आन्तरिकमध्ये जिल्लाकै पहिलो कालोपत्रे सडकको शिलन्यास
newsare.net
खोटाङ मंसिर–२, खोटाङको आन्तरिक सडकहरुमध्ये जिल्लामै पहिलो पटक कालोपत्रे हुन लागेको दिक्तेल–खआन्तरिकमध्ये जिल्लाकै पहिलो कालोपत्रे सडकको शिलन्यास
खोटाङ मंसिर–२, खोटाङको आन्तरिक सडकहरुमध्ये जिल्लामै पहिलो पटक कालोपत्रे हुन लागेको दिक्तेल–खानीडाँडा–आहाले सडक शिलान्यास गरिएको छ । राष्ट्रिय पुःननिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजारको खर्चमा कालोपत्रे गरिने दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको दिक्तेल–खानीडाँडा खण्ड कालोपत्रेको शिलान्यास गरिएको हो ।दिक्तेलको अस्पतालचोकमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले स्काभेटर चलाएर दिक्तेल–खानीडाँडा–आहाले १० दशमलव ७९ किलोमिटर कालोपत्रे सडक शिलान्यास गर्नुभएको हो । दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा बिमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रेको काम आगामी १८ महिनाभित्र पूरा हुने राष्ट्रिय पुननिर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पुर्वाधारको कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताउनुभयो । जिल्लाका अन्य आन्तरिक सडकहरु कुनै पनि कालोपत्रे हुन सकेको छैन । नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसि, साईड ड्रेन, ग्राभेल सहित ६.२५ मिटर चौंडा हुने सडकको ३ दशमलव ७५ भागमा पिच गर्नेगरी याक्तुहाङ साप सिरुवा जेभीले सडक कालोपत्रेको ठेक्का लिएको छ । दिक्तेल नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी जोडिने दिक्तेल–रेग्मीटार सडक दिक्तेल र उदयपुरको गाईघाट जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने दाबी गरिएको छ । कालोपत्रे गर्न लागिएको सडकको सर्भेका काम नेपाल सरकार र निर्माण कम्पनीको संयुक्त टोलीले गत असोज १५ गतेदेखि गरेको थियो । गत २०७५ साल असोज १ गते सम्झौता भएको सडकको कालोपत्रेका काम २०७६ साल चैत्र मसान्तसम्ममा पूरा गर्नुपर्ने राष्ट्रिय पुननिर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पुर्वाधारको कार्यालयले जनाएको छ । दिक्तेलबाट आहालेसम्म र राजापानीतर्फबाट केही भाग ट्रयाक खोलिए पनि बीचमा ट्रयाक जोडिन बाँकी छ । ट्रयाक खोल्न बाँकी भाग नगरपालिकासँगको सहकार्यमा खोल्ने र बाँकी खण्ड कालोपत्रेका काम अघि बढाइने आचार्यले बताउनुभयो । सडकले मनमायाँ राई खानीडाँडा बिमानस्थललाई पनि छुने भएकाले दिक्तेलबाट बिमानस्थल आवत–जावत गर्ने स्थानीय लाभान्बित हुने छन् । सडक शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राई, राजन राई, पुर्वजिबिस सभापति बिष्णुकुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल लगायतको उपस्थिति रहेको थियो । Read more