कात्तिक–१९, खोटाङकात्तिक–१९, खोटाङ खार्मीका स्थानीय नगरपालिकाभित्रै रहेर पनि सडक, विजुली लगायतका विकासका पूर्वाधारवाट वञ्चित हुनु परेको भन्दै जनप्रतिनिधिसँग उक्त सेवाको माग गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ मा पर्ने खार्मीवासीले सडक, विद्युत, खानेपानी लगायतको पहुँच प्राप्त गर्न नसकेको भन्दै नेपाल कम्युनिष्ट पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल वडाले प्रदेश सदस्य राजन राई र मेयर दिपनारायण रिजाल समक्ष संयुक्त रुपमा उक्त माग गरेको हो ।सत्तारुढ दलले संयुक्त रुपमा खार्मीमा आयोजना गरेको दिपावली शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि राजन राईलाई ज्ञापनपत्र वुझाउँदै खार्मीका सवै टोलमा केन्द्रीय विद्युत विस्तार, दिक्तेल–तालखर्क–वाक्सिला सडक स्तरोन्नती लगायतको पहल गरिदिन अनुरोध गरिएको छ । नेकपाको हर्कराज राई र ससफोको पर्शुराम राईले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्रमा जिल्लाका प्राय : सवै पालिका र वडाहरुमा सडक, विजुली, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका पूर्वाधारमा सुधार भईरहे पनि खार्मीका स्थानीय उक्त सेवाहरुवाट वञ्चित हुनु परेको उल्लेख छ । ज्ञापनपत्रमा हुर्लुङ–तालखर्क–पाथेका–फेदी हुँदै भोजपुर जोड्ने सडक निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, सवै टोलमा एक घर एक धारा खानेपानी, देखुमी खोला ओडारपाखा सिंचाई लगायतको माग गरिएको छ । यस्तै, खुदुखोला–निभारे–रुधालुङ सिंचाई, भ्लङ्कु दुमासुङ सिंचाई, कक्षा १२ सम्मको माध्यमिक तह सञ्चालन र शिक्षामा गुणस्तर ल्याउने पहल गर्नको लागि माग गरिएको जनाईएको छ ।आईतवार सम्पन्न कार्यक्रममा वोल्दै स्थानीयको मागलाई सम्वोधन हुने गरी खार्मीको विकासका लागि पहल गर्ने प्रमुख अतिथि, विशेष अतिथि लगायतले प्रतिवद्दता जनाएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ववी चाम्लिङ, मेयर दिपनारायण रिजाल, तत्कालिन नेकपा एमालेका उपाध्यक्ष रामप्रसाद दंगाल, नेता हरी पोखरेल लगायतको उपस्थिती रहेको थियो । यस्तै, संङ्घीय समाजवादी फोरम नेपालको जिल्ला सचिवालय सदस्य देवकुमार राई, सङ्घीय समाजवादी युवा फोरमको जिल्ला अध्यक्ष दिपक तामाङ लगायतको उपस्थिती रहेको थियो । Read more