Nepal



वीरगञ्ज नाकाबाट निर्यातमा ७३ प्रतिशत वृद्धि, प्रशोधित तेल सबैभन्दा बढी

काठमाडौं । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत त

वेस्ट इन्डिज एविरुद्ध नेपालको सान्त्वना जित, विश्वकपका लागि भोलि अमेरिकातर्फ प्रस्थान गर्ने तालिका

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार
BizKhabar Online » BizKhabar Online

वेस्ट इन्डिज एविरुद्ध नेपालको सान्त्वना जित, विश्वकपका लागि भोलि अमेरिकातर्फ प्रस्थान गर्ने तालिका

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८=५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो । नेपालका लागि अनिल शाहले ५८ […]

भूकम्प प्रभावित क्षेत्रमा क्षति आंकलन, स्थायी आवास लाभग्राही पहिचान गरिने

काठमाडौँ । सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्
BizKhabar Online » BizKhabar Online

भूकम्प प्रभावित क्षेत्रमा क्षति आंकलन, स्थायी आवास लाभग्राही पहिचान गरिने

काठमाडौँ । सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढाएको छ । जाजरकोट, बझाङ र डोटी केन्द्रविन्दु भई गएको भूकम्पका कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र अन्य भौतिक संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापनाका लागि क्षति आँकलनको प्रक्रिया अघि बढाएको हो । विस्तृत क्षति आँकलनको अवधारण स्वीकृत गरी […]

सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा, १३ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालक
BizKhabar Online » BizKhabar Online

सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा, १३ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ नोटको डिजाइन गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँ नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। यसभन्दा पहिला सय रुपैयाँको नोटमा नेपालको […]

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप, बालबालिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर

काठमाडौं । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्व
BizKhabar Online » BizKhabar Online

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप, बालबालिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर

काठमाडौं । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । यहाँको सरकारी भरतपुर अस्पतालमा विगतमा आइतबारदेखि मङ्गलबारसम्म दुई हजार हाराहारी र बुधबारदेखि शुक्रबारसम्म एक हजार छ सय हाराहारी हुने बिरामी अहिले दैनिक दुई हजारदेखि दुई हजार दुई सयसम्म पुग्ने […]

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने

काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्
BizKhabar Online » BizKhabar Online

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने

काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइडलाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन् । अर्थसचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित […]

२४ वर्षमा पहिलोपटक घाटामा ‘ग्याजप्रोम’, अघिल्लो वर्ष कमाएको थियो १३ अर्ब डलर बढी नाफा

काठमाडौं । रुसको राज्य सञ्चालित ग्यास कम्पनी ग्याजप्रोमले गत वर्ष अर्थात २०२३ मा ६.९ बिलियन डलरक
BizKhabar Online » BizKhabar Online

२४ वर्षमा पहिलोपटक घाटामा ‘ग्याजप्रोम’, अघिल्लो वर्ष कमाएको थियो १३ अर्ब डलर बढी नाफा

काठमाडौं । रुसको राज्य सञ्चालित ग्यास कम्पनी ग्याजप्रोमले गत वर्ष अर्थात २०२३ मा ६.९ बिलियन डलरको ठूलो घाटा बेहोरेको छ । देशको सबैभन्दा शक्तिशाली सरकारी कम्पनी मध्येको एक ग्याजप्रोमले २४ वर्षमा पहिलो पटक घाटा बेहोरेको छ । युक्रेनमा रुसको आक्रमणका कारण युरोपमा ग्यास बिक्री प्रभावित भएको छ । जसका कारण कम्पनीले घाटा बेहोर्नु परेको हो […]

वैज्ञानिकहरूले बनाए आफै नष्ट हुने प्लास्टिक, सन २०४० सम्ममा ४५ खर्ब डलर जोगिने

काठमाडौं । अमेरिकी वैज्ञानिकहरूले आफैं नष्ट हुर्ने नयाँ प्रकारको प्लास्टिक विकास गरेका छन् । उन
BizKhabar Online » BizKhabar Online

वैज्ञानिकहरूले बनाए आफै नष्ट हुने प्लास्टिक, सन २०४० सम्ममा ४५ खर्ब डलर जोगिने

काठमाडौं । अमेरिकी वैज्ञानिकहरूले आफैं नष्ट हुर्ने नयाँ प्रकारको प्लास्टिक विकास गरेका छन् । उनीहरुले पोलियुरेथेन प्लाष्टिकमा ब्याक्टेरिया मिसाएका छन् । यो ब्याक्टेरियाले प्लास्टिक खान्छ र प्लास्टिक आफै नष्ट हुन्छ । प्रतिष्ठित विज्ञान पत्रिका नेचर कम्युनिकेसनमा प्रकाशित अनुसन्धानमा यो प्लास्टिकको वर्णन गरिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार यो प्लाष्टिकमा मिसिएको ब्याक्टेरिया प्लाष्टिक प्रयोगमा रहुन्जेल निष्क्रिय रहन्छ […]

काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका ल
BizKhabar Online » BizKhabar Online

काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ । शनिबार महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरिनेछ । इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा […]

‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार

काठमाडौँ । टिभिएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा
BizKhabar Online » BizKhabar Online

‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार

काठमाडौँ । टिभिएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । नयाँ वर्षको स्किम अन्तर्गत ग्राहकहरुलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधाको साथ साथै हरेक हप्ता १००% क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, र बजारकै सबै भन्दा […]

नेपाल वायुसेवा निगमका कर्मचारीलाई एभिएसन सेक्युरिटीसम्बन्धी तालिम

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी तहका कर्मचारीहरुको लागि एभिएसन सेक्युरिटी सम्बन्धी
BizKhabar Online » BizKhabar Online

नेपाल वायुसेवा निगमका कर्मचारीलाई एभिएसन सेक्युरिटीसम्बन्धी तालिम

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी तहका कर्मचारीहरुको लागि एभिएसन सेक्युरिटी सम्बन्धी तालिम दिइएको छ । सो सम्बन्धी दुई दिने तालिम वैशाख १९ र २० मा सम्पन्न भएको हो । उक्त तालिममा निगमका कार्यकारी अध्यक्ष सहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा आईसीएओ सर्टिफाइड प्रशिक्षक भरतराज ढकाल रहेका थिए । उक्त तालिम कार्य […]

नेपाल लाइफले मनायो २३ औँ वार्षिकोत्सव, देशव्यापी रुपमा विभिन्न कार्यक्रम

काठमाडौँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्याप
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफले मनायो २३ औँ वार्षिकोत्सव, देशव्यापी रुपमा विभिन्न कार्यक्रम

काठमाडौँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । यस अवसरमा देशको १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू भव्यतापूर्वक सन्चालन गरेको हो । यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रम मार्फत […]

सुदूरपश्चिममा संचालनमा आयो आयोजना बैंक, प्रविष्ट भएका योजनालाई मात्रै बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विकास निर्माणसम्बन्धी योजना ‘प्रदेश आयोजना बैंक व्यवस्थापन सू
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिममा संचालनमा आयो आयोजना बैंक, प्रविष्ट भएका योजनालाई मात्रै बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विकास निर्माणसम्बन्धी योजना ‘प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली’मा प्रविष्ट गरेरमात्र कार्यान्वयन गर्न लागिएको छ । धेरैजसो आयोजनाको कार्यान्वयन हुन नसकी बजेटसमेत खर्च हुन नसक्ने समस्या देखिएको परिप्रेक्ष्यमा विकासका आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि यो आयोजना बैंक सञ्चालन तथा प्रयोगमा ल्याइएको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । यसअघिसम्म यस्तो आयोजना […]

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप
BizKhabar Online » BizKhabar Online

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो । अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहको श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले बताए । उनका अनुसार रोजगार पाउनेमा […]

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवा
BizKhabar Online » BizKhabar Online

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । […]

चौधरीको सिजी फुड्समा अज्ञात समुहको आक्रमण, सरकार र विनोद चौधरी विरुद्ध गरेका थिए नाराबाजी

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा शुक्रबार अपरान्ह अज्ञात समू
BizKhabar Online » BizKhabar Online

चौधरीको सिजी फुड्समा अज्ञात समुहको आक्रमण, सरकार र विनोद चौधरी विरुद्ध गरेका थिए नाराबाजी

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा शुक्रबार अपरान्ह अज्ञात समूहले आक्रमण गरेका छन् । सिजी ग्रुपले सार्वजनिक गरेको विज्ञप्ति अनुसार शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि हातपात गर्दै भौतिक सम्पत्ती तोडफोड गरेको हो । फुड्स पार्कमा आउनासाथ उनीहरूले […]

इन्टरनेट सेवाप्रदायकले कर नतिरेपछि ब्याण्डविथ खरिदमा सरकारी हस्तक्षेप, अब के हुन्छ ?

काठमाडौं । नेपालका इन्टरनेट सेवाप्रदायकले सरकारलाई तिर्नुपर्ने अर्वौं रुपैयाँ राजस्व नतिरेपछ
BizKhabar Online » BizKhabar Online

इन्टरनेट सेवाप्रदायकले कर नतिरेपछि ब्याण्डविथ खरिदमा सरकारी हस्तक्षेप, अब के हुन्छ ?

काठमाडौं । नेपालका इन्टरनेट सेवाप्रदायकले सरकारलाई तिर्नुपर्ने अर्वौं रुपैयाँ राजस्व नतिरेपछि अब सरकारले ब्याण्डविथ खरिदमा पनि हस्तक्षेपको प्रक्रिया अघि बढाएको छ । इन्टरनेट सेवाप्रदायकले लामो समयदेखि सरकारी राजस्व तिर्न आनाकानी गरिरहेपछि सरकारले उनीहरुलाई ब्याण्डविथ खरिदका लागि डलर सटहीको सुविधा दिएको थिएन । जसका कारण अन्तरराष्ट्रिय ब्याण्डविथ प्रोभाईडर भारतीय कम्पनी एयरटेललाई नेपाली इन्टरनेट सेवा प्रदायक (आइएसपी)ले […]

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण, हालसम्म २० प्रतिशत कार्य सम्पन्न

काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य सम्पन्न भ
BizKhabar Online » BizKhabar Online

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण, हालसम्म २० प्रतिशत कार्य सम्पन्न

काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीदेखि म्याग्देको जामुनेसम्मको ४१ दशमलव सात किलोमिटर दूरीमा उक्त पुल निर्माण गरिएको हो । दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा गरी तीन ठूला पुलको निर्माण कार्य भइरहेको आयोजनाका पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिनुभयो । […]

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर, १ लाख बराबरको स्वास्थ्य सुविधा निशुल्क

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । क
BizKhabar Online » BizKhabar Online

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर, १ लाख बराबरको स्वास्थ्य सुविधा निशुल्क

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ । महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन् । कार्ड जारी भएसँगै बीमितले पाउने स्वास्थ्य उपचार सेवा सुरु हुने स्वास्थ्य बीमा कार्यक्रमका […]

महाराजगंजमा सेल्सबेरीको नयाँ सुपरस्टोर, पौने ३ अर्ब लगानी

काठमाडौं । पोखरा मुख्यालय रहेको सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा ‘सेल्स
BizKhabar Online » BizKhabar Online

महाराजगंजमा सेल्सबेरीको नयाँ सुपरस्टोर, पौने ३ अर्ब लगानी

काठमाडौं । पोखरा मुख्यालय रहेको सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा ‘सेल्सबेरी सुपरस्टोर’ को उद्घाटन गरेको छ । सेल्सबेरी सुपरस्टोरको २१ वैशाख शुक्रबार औपचारिक उद्घाटन ‘ग्रान्ड ओपनिङ’ गरिएको हो । सेल्सबेरी सुपरस्टोरमा २ अर्ब ७५ करोड रुपैयाँ लगानी भएको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील प्रधानाङ्‍गले जानकारी दिएका छन् । नौ रोपनी […]

राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तरराष्ट्रिय वर्ष घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्ष
BizKhabar Online » BizKhabar Online

राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तरराष्ट्रिय वर्ष घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीहरूमा सामना गर्ने बाधा तथा चुनौतीहरू, लगायतका मुद्दाहरूलाई सम्बोधन गरी लैङ्गिक समानता र कृषिमा महिलाहरूको सशक्तीकरणमा प्रयासरत रहने बताइएको छ । राष्ट्रसङ्घले प्रभावकारी नीति र कार्यहरूबारे चेतना जगाई […]

एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’बाट सम्मानित

काठमडाौं । नेपाल सरकारले एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकारलाई ‘नेसनल आ
BizKhabar Online » BizKhabar Online

एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’बाट सम्मानित

काठमडाौं । नेपाल सरकारले एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ को महिला विधामा यो सम्मान प्रदान गरेको हो । बिहीबार राष्ट्रिय सभागृहमा […]

हिमालयन डिष्टिलरीका लगानीकर्तालाई झड्का, नाफा ६३.५१ प्रतिशतले घट्दा इपीएसमा उच्च गिरावट

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक
BizKhabar Online » BizKhabar Online

हिमालयन डिष्टिलरीका लगानीकर्तालाई झड्का, नाफा ६३.५१ प्रतिशतले घट्दा इपीएसमा उच्च गिरावट

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफामा ६३.५१ प्रतिशतको गिरावट आएको हो । कम्पनीले सो अबधिमा जम्म २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि कम्पनीको गत आवको सोही अबधिमा यस्तो नाफा […]

नियमानुसार कर तिर्न र इन्टरनेट सेवा सुचारु राख्न मन्त्रालयको निर्देशन

काठमाडौं । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्
BizKhabar Online » BizKhabar Online

नियमानुसार कर तिर्न र इन्टरनेट सेवा सुचारु राख्न मन्त्रालयको निर्देशन

काठमाडौं । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकलाई कानूनबमोजिम कर तिर्न र इन्टरनेट सुचारु राख्न निर्देशन दिएको छ । बिहीबार मन्त्रालले एक विज्ञप्ति जारी गर्दै नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएका केही सेवा प्रदायकहरूले […]

विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको सङ्ख्या दोब्बर बढ्ने अनुमान

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र
BizKhabar Online » BizKhabar Online

विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको सङ्ख्या दोब्बर बढ्ने अनुमान

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा सोभन्दा माथिका मानिसको संख्या सन् २०५० सम्ममा झण्डै दोब्बर पुग्ने अनुमान गरेको छ । आगामाी दिनमा वृद्धवृद्धाहरूको स्वास्थ्य सेवा र हितलाई सघाउन व्यापक नीतिगत सुधारमा तुरुन्तै लाग्न पनि प्रतिवेदनले सुझाएको छ । ‘एशिया र प्रशान्तको तीव्र विकास […]

नेपालमा इन्टरनेट डाउन, सेवाग्राही प्रभावित

काठमाडौं । नेपालमा बिहीबार अपरान्हदेखि इन्टरनेट सेवा डाउन भएको छ । बिहीबारदेखि ठुला इन्टरनेट से
BizKhabar Online » BizKhabar Online

नेपालमा इन्टरनेट डाउन, सेवाग्राही प्रभावित

काठमाडौं । नेपालमा बिहीबार अपरान्हदेखि इन्टरनेट सेवा डाउन भएको छ । बिहीबारदेखि ठुला इन्टरनेट सेवाप्रदायकको इन्टरनेट सेवामा समस्या आएको सेवाग्राहीहरुले बताएका छन् । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकहरुमध्ये वर्ल्डलिंक, भायानेट, सुविसु, क्लासिकटेक सिजी नेटलगायतका सेवाप्रदायकहरुको सेवामा समस्या देखिएको हो । खासगरी पछिल्लो ६ महिनादेखि इन्टरनेट सेवाप्रदायकहरुले भारतीय अपस्ट्रिम प्रोभाइडरहरुलाई ब्याण्डविथ आयात गरेको भुक्तानी दिन नपाएकाले जुनसुकै […]

मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने, प्रतिव्यक्ति २ हजार शुल्क

काठमाडौं । मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन लागि
BizKhabar Online » BizKhabar Online

मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने, प्रतिव्यक्ति २ हजार शुल्क

काठमाडौं । मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला गरिने भएको छ । पाटन क्षेत्रमा यार्सा सङ्कलन सुरु गर्ने निर्णय भएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । जिल्ला बाहिरकालाई प्रतिव्यक्ति रु दुई हजार पाँच सय र जिल्ला भित्रकालाई प्रतिव्यक्ति रु दुई हजार यार्सा […]

सन नेपाल लाइफले हकप्रद सेयर जारी गर्दै, विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपात
BizKhabar Online » BizKhabar Online

सन नेपाल लाइफले हकप्रद सेयर जारी गर्दै, विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा साविकका सेयरधनीलाई प्रतिसेय १ सय रुपैयाँका दरले १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद निष्काशनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री […]

सुन्तला बेचेर म्याग्दीमा रु २१ करोड भित्रियो, आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती

काठमाडौं । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तल
BizKhabar Online » BizKhabar Online

सुन्तला बेचेर म्याग्दीमा रु २१ करोड भित्रियो, आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती

काठमाडौं । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार […]

पर्यटक आगमन १२.७५ प्रतिशतले बढ्यो, अप्रिलमा एक लाख ११ हजार बढी पर्यटक भित्रिए

काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकार
BizKhabar Online » BizKhabar Online

पर्यटक आगमन १२.७५ प्रतिशतले बढ्यो, अप्रिलमा एक लाख ११ हजार बढी पर्यटक भित्रिए

काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो । सन् २०२३ को अप्रिलमा कूल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा एक लाख ११ हजार […]

सन सेक्युरिटिजको लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहे
BizKhabar Online » BizKhabar Online

सन सेक्युरिटिजको लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । यस खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यको लागी […]

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एव
BizKhabar Online » BizKhabar Online

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए । “सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र […]

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डामाथि छलफल हुने जनाइएको छ । गत चैत्र ३० गते हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनेबारे आजको बैठकमा छलफल हुने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार हिउँदे अधिवेशन वैशाख […]

भरतपुरबाट सबैभन्दा छोटो दूरीमा भारत जोडिएको ठोरी भन्सार पुनः सञ्चालनमा

काठमाडौं । माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार बुधबारदेखि सञ्चालनमा ल्याइएको
BizKhabar Online » BizKhabar Online

भरतपुरबाट सबैभन्दा छोटो दूरीमा भारत जोडिएको ठोरी भन्सार पुनः सञ्चालनमा

काठमाडौं । माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार बुधबारदेखि सञ्चालनमा ल्याइएको छ । एक समारोहका बीच प्रदेशसभा सदस्य ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतो, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरी भन्सार सञ्चालनमा ल्याएका हुन् । त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ)को […]

तीन दिनको मौसम पूर्वानुमान : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् ।
BizKhabar Online » BizKhabar Online

तीन दिनको मौसम पूर्वानुमान : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (बिहीबार बिहान) देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक वदलीकै अवस्था रहने छ । […]

मध्यरातमा सन्दीप लामिछानेको स्टाटस : मविरुद्ध षड्यन्त्र गर्ने सबैको नाम चाँडै सार्वजनिक गर्छु

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फस
BizKhabar Online » BizKhabar Online

मध्यरातमा सन्दीप लामिछानेको स्टाटस : मविरुद्ध षड्यन्त्र गर्ने सबैको नाम चाँडै सार्वजनिक गर्छु

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गर्दै यो ‘षड्यन्त्र’ रच्ने सबैको नाम सार्वजनिक बताएका छन् । विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको दिन बुधबार मध्यराति उनले फेसबुकमा दोस्रो स्टाटस लेख्दै आफूविरुद्ध षडयन्त्र गर्नेहरुको नाम चाँडै सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘म सम्मानित […]

Get more results via ClueGoal