Nepal



काभ्रेका बाढी प्रभावित ३ स्थानीय तहलाई काठमाडौं महानगरपालिकाको राहत, प्रत्येक पालिकालाई २० लाख सहयोग

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौं महानगरपालिकाले र

दशैंमा घर जानेको भिड, व्यवसायी भन्छन्-टिकट व्यवस्थापन हम्मे हम्मे भयो

काठमाडौं । दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दसैँ
BizKhabar Online » BizKhabar Online

दशैंमा घर जानेको भिड, व्यवसायी भन्छन्-टिकट व्यवस्थापन हम्मे हम्मे भयो

काठमाडौं । दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ । नेपालीहरुको महान् चाड बडादसैँको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैँ सुरु भएसँगै घर फर्किन थालेका कारण बालाजु नयाँ […]

संघीयता सफल हुन तल्ला सरकार वित्तीय रुपमा सक्षम हुनुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । संघीयता सफल बनाउन तल्ला सरकार (प्रदेश र स्थानीय तह) वित्तीय रुपमा सक्षम हुनुपर्ने सरोक
BizKhabar Online » BizKhabar Online

संघीयता सफल हुन तल्ला सरकार वित्तीय रुपमा सक्षम हुनुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । संघीयता सफल बनाउन तल्ला सरकार (प्रदेश र स्थानीय तह) वित्तीय रुपमा सक्षम हुनुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘नेपालमा संघीयता वित्तीय दृष्टिकोण’ विषयक कार्यक्रममा सहभागीले अहिलेको अवस्थामा संघीयता बलियो बनाएर लैजानुको विकल्प नभएको भन्दै यसका लागि प्रदेश र स्थानीय तहको वित्तीय क्षमता बढाउनु पर्नेमा जोड दिए […]

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

काठमाडौं । सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक(एक लाखक
BizKhabar Online » BizKhabar Online

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

काठमाडौं । सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक(एक लाखको चेक हस्तान्तरण गरेको छ । सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक(एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । करिब तीन महिना पछाडि सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिएका […]

यात्रुहरुको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना, समस्या भए तत्काल सम्पर्क गर्न आग्रह

काठमाडौं । नेपाल प्रहरीले  महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई प
BizKhabar Online » BizKhabar Online

यात्रुहरुको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना, समस्या भए तत्काल सम्पर्क गर्न आग्रह

काठमाडौं । नेपाल प्रहरीले  महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ । प्रहरीले चाडपर्वमा यात्रा गर्दा साबिक भाडादर भन्दा बढी भाडा लिएमा नजिकैको टाफिक प्रहरी कार्यालय, सहायता कक्ष तथा हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ ।  साथै अविरल […]

यसकारण रोकियो सेबोन अध्यक्ष नियुक्तीको अन्तरवार्ता, यस्तो छ अर्थ मन्त्रालयको सूचना

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तीको अन्तरवार्ता रोकिएक
BizKhabar Online » BizKhabar Online

यसकारण रोकियो सेबोन अध्यक्ष नियुक्तीको अन्तरवार्ता, यस्तो छ अर्थ मन्त्रालयको सूचना

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तीको अन्तरवार्ता रोकिएको सम्बन्धी सूचना जारी गरेको छ । बोर्डको अध्यक्ष चयन गर्न गठित समितिले शुक्रबार सर्टलिस्टमा परेका ३ जनालाई अन्तरवार्ता र प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर, केहि कारणवश उक्त अन्तरवार्ता र प्रस्तुतीकरण रोकिएको अर्थमन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सूचना जारी गर्दे विशेष कारणवश […]

मध्यपूर्व तनावको प्रभाव तेलको मूल्यमा, लगातार उकालो लाग्दै कच्चा तेलको भाउ

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशङ्काप्रति लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप बिहीब
BizKhabar Online » BizKhabar Online

मध्यपूर्व तनावको प्रभाव तेलको मूल्यमा, लगातार उकालो लाग्दै कच्चा तेलको भाउ

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशङ्काप्रति लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमहरूबारे ‘छलफल गरिरहेको’ बताएपछि तेलको मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट पाँच प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ७७ […]

सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने, द्विपक्षीय सम्झौता हुँदै

काठमाडौं । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गर
BizKhabar Online » BizKhabar Online

सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने, द्विपक्षीय सम्झौता हुँदै

काठमाडौं । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिए । मन्त्रालयले गृहकार्य पूरागरी तयार गरिएको ‘सम्झौतापत्र’ मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको सो पत्र चीनलाई पठाइसकेको […]

मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो, असोजमा मात्रै २० हजार बढी पर्यटक पुगे

काठमाडौं । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका,
BizKhabar Online » BizKhabar Online

मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो, असोजमा मात्रै २० हजार बढी पर्यटक पुगे

काठमाडौं । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख प्रमोदराज रेग्मीले केही दिनयता आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटकको आगमन बढेको बताए । ‘सडक […]

यी १० उपाय अपनाएर बनाउनुहोस दशैंलाई थप रोमाञ्चक र सुरक्षित

काठमाडौं । दशैं नेपालीहरूको लागि सबैभन्दा ठूलो पर्व हो, जसले धार्मिक, सांस्कृतिक, र पारिवारिक मूल
BizKhabar Online » BizKhabar Online

यी १० उपाय अपनाएर बनाउनुहोस दशैंलाई थप रोमाञ्चक र सुरक्षित

काठमाडौं । दशैं नेपालीहरूको लागि सबैभन्दा ठूलो पर्व हो, जसले धार्मिक, सांस्कृतिक, र पारिवारिक मूल्यलाई विशेष महत्व दिन्छ । दशैं विशेष गरी खानपान, रमाइलो, पारिवारिक भेटघाट र धार्मिक गतिविधिहरूसँग सम्बन्धित हुन्छ । यो चाडको समयमा, मानिसहरूले आफ्नो परिवारसँग समय बिताउँछन्, साथीहरूसँग रमाइलो गर्छन् र विविध खानाका परिकारहरू चाख्छन् । तर, यो सबै रमाइलोका क्रममा केही […]

आजको विदेशी मुद्राको विनिमय दर : कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा, अरुको कति छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

आजको विदेशी मुद्राको विनिमय दर : कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा, अरुको कति छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय […]

बीपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर, दसैँ नजिकिँदै गर्दा खानसमेत समस्या

काठमाडौँ । नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले
BizKhabar Online » BizKhabar Online

बीपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर, दसैँ नजिकिँदै गर्दा खानसमेत समस्या

काठमाडौँ । नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले बाटो टुटेपछि पसलमा भएको सामान सबै रित्तिसकेको बताए । दसैँ पर्व नजिकिँदै गर्दा घरमा खानालाउनसमेत समस्या रहेका नागरिकका लागि तत्काल बाटो खुलाएमा सहजता हुने उनको अपेक्षा थियो । रोशी गाउँपालिका–७ थान्सिङबेँसीस्थित अमरनाथ प्राविका शिक्षिका अनिता गौतमले तत्कालको समस्या बाटो, खाद्यान्न र सञ्चार भएकाले […]

बाढीले पुस्तक बगायो स्कुल डुबायो, पढ्ने कसरी ?

काठमाडौँ । गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ व
BizKhabar Online » BizKhabar Online

बाढीले पुस्तक बगायो स्कुल डुबायो, पढ्ने कसरी ?

काठमाडौँ । गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा निकै मेहनती महतोले बाढीले घरमा भएका सबै पुस्तक बगाएको गुनासो गरे । आफू पढ्ने गरेको श्री प्राथमिक विद्यालय डुबाएपछि उनी थप चिन्तामा छन् । ‘स्कुलले दिएको पुस्तक नयाँ नै थियो, बाढीले बगाएर लग्यो […]

अनिष्ट हुने भयले दसैंमा जमारा राख्दैनन् माझी समुदाय

काठमाडौँ । हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन हिजो घरघरमा जमरा राखी घटस्थापना गरिएको छ ।
BizKhabar Online » BizKhabar Online

अनिष्ट हुने भयले दसैंमा जमारा राख्दैनन् माझी समुदाय

काठमाडौँ । हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन हिजो घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ । तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि जमराबिना नै दसैँ मनाउने अनौठो परम्परालाई निरनतरता दिएका छन् । […]

बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय

काठमाडौं । बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको
BizKhabar Online » BizKhabar Online

बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय

काठमाडौं । बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकबाट आज विहानसम्म १७ हजार भन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए । उनले विपद्मा परी बेपत्ता परेका २२ जनाको […]

देशभरका पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, मर्मत गर्न २० देखि ३० अर्ब लाग्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा रा
BizKhabar Online » BizKhabar Online

देशभरका पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, मर्मत गर्न २० देखि ३० अर्ब लाग्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ ।  मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो । जसमा अरनिको राजमार्गको लार्चा(कोदारी खण्डको पुल बगाएको बताएको छ । त्यस्तै मन्त्रालयले विपी राजमार्गको १२ […]

नेपाल र बंगलादेशबीच विद्युत किनबेचसम्बन्धि सम्झौता सम्पन्न

काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत किनबेचसम्बन्धि सम्झौता भएको । योसँगै नेपालले भारतपछि पहि
BizKhabar Online » BizKhabar Online

नेपाल र बंगलादेशबीच विद्युत किनबेचसम्बन्धि सम्झौता सम्पन्न

काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत किनबेचसम्बन्धि सम्झौता भएको । योसँगै नेपालले भारतपछि पहिलो पटक तेस्रो मुलुकमा विद्युत निर्यात हुने भएको हो । दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको हो । यस अघि नै हुने यो सम्झौता बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण ढिलाई भएको थियो । यो सम्झौताका लागि […]

यसवर्ष च्याङग्राको मूल्य घट्यो, मुस्ताङबाट पोखरा झरे ७ हजार च्याङ्ग्रा

काठमाडौं । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्र
BizKhabar Online » BizKhabar Online

यसवर्ष च्याङग्राको मूल्य घट्यो, मुस्ताङबाट पोखरा झरे ७ हजार च्याङ्ग्रा

काठमाडौं । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् । गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० […]

भारतीय अनुदानमा दुई पेट्रोलियम पाइपलाइन विस्तार हुने, आयल निगम र इण्डियन आयल कर्पाेरेशनबीच सम्झौता

काठमाडौं । नेपालमा दुई पाइपलाईन विस्तार गर्न भारत सरकारले अनुदान उपलब्ध गराउने भएको छ । बिहीरबार
BizKhabar Online » BizKhabar Online

भारतीय अनुदानमा दुई पेट्रोलियम पाइपलाइन विस्तार हुने, आयल निगम र इण्डियन आयल कर्पाेरेशनबीच सम्झौता

काठमाडौं । नेपालमा दुई पाइपलाईन विस्तार गर्न भारत सरकारले अनुदान उपलब्ध गराउने भएको छ । बिहीरबार इण्डियन आयल कर्पाेरेशनका निर्देशक सेन्थल कुमार नेपाल आयल निगमकका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टबीच नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण क्षमता विस्तारसम्बन्धि सम्झौता भएको हो । सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन […]

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता, कतार-नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने अध्यक्ष ढकालको प्रस्ताव

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिर
BizKhabar Online » BizKhabar Online

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता, कतार-नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने अध्यक्ष ढकालको प्रस्ताव

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । ‘यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल […]

नेपालमै बनेका २५० बढी हुन्डाई गाडी विक्री, केहि समयका लागि भेन्यु इ ४० लाखमै उपलब्ध हुने

काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले नेपालमा एसेम्ब गरेका हुन
BizKhabar Online » BizKhabar Online

नेपालमै बनेका २५० बढी हुन्डाई गाडी विक्री, केहि समयका लागि भेन्यु इ ४० लाखमै उपलब्ध हुने

काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले नेपालमा एसेम्ब गरेका हुन्डाई भेन्यु २ सय ५० बढी विक्री भएको जानकारी दिएको छ । कम्पनीले २०२४ को मे देखि नेपालमा भेन्यु एस र एसएक्स उत्पादन गरी विक्री सुरु गरेको थियो । त्यसयता मात्रै कम्पनीले उक्त संख्यामा नेपालमा एसेम्ब गरिएका गाडीहरुको विक्री गरेको हो । […]

उठेन रोयल्टी र आरटिडीएफको अर्बौ बक्यौता, ६१ सेवाप्रदायकलाई असोज मसान्तभित्रै बुझाउन ताकेता

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणबाट अनुमति लिएर सेवा सञ्चालन गरिरहेका सेवाप्रदायकहरुले निय
BizKhabar Online » BizKhabar Online

उठेन रोयल्टी र आरटिडीएफको अर्बौ बक्यौता, ६१ सेवाप्रदायकलाई असोज मसान्तभित्रै बुझाउन ताकेता

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणबाट अनुमति लिएर सेवा सञ्चालन गरिरहेका सेवाप्रदायकहरुले नियमानुसार बुझाउनुपर्ने विभिन्न शूल्क नबुझाउने प्रवृत्ति बढ्दै गएको छ । प्राधिकरणको लगातारको ताकेतापश्चात पनि सेवाप्रदायकहरुले नियामकलाई वक्यौता रहेको शूल्क बुझाउन अटेरी गर्दै आइरहेका छन् । हालसम्म अघिल्लो आर्थिक बर्ष २०७९÷८० कै रोयल्टी र दूरसंचार विकास कोष (आरटीडीएफ) सँगै वित्तीय विवरण पनि नबुझाएका सेवाप्रदायकलाई प्राधिकरणले […]

वुलिङ बिंगुओ ईभीको विशेष एक्सचेन्ज अफर : ३० लाखमै विद्युतीय गाडी उपलब्ध

काठमाडौं । वुलिङ बिंगुओ ईभीले दशैंको पूर्व सन्ध्यामा एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले
BizKhabar Online » BizKhabar Online

वुलिङ बिंगुओ ईभीको विशेष एक्सचेन्ज अफर : ३० लाखमै विद्युतीय गाडी उपलब्ध

काठमाडौं । वुलिङ बिंगुओ ईभीले दशैंको पूर्व सन्ध्यामा एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले ३० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारी किन्ने ग्राहकहरूका लागि डिजाइन गरिएको उक्त अफर आफ्नो नक्सालस्थित सोरुममा विशेष सीमित समयको लागि भन्दै सार्वजनिक गरेको हो । उक्त अफर अक्टोबर १ देखि अक्टोबर ६, २०२४ सम्म मात्र लागू हुनेछ कम्पनीले जानकारी […]

वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौं आवागमन

काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुल
BizKhabar Online » BizKhabar Online

वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौं आवागमन

काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो । पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो […]

विश्वको आठौं अग्लो र नेपालको सातौं मनास्लु आरोहणमा धेरैको आकर्षण

काठमाडौं । मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । विश्वको आठौं अग्लो र नेपालक
BizKhabar Online » BizKhabar Online

विश्वको आठौं अग्लो र नेपालको सातौं मनास्लु आरोहणमा धेरैको आकर्षण

काठमाडौं । मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । विश्वको आठौं अग्लो र नेपालको सातौं मनास्लु आरोहणका लागि विगत वर्षझैं मनास्लु आरोहणमा यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणमा पनि आरोहीको आकर्षण देखिएको हो । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ आरोही समूहका तीन […]

दैनिकजसो सम्मान थाप्न व्यस्त चनिकलाल भन्छन्–बाढीमा बग्दै आएको मान्छे हेरेर बस्न सकिनँं

काठमाडौं । गत असोज १२ गते नख्खु खोलाको उर्लदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामा
BizKhabar Online » BizKhabar Online

दैनिकजसो सम्मान थाप्न व्यस्त चनिकलाल भन्छन्–बाढीमा बग्दै आएको मान्छे हेरेर बस्न सकिनँं

काठमाडौं । गत असोज १२ गते नख्खु खोलाको उर्लदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा छन् । चर्चा मात्र होइन हाल उनलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ ।यसै क्रममा आज ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्‍यो । सम्मान कार्यक्रममा उनले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर […]

बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

काठमाडौं । ललितपुरको लगनखेलबाट सडक यात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती ग
BizKhabar Online » BizKhabar Online

बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

काठमाडौं । ललितपुरको लगनखेलबाट सडक यात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ । ‘लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, […]

वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

काठमाडौं । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इ
BizKhabar Online » BizKhabar Online

वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

काठमाडौं । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैनभने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) र एनसेल […]

आज राति ९:४५ बजेदेखि डिभी खुल्दै, कसरी भर्न सकिन्छ

काठमाडौं । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९ः४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्
BizKhabar Online » BizKhabar Online

आज राति ९:४५ बजेदेखि डिभी खुल्दै, कसरी भर्न सकिन्छ

काठमाडौं । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९ः४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ ।  एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दुताबासले जानकारी दिएको छ । आवेदन भने मा अक्टोबर २, राति ९ः४५ बजे (नेपाली […]

माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्न पहल सुरु, उर्जा राज्यमन्त्रीले गरे आयोजनाको अनुगमन

काठमाडौं । सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाक
BizKhabar Online » BizKhabar Online

माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्न पहल सुरु, उर्जा राज्यमन्त्रीले गरे आयोजनाको अनुगमन

काठमाडौं । सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण […]

संसदीय समितिमा सकियो प्रधानन्यायाधीशको सुनुवाई, प्रकाशमानसिंहको नाम अनुमोदन

काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनु
BizKhabar Online » BizKhabar Online

संसदीय समितिमा सकियो प्रधानन्यायाधीशको सुनुवाई, प्रकाशमानसिंहको नाम अनुमोदन

काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । यसअघि समितिमा उनको सुनुवाई भएको थियो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायधीशमा उनकाे नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

टिकेन नेप्सेको उकालो यात्रा, बुधबार परिसुचक दोहोरो अंकले घट्दा कारोबार पनि खुम्चियो

काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार पुनः दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

टिकेन नेप्सेको उकालो यात्रा, बुधबार परिसुचक दोहोरो अंकले घट्दा कारोबार पनि खुम्चियो

काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार पुनः दोहोरो अंकले ओरालो लागेको छ । आज कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २६.०७ अंकले घटेर २५ सय ९७.४९ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १० कम्पनीका १ करोड ५१ लाख ९९ हजार ७ सय […]

लेबनानमा रहेका नेपाली सुरक्षित, सहयोग तथा जानकारी चाहिएमा सम्पर्क गर्न सकिने

काठमाडौँ । सरकारले विकसित पछिल्लो घटनाक्रमपछि लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधि
BizKhabar Online » BizKhabar Online

लेबनानमा रहेका नेपाली सुरक्षित, सहयोग तथा जानकारी चाहिएमा सम्पर्क गर्न सकिने

काठमाडौँ । सरकारले विकसित पछिल्लो घटनाक्रमपछि लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ । लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको जानकारी दिएको छ । साथै मन्त्रालयले तत्कालै थप […]

इरानको इजरायलमाथि हमलापछि कच्चा तेलको मूल्य बढ्यो

काठमाडौँ । इरानले इजरायलमा मिसाइल हमला गरेपछि कच्चा तेलको मूल्य बढेको छ । यो हमलापछि मध्यपूर्वमा
BizKhabar Online » BizKhabar Online

इरानको इजरायलमाथि हमलापछि कच्चा तेलको मूल्य बढ्यो

काठमाडौँ । इरानले इजरायलमा मिसाइल हमला गरेपछि कच्चा तेलको मूल्य बढेको छ । यो हमलापछि मध्यपूर्वमा थप द्वन्द्वको डर बढेको छ । इरान र इजरायलको युद्ध चर्किएमा तेल आपूर्ति पनि प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ । ब्रेन्ट कच्चा तेलको मूल्यको लागि अन्तर्राष्ट्रिय बेन्चमार्क हो । मंगलबारदेखि आजसम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ६ प्रतिशतले […]

चार अर्ब लागतको भवनमा १ अर्ब बढी भ्रष्टाचारको आशंका, नागरिक उड्डयन प्राधिकरणमा अख्तियारको छापा

काठमाडौं । सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कार्यालयमा अख्तियार दुरुपयोग
BizKhabar Online » BizKhabar Online

चार अर्ब लागतको भवनमा १ अर्ब बढी भ्रष्टाचारको आशंका, नागरिक उड्डयन प्राधिकरणमा अख्तियारको छापा

काठमाडौं । सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवन निर्माणमा अनियमितता भएको उजुरीपछि अख्तियारको टोलीले केहीबेरअघि छापा मारेको हो । अख्तियारको टोलीले कार्यालयबाट कागजपत्र जफत गरेर लगेको छ । चार अर्ब लगानीमा बनेको उक्त भवन निर्माणमा १ अर्ब बढी […]

रियलमीको ‘बडा दशैं, तिहारको बडा अफर’ शुरु, एमजी ४ इभि जित्ने अवसर

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दशैं, तिहारको बडा अफर’ योजना शुर
BizKhabar Online » BizKhabar Online

रियलमीको ‘बडा दशैं, तिहारको बडा अफर’ शुरु, एमजी ४ इभि जित्ने अवसर

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दशैं, तिहारको बडा अफर’ योजना शुरु गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरुप एमजी ४ इभि जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरुप […]

Get more results via ClueGoal