Nepal



अर्थमन्त्री पुन र विकास साझेदारहरुबीच छलफल, बजेट निर्माण सम्बन्धमा परामर्श

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तरराष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्

नयाँ बजेट आउँदा पनि बजेट अभाव कायमै, रोकियो वीरगञ्ज–रक्सौल जोड्ने सडक

काठमाडौं । झण्डै दुई करोड बजेट अभावको कारणले भारतसँग सीमा जोड्ने वीरगन्ज– रक्सौल सडक खण्डअन्तर्
BizKhabar Online » BizKhabar Online

नयाँ बजेट आउँदा पनि बजेट अभाव कायमै, रोकियो वीरगञ्ज–रक्सौल जोड्ने सडक

काठमाडौं । झण्डै दुई करोड बजेट अभावको कारणले भारतसँग सीमा जोड्ने वीरगन्ज– रक्सौल सडक खण्डअन्तर्गतको रजत जयन्तीचोकमा पर्ने जीर्ण सडक कालोपत्र हुन सकेको छैन । व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका योजना कार्यालयले गत पुसमा यो सडकखण्ड निर्माण गर्ने ठेक्का अघि बढाएको थियो । तर, अहिले बजेट अभावलाई देखाउँदै यो सडकको निर्माण कार्य अघि बढ्न […]

ढकालको संयोजकत्वमा पूँजी तथा वित्त बजार संघ गठन, समस्या समाधानमा पहल गर्ने

काठमाडौ । नेकपा एमालेले सागर ढकालको संयोजकत्वमा पुँजी तथा वित्त बजार संघ गठन गरेको छ । नेकपा एमाल
BizKhabar Online » BizKhabar Online

ढकालको संयोजकत्वमा पूँजी तथा वित्त बजार संघ गठन, समस्या समाधानमा पहल गर्ने

काठमाडौ । नेकपा एमालेले सागर ढकालको संयोजकत्वमा पुँजी तथा वित्त बजार संघ गठन गरेको छ । नेकपा एमालेको जनसंगठन उद्योग तथा व्यवसायी महासंघ ले आफ्नो वस्तुगत संघका रुपमा रहने गरि ढकालको संयोजकत्वमा पूँजी बजार तथा वित्त बजार संघ गठनको घोषणा गरेको हो । यसैगरी उक्त संघको उपाध्यक्षमा कृष्ण गिरी, महासचिवमा कुमार पौडेल र कोषाध्यक्षमा बलराम […]

नबिल बैंकले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ । इन्फोसिस फिना
BizKhabar Online » BizKhabar Online

नबिल बैंकले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो । बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन गरिएको […]

कुमारी बैंक र युएसएआइडीबीच सम्झौता, साना तथा मझौला उद्योगहरुलाई वित्तीय साक्षरतामा जोड्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसायमा वित्तीय साक्षरता कार्यक्र
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र युएसएआइडीबीच सम्झौता, साना तथा मझौला उद्योगहरुलाई वित्तीय साक्षरतामा जोड्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसायमा वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआइडीसँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत युएसएआइडी ट्रेड एन्ड कम्पिटिटीभनेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योगहरुमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रम मार्फत १० हजार नयाँ एसएमईजलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन बित्तिय सहयोग […]

९ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब माथि, विद्युत विक्रीबाट ६८ अर्ब बढी आर्जन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ११ अर्ब ६ करोड रुपैय
BizKhabar Online » BizKhabar Online

९ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब माथि, विद्युत विक्रीबाट ६८ अर्ब बढी आर्जन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ११ अर्ब ६ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल ९३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम […]

प्रभु बैंक र हेयर एण्ड शान्तिबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई सौन्दर्य सेवामा छुट

काठमाडौं । प्रभु बैंक र कमलादीस्थिन हेयर एण्ड शान्तिबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचा
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र हेयर एण्ड शान्तिबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई सौन्दर्य सेवामा छुट

काठमाडौं । प्रभु बैंक र कमलादीस्थिन हेयर एण्ड शान्तिबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौन्द्रर्य सम्बन्धि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लिका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकाल ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका […]

१५ दिनभित्र ७ अर्ब ४२ करोड बुझाउन युटीएललाई प्राधिकरणको ताकेता, नबुझाए लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यूनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई १५ दिनभित्र आफ्नो बक
BizKhabar Online » BizKhabar Online

१५ दिनभित्र ७ अर्ब ४२ करोड बुझाउन युटीएललाई प्राधिकरणको ताकेता, नबुझाए लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यूनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई १५ दिनभित्र आफ्नो बक्यौता रकम बुझाउन ताकेता गरेको छ । प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले प्राधिकरणलाई हालसम्म बुझाउन बाँकी रहेको करिब साढे ७ अर्ब रुपैयाँ बराबरको बक्यौता १५ दिनभित्र बुझाउन निर्देशन दिएको हो । यूटीएलले अनुमतिपत्र नवीकरण दस्तुर बापत किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी, […]

मुद्रास्फितिको जोखिम कायमै रहेको भन्दै आरविआईद्वारा ब्याजदर यथावत रहने जानकारी

काठमाडौं । भारतीय केन्द्रीय बैङ्क (आरविआई)ले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा मुद्रास्फितिको जो
BizKhabar Online » BizKhabar Online

मुद्रास्फितिको जोखिम कायमै रहेको भन्दै आरविआईद्वारा ब्याजदर यथावत रहने जानकारी

काठमाडौं । भारतीय केन्द्रीय बैङ्क (आरविआई)ले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा मुद्रास्फितिको जोखिम कायमै रहेकाले शुक्रबार लगातार आठौं पटक ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण रिपो रेट ६।५० प्रतिशतमा स्थिर रहने बताएको छ । युरोपेली केन्द्रीय बैङ्कसहित दुई प्रमुख केन्द्रीय बैङ्कले सन् २०१९ पछि पहिलो पटक ब्याजदर […]

कालीगण्डकी करिडोर : चराङ–छोसेर खण्ड निर्माण सुरु

काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्मा
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी करिडोर : चराङ–छोसेर खण्ड निर्माण सुरु

काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण पुनः प्रारम्भ भएको छ । पाँच वर्षअघि नै पूरा हुनुपर्ने २५ किलोमिटर लामो यो सडकखण्ड निर्माणको काम पछिल्लो १८ महिनापछि पुनः सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले बताए । ‘धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनीसहित कारबाही प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले […]

संघीय सरकारबाट प्राप्त हुने अनुदान कटौतिको प्रभाव प्रदेश सरकारमा, चालु आवकै हाराहारीमा बजेट ल्याउँदै बागमती सरकार

काठमाडौं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल
BizKhabar Online » BizKhabar Online

संघीय सरकारबाट प्राप्त हुने अनुदान कटौतिको प्रभाव प्रदेश सरकारमा, चालु आवकै हाराहारीमा बजेट ल्याउँदै बागमती सरकार

काठमाडौं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि ६० अर्ब रुप्ैयाँ बराबरको बजेट ल्याउने तयारी भएको हो । आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गराइसकेको वाग्मती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट […]

५०० मेगावाटसम्मका आयोजना निजी क्षेत्रले नै बनाउन सक्छ, विद्युत विधेयक संशोधन गरेर मात्रै पास हुनुपर्छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले ५०० मेगावा
BizKhabar Online » BizKhabar Online

५०० मेगावाटसम्मका आयोजना निजी क्षेत्रले नै बनाउन सक्छ, विद्युत विधेयक संशोधन गरेर मात्रै पास हुनुपर्छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले ५०० मेगावाटसम्मका आयोजना स्वदेशी निजी क्षेत्रले नै बनाउन सक्ने कुरा पुष्टि भएकोले विद्युत विधेयक संशोधन गरेर मात्रै पास हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित माथिल्लो तमोर जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । ‘२८५ मेगावाट क्षमताको आयोजना स्वदेशी […]

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३५ औं वर्षमा प्रवेश, औद्योगिक पूर्वाधार र समृद्धिको मुख्य आधारका रुपमा अघि बढाउन जोड

काठमाडौं । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महास
BizKhabar Online » BizKhabar Online

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३५ औं वर्षमा प्रवेश, औद्योगिक पूर्वाधार र समृद्धिको मुख्य आधारका रुपमा अघि बढाउन जोड

काठमाडौं । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३४ वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । महासंघ ३५ औं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार राजधानीस्थित महासंघको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका […]

सौर्य उर्जाको लगानीमा उच्च वृद्धि गरिँदै, विश्वभर २ ट्रिलियन डलर लगानी पुर्याउने आइइएको घोषणा

काठमाडौं । सौर्य ऊर्जामा अन्य संयुक्त बिजुलीका स्रोतभन्दा बढी लागत खर्चिएसँगै यस वर्षको लगानी आ
BizKhabar Online » BizKhabar Online

सौर्य उर्जाको लगानीमा उच्च वृद्धि गरिँदै, विश्वभर २ ट्रिलियन डलर लगानी पुर्याउने आइइएको घोषणा

काठमाडौं । सौर्य ऊर्जामा अन्य संयुक्त बिजुलीका स्रोतभन्दा बढी लागत खर्चिएसँगै यस वर्षको लगानी आधा ट्रिलियन डलर हुने विश्वको शीर्ष ऊर्जा अनुसन्धान निकायले बिहीबार बताएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले यस वर्ष स्वच्छ ऊर्जामा विश्वव्यापी लगानी दुई ट्रिलियन डलर पुग्ने अनुमान गरेको छ जुन जीवाश्म इन्धनमा खर्चिने रकमको दोब्बर हो । नवीकरणीय ऊर्जा […]

अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै, नियोग धाउने झन्झटको अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण आजदेखि अनलाइनबाटै गर्न थालेको
BizKhabar Online » BizKhabar Online

अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै, नियोग धाउने झन्झटको अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण आजदेखि अनलाइनबाटै गर्न थालेको छ । बिहीबार कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्लिक गरेर सो सेवाको शुभारम्भ गरेका हुन् । बिहीबार पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली राजदूतावासबाट उक्त सेवा सुरु गरिएको र अन्य देशमा पनि क्रमशः सञ्चालन गरिने मन्त्री श्रेष्ठले जनकारी […]

विएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश, यसै शैक्षिक सत्रवाट विद्यार्थी भर्ना गर्न पाउने

काठमाडौ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजलाई १५
BizKhabar Online » BizKhabar Online

विएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश, यसै शैक्षिक सत्रवाट विद्यार्थी भर्ना गर्न पाउने

काठमाडौ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन आदेश जारी गरेको छ । सर्वोच्च अदालतले काठमाडौँ विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगलगायतलाई व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजलाई यसै शैक्षिक सत्रवाट एमबिबिएस अध्यापनका लागि विद्यार्थी भर्ना गर्न पाउने गरि सम्बन्धन दिन सो […]

भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त
BizKhabar Online » BizKhabar Online

भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिकालगायत देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको बताइन् । यी […]

फेडबाट अलग हुने बाटोमा इसिबी, अक्टोबरदेखि स्थिर ब्याज दर घटाउने तयारी

काठमाडौं । युरोपेली केन्द्रीय बैङ्कले बिहीबार लगभग पाँच वर्षसम्म नघटी उच्च रेकर्डमा पुगेको ब्या
BizKhabar Online » BizKhabar Online

फेडबाट अलग हुने बाटोमा इसिबी, अक्टोबरदेखि स्थिर ब्याज दर घटाउने तयारी

काठमाडौं । युरोपेली केन्द्रीय बैङ्कले बिहीबार लगभग पाँच वर्षसम्म नघटी उच्च रेकर्डमा पुगेको ब्याज दर घटाउन सुरु गर्ने अपेक्षा गरिएको छ । तर अस्थिर मुद्रास्फीतिका कारण यो विषय अनिश्चित छ । बढ्दो ऊर्जा र खाद्य लागतलाई नियन्त्रण गर्न सन् २०२२ को मध्यमा सुरु गरिएको युरो क्षेत्र दर वृद्धिको उच्चतम विन्दुपछि मुद्रास्फीति बिस्तारै इसिबीले लक्ष्य राखेजस्तै […]

बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधे
BizKhabar Online » BizKhabar Online

बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा सांसदहरु डा चन्दा कार्की भण्डारी, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, प्रेम सुवाल, नारायणी शर्मा, दुर्गा राई, सरिता भुसाल, सोविता गौतम, निशा […]

प्रतिनिधिसभाबाट विनियोजन विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्न
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाबाट विनियोजन विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । सभाको बैठकमा उक्त प्रस्ताव अर्थ अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका थिए। यसअघि बैठकमा अर्थमन्त्री पुनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विनियोजन विधेयकमा २०८१÷८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोष रकम खर्च गर्ने […]

अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्या नियन्त्रण अष्ट्रेलियाको योजना, अर्थतन्त्रको लागि हानिकारक हुने चेतावनी

काठमाडौं । अष्ट्रेलिया सरकारको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन
BizKhabar Online » BizKhabar Online

अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्या नियन्त्रण अष्ट्रेलियाको योजना, अर्थतन्त्रको लागि हानिकारक हुने चेतावनी

काठमाडौं । अष्ट्रेलिया सरकारको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले चेतावनी दिएको छ । बुधबार एक शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का प्रमुख कार्यकारी ल्युक सिहीले आप्रवासन घटाउने प्रयासमा सरकारले खुला रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरिरहेको बताए । उहाँले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यामा कटौती अदूरदर्शी कार्यक्रम भएकाले अष्ट्रेलियाको […]

संसदमा रविमाथि विश्वप्रकाश शर्माको प्रहार : गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन
BizKhabar Online » BizKhabar Online

संसदमा रविमाथि विश्वप्रकाश शर्माको प्रहार : गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल खोल्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको आरोप लगाएको बारे फाइल खोलेर कांग्रेसलाई कारवाही गर्न चेतावनी दिएका हुन् । उनले भने- ‘सत्ता गठबन्धनको प्रमुख नेताले कांग्रेसले […]

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा.लि. बिच विद्युतीय सवारी कर्जासम्बन
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा.लि. बिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रा.लि.का तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार बैंकले त्रिवेणी मोटोकर्प […]

आईएमएफले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई पाँच अर्ब ५९ करोड उपलब्ध गराउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भ
BizKhabar Online » BizKhabar Online

आईएमएफले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई पाँच अर्ब ५९ करोड उपलब्ध गराउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल […]

ग्राहक संख्याका आधारमा को अव्वल ? यस्तो छ एनसेल, एनटीसीदेखि आइएसपीको तथ्यांक

काठमाडौं । पछिल्लो समय नेपालको दूरसंचार क्षेत्र लगातार उकालो लाग्दो छ । त्यसमाथि इन्टरनेट सेवाप
BizKhabar Online » BizKhabar Online

ग्राहक संख्याका आधारमा को अव्वल ? यस्तो छ एनसेल, एनटीसीदेखि आइएसपीको तथ्यांक

काठमाडौं । पछिल्लो समय नेपालको दूरसंचार क्षेत्र लगातार उकालो लाग्दो छ । त्यसमाथि इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले फाईबरमार्फत इन्टरनेट सेवा दिने होडले इन्टरनेटमा झन धेरै प्रयोगकर्ताहरु जोडिन पाएका छन् । नेपाल दूरसंचार प्राधिकरणको गत चैतसम्मको तथ्यांकलाई आधार मान्दा नेपालमा हाल कुल ३ करोड ५२ लाख ३२ हजार ५ सय २४ जनाले विभिन्न दूरसंचार सेवाप्रदायकको सिमकार्ड लिएर […]

सुनको मुल्यमा एकैदिन १८ सयको वृद्धि, पुग्यो हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्
BizKhabar Online » BizKhabar Online

सुनको मुल्यमा एकैदिन १८ सयको वृद्धि, पुग्यो हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर १ लाख ४४ हजार रुपैयाँ प्रतितोला पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो । […]

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, बिहान १० बजेसम्मको समय

काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारील
BizKhabar Online » BizKhabar Online

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, बिहान १० बजेसम्मको समय

काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । डेढ वर्षमा पाँचौ पटक विश्वासको मतका लागि प्रदेशसभामा […]

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति, चार सय ६४ योजना समावेश

काठमाडौं । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटर बढी सडक स्तरोन्नति गरेको छ । चा
BizKhabar Online » BizKhabar Online

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति, चार सय ६४ योजना समावेश

काठमाडौं । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटर बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय […]

एनसेल र नेपाल युवा परिषदको संयुक्त पहल, ७७ वटै जिल्लामा एक साथ ७७ सय रुख वृक्षारोपण गरिने

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा
BizKhabar Online » BizKhabar Online

एनसेल र नेपाल युवा परिषदको संयुक्त पहल, ७७ वटै जिल्लामा एक साथ ७७ सय रुख वृक्षारोपण गरिने

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७७०० रुख वृक्षारोपण गर्न सहकार्य गरेको छ । एक युवा, एक विरुवा ३इलभथ्यगतजइलभएबिलत अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बृहद् रुपमा वृक्षारोपण […]

डिम्याट खाताको धितो सीमा पाँच गुणा बढी बनाउन प्रस्ताव, अक्टोबरदेखि सेयर विक्रीको रकम सीधै ग्राहकको खातामा

काठमाडौं । भारतको पूँजी बजार नियामक भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले बजारमा खुद्रा लगान
BizKhabar Online » BizKhabar Online

डिम्याट खाताको धितो सीमा पाँच गुणा बढी बनाउन प्रस्ताव, अक्टोबरदेखि सेयर विक्रीको रकम सीधै ग्राहकको खातामा

काठमाडौं । भारतको पूँजी बजार नियामक भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले बजारमा खुद्रा लगानीकर्ताको सहभागिता बढाउन नयाँ प्रस्ताव गरेको छ । यसका लागि बुधबार सेबीले आधारभूत सेवा डिम्याट खाताको सीमा बढाउन प्रस्ताव गरेको हो । पुँजी बजार नियामक सेबीले बुधबार गरेको प्रस्तावमा आधारभूत सेवा डिम्याट खाता (बीएसडीए) को सीमा बढाउने प्रस्ताव छ । […]

भिडियो गेम क्षेत्रमा विदेशी बजार चार गुणा बढाउने जापानको लक्ष्य, पाइरेसी साइटमाथि कडा निगरानी

काठमाडौं । पप–संस्कृतिको लागि प्रसिद्ध मानिने जापानले करिब एक दशकमा भिडियो गेम, मान्गा र हातले को
BizKhabar Online » BizKhabar Online

भिडियो गेम क्षेत्रमा विदेशी बजार चार गुणा बढाउने जापानको लक्ष्य, पाइरेसी साइटमाथि कडा निगरानी

काठमाडौं । पप–संस्कृतिको लागि प्रसिद्ध मानिने जापानले करिब एक दशकमा भिडियो गेम, मान्गा र हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन (एनिम) को विदेशी बजार चार गुणा बढाएर एक सय तीस अर्ब डलर पुर्याउने लक्ष्य राखेको सरकारले जनाएको छ । ‘ड्र्यागन बल’, ‘सुपर मारियो’ र ‘फाइनल फ्यान्टसी’जस्ता खेलहरूको उद्गमस्थल र हास्य र कार्टुनका लागि […]

संसदमा गगन थापाले भने – आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार छैन

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि यही जेठ १५ ग
BizKhabar Online » BizKhabar Online

संसदमा गगन थापाले भने – आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार छैन

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले ६ प्रतिशत आर्थिक वृद्धि हुने आधार के भन्दै प्रतिप्रश्न गरे । ‘आगामी आवमा ६ प्रतिशतको आर्थिक […]

आयातमा मात्रै भ्याट लगाउन प्रशासनिक झन्झट भएकाले आलु, प्याजको भ्याट हटायौं : अर्थमन्त्री पुन (जवाफको पूर्णपाठसहित)

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रशासनिक हिसावले आयातमा मात्रै मूल्य अभिवृद्धिकर (भ्याट)
BizKhabar Online » BizKhabar Online

आयातमा मात्रै भ्याट लगाउन प्रशासनिक झन्झट भएकाले आलु, प्याजको भ्याट हटायौं : अर्थमन्त्री पुन (जवाफको पूर्णपाठसहित)

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रशासनिक हिसावले आयातमा मात्रै मूल्य अभिवृद्धिकर (भ्याट) लगाउन जटिल भएकाले आलु, प्याज र स्याउमा भ्याट हटाईएको बताएका छन् । आगामी आर्थिक बर्षको बजेटमाथिको छलफलमा सांसदहरुका प्रश्नको जवाफ दिँदै बुधबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले करका दरमा समसामयिक बनाउन सामान्य रूपमा परिमार्जन तथा थपघट गरिएको बताएका हुन् । […]

सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टर बुटवलबीच सम्झौता, बैंकका ग्राहकलाई २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रीपथ, बुटवल स्थित ग्यास्ट्रो सेन्टर बुटवलबीच
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टर बुटवलबीच सम्झौता, बैंकका ग्राहकलाई २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रीपथ, बुटवल स्थित ग्यास्ट्रो सेन्टर बुटवलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरmमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट […]

अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई केबलकार सेवामा विशेष छुट

काठमाडौं । पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच सम्झौता भएको छ । के
BizKhabar Online » BizKhabar Online

अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई केबलकार सेवामा विशेष छुट

काठमाडौं । पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच सम्झौता भएको छ । केबलकार सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन […]

ओलीलक्षित शिक्षामन्त्री श्रेष्ठको प्रश्न-विदेश गएका नेपाल फर्किदा राजनीतिक पेसामा प्रतिष्पर्धा बढछ र आफ्नो प्रभुत्व गुम्छ भन्ने डर हो कि ?

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्
BizKhabar Online » BizKhabar Online

ओलीलक्षित शिक्षामन्त्री श्रेष्ठको प्रश्न-विदेश गएका नेपाल फर्किदा राजनीतिक पेसामा प्रतिष्पर्धा बढछ र आफ्नो प्रभुत्व गुम्छ भन्ने डर हो कि ?

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्रश्न गरेकी छन् । सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले केहि दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जावफमा सो प्रश्न गरेकी हुन् । ओलीको सुमनालक्षित टिप्पणीको आलोचना भइरहेको बेला रास्वपाले यो विषयलाई संसदमा समेत […]

Get more results via ClueGoal