अग्नी पीडित शिक्षकलाई बिद्यार्थीको सहयोग
newsare.net
खोटाङ मंसिर–१४, खोटाङको दिक्तेलस्थित सरस्वती माबिका पुर्वबिद्यार्थीले अग्नी पीडित शिक्षकलाई आअग्नी पीडित शिक्षकलाई बिद्यार्थीको सहयोग
खोटाङ मंसिर–१४, खोटाङको दिक्तेलस्थित सरस्वती माबिका पुर्वबिद्यार्थीले अग्नी पीडित शिक्षकलाई आर्थिक सहयोग गरेको छ । गत कात्तिक २३ गते बिहान ३ बजे भएको भिषण आगलागीबाट बिस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका अग्नी पिडित शिक्षक कृष्णकुमार श्रेष्ठलाई पुर्वबिद्यार्थीको समुहले शुक्रबार आर्थिक सहयोग गरेको हो । २०५२ सालमा सरस्वती माबिबाट एसएलसि उत्तिर्ण गरेका बिद्यार्थीको फेसबुक ग्रुपका माध्यमबाट संकलन भएको १ लाख ५६ हजार ८ सय ५० रुपैयाँ रकम प्रअ ध्यानबहादुर राईले अग्नी पीडित शिक्षकलाई हस्तान्तरण गर्नुभएको हो । सरस्वती माबिका अग्नी पीडित शिक्षकलाई पहिलो चरणमा ४१ जनाबाट संकलन भएको राहत प्रदान गरेको पुर्वबिद्यार्थीले थप राहत रकम संकलन भइरहेको जनाएको छ । हाल स्वदेश तथा बिदेशमा संकलन भइरहेको राहत रकम केही समयपछि अग्नी पिडितलाई हस्तान्तरण गरिने पुर्वबिद्यार्थी छत्र थापाले बताउनुभयो । मंसिर १० गते मात्र सरस्वती माबिका विद्यार्थी, शिक्षक, पुर्वशिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले ३ लाख ९१ हजार ७ सय २० रुपैयाँ राहत रकम प्रदान गरेको थियो । रत्नपार्कका अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगोले श्रेष्ठ र बुढाथोकीको घर पूर्ण र तीन घरमा आंशिक क्षती पुगेको थियो । आगो फैलिन नदिनका लागि डोजर लगाएर छाना तथा पर्खाल भत्काउँदा रबिध्वज राई, राजु श्रेष्ठ र नबिन गुरुङको घरमा क्षती पुगेको छ । रबिध्वज दोश्रोपल्ट अग्नी पीडित भएका हुन् । Read more