Nepal



गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी नेतृ तथा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ

यू-१९ महिला क्रिकेट टोलीका खेलाडीलाई जनही साढे २ लाख दिईने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई जनही सा
BizKhabar Online » BizKhabar Online

यू-१९ महिला क्रिकेट टोलीका खेलाडीलाई जनही साढे २ लाख दिईने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई जनही साढे २ लाख रुपैइाँ दिने भएको छ । क्यानले एक निर्णय गर्दै टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख ५० हजार र टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिने बताएको हो । बुधबार यूएईलाई हराउँदे नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु(१९ महिला […]

फर्कियो नेप्सेको लय, साताको अन्तिम दिन दोहोरो अंकले बढ्दै १० अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले
BizKhabar Online » BizKhabar Online

फर्कियो नेप्सेको लय, साताको अन्तिम दिन दोहोरो अंकले बढ्दै १० अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । यसअघि पछिल्लो केहिदिनदेखि ओरालो लागिरहेको नेप्सेले बिहीबार भने लय समातेको हो । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागिरहेको नेप्से अन्तिम समयमा आज १३.९५ अंकले बढ्दै २७ सय ४८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार […]

कर्णाली राजमार्गले कालीकोटका बजारहरुमा व्यापार वृद्धि, बढ्यो चहलपहल

काठमाडौं । कर्णाली राजमार्गका कारण जिल्लाका विभिन्न बजारमा व्यापार व्यवसायमा वृद्धि भएको छ । रा
BizKhabar Online » BizKhabar Online

कर्णाली राजमार्गले कालीकोटका बजारहरुमा व्यापार वृद्धि, बढ्यो चहलपहल

काठमाडौं । कर्णाली राजमार्गका कारण जिल्लाका विभिन्न बजारमा व्यापार व्यवसायमा वृद्धि भएको छ । राजमार्ग सञ्चालनमा आएपछि जिल्लाको खुलालु, लालिघाट, रेगिल, शान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको पिलीचौरलगायतका बजारमा यात्रुहरुको चहलपहलसँगै व्यापार व्यवसाय वृद्धि भएको हो । नरहरिनाथ गाउँपालिका–८ स्थित खुलालुमा पक्की पुल निर्माण भएपछि बजारमा दैनिक भीडभाड बढेको छ । खुलालु बजार […]

पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन स् अदालत

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्
BizKhabar Online » BizKhabar Online

पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन स् अदालत

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गत असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको साविक पशुपति वडा नं। २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ […]

शुक्रबार मात्रै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुँदै, तीन देशका उर्जामन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं । शुक्रबार एक दिनका लागि मात्रै नेपालबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने भएको छ
BizKhabar Online » BizKhabar Online

शुक्रबार मात्रै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुँदै, तीन देशका उर्जामन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं । शुक्रबार एक दिनका लागि मात्रै नेपालबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने भएको छ । भोली मध्याह्न १२ः४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा विद्युत पुर्याउन लागिएको हो । यसअघि गएको असोज १७ गते काठमाडौंमा नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारसम्बन्धि भएको त्रिपक्षीय सम्झौता अनुसार शुक्रबार नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल उद्घाटन […]

धनी देशमा घट्दै र गरिब देशमा फैलदै ‘मधुमेह’, गम्भीर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै

काठमाडौं । पछिल्लो ३० वर्षमा विश्वभर मधुमेहका बिरामीको संख्या दोब्बर भएको एक नयाँ अध्ययनले देखा
BizKhabar Online » BizKhabar Online

धनी देशमा घट्दै र गरिब देशमा फैलदै ‘मधुमेह’, गम्भीर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै

काठमाडौं । पछिल्लो ३० वर्षमा विश्वभर मधुमेहका बिरामीको संख्या दोब्बर भएको एक नयाँ अध्ययनले देखाएको छ । ‘द ल्यान्सेट’ पत्रिकामा प्रकाशित यस अध्ययनका अनुसार सन् २०२२ मा वयस्कहरूमा मधुमेहको संख्या १४ प्रतिशत पुग्ने छ, जुन सन् १९९० मा ७ प्रतिशत थियो । आज करिब ८० करोड मानिस यो रोगबाट पीडित छन् । यो वृद्धि विशेष […]

इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ, २८ कार्तिक । इन्फोडेभलपर्स प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका ला
BizKhabar Online » BizKhabar Online

इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ, २८ कार्तिक । इन्फोडेभलपर्स प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लाग समझदारी भएको छ । इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यस सम्बन्धी सम्झौतामा […]

सेबोन अध्यक्ष नियुक्ति अघि बढ्यो, तीनै जनालाई पुनः अन्तरवार्तामा बोलाईयो

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष चयन प्रक्रिया पुनः अघि बढाएको छ
BizKhabar Online » BizKhabar Online

सेबोन अध्यक्ष नियुक्ति अघि बढ्यो, तीनै जनालाई पुनः अन्तरवार्तामा बोलाईयो

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष चयन प्रक्रिया पुनः अघि बढाएको छ । यसअघि सर्टलिस्टमा परिसकेका र पटकपटक अन्तरवार्तामा बोलाईएको ३ जनालाई पुनः अन्तरवार्तामा बोलाउँदै मन्त्रालयले यसको प्रक्रिया फेरि सुरु गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै आवेदन दिएकामध्ये सर्टलिस्टमा परेका ३ जनालाई मंसिर ९ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका […]

सुनको मूल्य डाउन ट्रेण्डमै, आज प्रतितोला २२ सय रुपैयाँले घट्यो

काठमाडौं । केहि दिनयता लगातार घटिरहेको सुनको मूल्य बिहीबारपनि घटेको छ । आज सुनको भाउ तोलामा २२ सय
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य डाउन ट्रेण्डमै, आज प्रतितोला २२ सय रुपैयाँले घट्यो

काठमाडौं । केहि दिनयता लगातार घटिरहेको सुनको मूल्य बिहीबारपनि घटेको छ । आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । […]

आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल, नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज

काठमाडौं । विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोड
BizKhabar Online » BizKhabar Online

आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल, नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज

काठमाडौं । विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो । विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ । ११ मिटर चौडा भएको दुई […]

१५ दिनभित्र विद्युत महशुल बुझाउन उद्योगीलाई प्राधिकरणको ताकेता, नबुझाए नियमानुसार कारबाही

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन विवादका कारण विद्युत महशुल नबुझाएका उ
BizKhabar Online » BizKhabar Online

१५ दिनभित्र विद्युत महशुल बुझाउन उद्योगीलाई प्राधिकरणको ताकेता, नबुझाए नियमानुसार कारबाही

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन विवादका कारण विद्युत महशुल नबुझाएका उद्योगीहरुलाई मंसिर १२ सम्म महशुल बुझाउन ताकेता गरेको छ । प्राधिकरणले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार हालसम्म बुझाउन बाँकी रहेको बक्यौता तिर्न ताकेता गरेको हो । ‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगहरूको बक्यौता […]

सीमा विवादले दुई करोड २६ लाख खर्च भइसकेको निर्माणाधीन बसपार्क अलपत्र

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका का
BizKhabar Online » BizKhabar Online

सीमा विवादले दुई करोड २६ लाख खर्च भइसकेको निर्माणाधीन बसपार्क अलपत्र

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो । वि.सं.२०७५ सालमा ६ रोपनी जग्गा खरिद गरेर निर्माण सुरु भएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ सहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी […]

एनपीएलमा हाइप्रोफाइल क्रिकेटरको इन्ट्री, शिखर धवन कर्णाली याक्सबाट खेल्ने

काठमाडौं । भारतीय पुर्व ओपनर शिखर धवन कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन
BizKhabar Online » BizKhabar Online

एनपीएलमा हाइप्रोफाइल क्रिकेटरको इन्ट्री, शिखर धवन कर्णाली याक्सबाट खेल्ने

काठमाडौं । भारतीय पुर्व ओपनर शिखर धवन कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । कर्णाली याक्सले ३८ बर्षिय भारतीय पुर्व खेलाडी धवनलाई भित्र्याएको हो । धवन एनपीएल खेल्ने अहिलेसम्मका हाइप्रोफाइल क्रिकेटर हुन् । धवनले गत अगस्टमा भारतको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए । भारतका लागि ३४ टेस्ट, १६७ […]

सुप्रिम सहकारीको रकम हिनामिना : रवि लामिछानेको आजपनि बयान लिइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज पनि बयान हुने भएको छ ।
BizKhabar Online » BizKhabar Online

सुप्रिम सहकारीको रकम हिनामिना : रवि लामिछानेको आजपनि बयान लिइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज पनि बयान हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बिहान १० बजेदेखि आजपनि बयान लिइने भएको छ । पोखराबाट मंगलबार भैरहवा ल्याइएका लामिछानेलाई दुई दिन गरि १३ घण्टा भन्दा बढी बयान लिइएको छ । मंगलबार करिब ५ घण्टा बयान लिइएको थियो भने […]

‘भिजिबिलिटी’ कमजोर हुँदा तराईका विमानस्थलमा हवाई उडान प्रभावित

काठमाडौं । बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ । तुवालो
BizKhabar Online » BizKhabar Online

‘भिजिबिलिटी’ कमजोर हुँदा तराईका विमानस्थलमा हवाई उडान प्रभावित

काठमाडौं । बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ । तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्त रिञ्जी शेर्पाका अनुसार अहिले भैरहवा र सुर्खेत विमानस्थलमा उडान हुन सकेको छैन ।‘भैरहवा र सुर्खेत विमानस्थल बन्द छन् […]

वर्ल्डलिंकको रामाजिक उत्तरदायित्व, बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले गौरी शंकर बालगृहको पूर्ण रूपमा मर्मत
BizKhabar Online » BizKhabar Online

वर्ल्डलिंकको रामाजिक उत्तरदायित्व, बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले गौरी शंकर बालगृहको पूर्ण रूपमा मर्मत गरिएको भवन हस्तान्तरण गरेको छ। कम्पनीले एक महत्वपूर्ण सामाजिक उत्तरदायित्व सम्बन्धि परियोजना पूरा गर्दै दोलखामा उक्त भवन हस्तान्तरण गरेको हो । वर्ल्डलिंकका लेगेसी प्रोमोटर सेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमका कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, बालगृह अध्यक्ष […]

नवनियुक्त राजदूत र महासंघबीच अन्तरक्रिया : लगानी प्रवर्द्धनमा सघाउने अध्यक्ष ढकालको प्रतिवद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात
BizKhabar Online » BizKhabar Online

नवनियुक्त राजदूत र महासंघबीच अन्तरक्रिया : लगानी प्रवर्द्धनमा सघाउने अध्यक्ष ढकालको प्रतिवद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिवद्धता जनाएका छन् । विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसँग महासंघले आयोजना गरेको अन्तरक्रियामा महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरि लगानी प्रवद्र्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको […]

दुई स्टक ब्रोकर एशोसिएशन मर्ज, व्यवसायी र लगानीकर्ताको हकहितका लागि एक भएर अघि बढ्ने

काटमाडौं । दुई ब्रोकर एशोसिएशनबीच मर्जर सम्झौता भएको छ । हाल संचालमा रहेका स्टक ब्रोकर्श एशोसिएन
BizKhabar Online » BizKhabar Online

दुई स्टक ब्रोकर एशोसिएशन मर्ज, व्यवसायी र लगानीकर्ताको हकहितका लागि एक भएर अघि बढ्ने

काटमाडौं । दुई ब्रोकर एशोसिएशनबीच मर्जर सम्झौता भएको छ । हाल संचालमा रहेका स्टक ब्रोकर्श एशोसिएनका र धितोपत्र ब्रोकर्श एशोसिएनबीच मर्जर सझौता भएको हो । उक्त सम्झौता पत्रमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्श एशोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन् । दुइ संस्था मर्जरसँगै स्टक ब्रोकर्श एशोसिएनको नामबाट संचालमा आउने […]

प्रतितोला २ सयले घट्यो सुनको मूल्य, चाँदीको मुल्य भने उकालो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

प्रतितोला २ सयले घट्यो सुनको मूल्य, चाँदीको मुल्य भने उकालो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य भने केहि उकालो लागेको महासंघले जानकारी […]

एनभिडिया बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी, केही वर्ष अघिसम्म नचिनिएका जेन्सेन बने विश्वको ११ औं धनी

काठमाडौं । अमेरिकी एआई चिप उत्पादन गर्ने कम्पनी एनभिडिया यी दिनहरू फेरि हेडलाइनमा छ । एप्पललाई पछ
BizKhabar Online » BizKhabar Online

एनभिडिया बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी, केही वर्ष अघिसम्म नचिनिएका जेन्सेन बने विश्वको ११ औं धनी

काठमाडौं । अमेरिकी एआई चिप उत्पादन गर्ने कम्पनी एनभिडिया यी दिनहरू फेरि हेडलाइनमा छ । एप्पललाई पछि पार्दै यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । यसको मार्केट क्याप ३.६४८ ट्रिलियन डलर पुगेको छ, जुन विश्वका अधिकांश देशको जीडीपीभन्दा बढी हो । पछिल्लो १२ महिनामा एनभिडिया को मार्केट क्याप २.४ ट्रिलियन डलरले बढेको छ । […]

सुरक्षा जाँचमा सफल भएमात्रै भारतले मस्कको स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने

काठमाडौं । एलोन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सुरक्षा नियमहरूको पालना गरेपछि भ
BizKhabar Online » BizKhabar Online

सुरक्षा जाँचमा सफल भएमात्रै भारतले मस्कको स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने

काठमाडौं । एलोन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सुरक्षा नियमहरूको पालना गरेपछि भारतमा सञ्चालन गर्न अनुमति दिइने स्थानीय सञ्चारमाध्यमहरूले मङ्गलबार बताएका छन् । स्टारलिङ्कको सम्भावित प्रक्षेपण विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा कडा नीतिगत बहस र कथित राष्ट्रिय सुरक्षा चिन्ताका साथ भएको छ । यसको पृथ्वी छिटोछरितो कक्षामा छरिएका उपग्रहहरूको नेटवर्कले टाढाका र अलग भएका […]

वडाको कामसँगै किबी खेतीमा व्यस्त वडाध्यक्ष थापा, एक वर्षमा छ सय क्विन्टल किबी उत्पादन

काठमाडौं । बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूल खेती थालेका
BizKhabar Online » BizKhabar Online

वडाको कामसँगै किबी खेतीमा व्यस्त वडाध्यक्ष थापा, एक वर्षमा छ सय क्विन्टल किबी उत्पादन

काठमाडौं । बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूल खेती थालेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तला खेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका हुन् । तीन वर्षअघि किबीखेती थालेका उनलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बनेका उनले यो वर्ष सय […]

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु, पाँच करोड ८६ लाखमा ठेक्का

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महे
BizKhabar Online » BizKhabar Online

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु, पाँच करोड ८६ लाखमा ठेक्का

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालयले पहिलो चरणमा मङ्गला गाउँपालिका–३ पखेर–बरङ्जा खण्डको सडक स्तरोन्नतिको काम थालेको हो । मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष यामबहादुर रोकाका अनुसार २०६६ सालमा मार्ग खुलेको मङ्गला–३ र ४ नम्बर वडा तथा बागलुङको ताराखोला […]

सडक पुनर्निर्माण नहुँदा समस्यामा च्याङथापुवासी

काठमाडौं । बाढी–पहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा पाँचथरको याङवरक गाउँपालिका–१ च्या
BizKhabar Online » BizKhabar Online

सडक पुनर्निर्माण नहुँदा समस्यामा च्याङथापुवासी

काठमाडौं । बाढी–पहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन् । यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’ मा स्वास्थ्य संस्था पुर्‍याउने बाटो पनि छैन । यहाँका मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा खसेको पहिरोका कारण भौतिक […]

ट्रम्पले मस्कलाई सुम्पे सरकारी दक्षता विभागको नेतृत्व, के-के हुनेछ जिम्मेवारी ?

काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सरकारका लागि आफ्नो टिम बनाउ
BizKhabar Online » BizKhabar Online

ट्रम्पले मस्कलाई सुम्पे सरकारी दक्षता विभागको नेतृत्व, के-के हुनेछ जिम्मेवारी ?

काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सरकारका लागि आफ्नो टिम बनाउन सुरु गरेका छन् । उनले अर्बपति एलोन मस्क र पूर्व राष्ट्रपति पदका उम्मेदवार विवेक रामास्वामीलाई सरकारी दक्षता विभागको नेतृत्व सुम्पेका छन् । यो जोडीले कर्मचारी तन्त्रको ढिलासुस्त, अतिरिक्त नियमहरू घटाउन, अनावश्यक खर्च कटौती गर्न, र संघीय एजेन्सीहरूको पुनर्संरचना गर्न सँगै काम […]

नबिल बैंक दक्षिण एशियाको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘साफा अवार्ड’ बाट सम्मानित

काठमाडौं । नबिल बैंकले दक्षिण एशियाकै (निजी बैंकतर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डसमा ‘मेर
BizKhabar Online » BizKhabar Online

नबिल बैंक दक्षिण एशियाको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘साफा अवार्ड’ बाट सम्मानित

काठमाडौं । नबिल बैंकले दक्षिण एशियाकै (निजी बैंकतर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डसमा ‘मेरिट अवार्ड’ प्राप्त गरेको छ । साउथ एशियन फेडरेसन अफ एकाउन्टेन्स (साफा) ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो । दक्षिण एशियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२–२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता […]

फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी

नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकै
BizKhabar Online » BizKhabar Online

फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी

नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ। नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ kWh ब्याट्री समावेस गरेको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ्ग रेन्जको दिन्छ (एनडिइसी)। साथै, यसमा १३० kWh अधिकतम पावर, ३३० अधिकतम […]

कोप–२९ : राष्ट्रपति पौडेलद्वारा आज नेपालका तर्फबाट उच्चस्तरीय सत्र सञ्चालन हुने

बाकु (अजरबैजान) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९_ मा सहभागी हुने स
BizKhabar Online » BizKhabar Online

कोप–२९ : राष्ट्रपति पौडेलद्वारा आज नेपालका तर्फबाट उच्चस्तरीय सत्र सञ्चालन हुने

बाकु (अजरबैजान) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९_ मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै छन । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’माथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ । कोप शिखर सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य व्यक्त गर्दै राष्ट्रपति […]

कमजोर क्षेत्रलाई सुधार्नेगरी कार्यसम्पादन गर्न मातहतका निकायलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको
BizKhabar Online » BizKhabar Online

कमजोर क्षेत्रलाई सुधार्नेगरी कार्यसम्पादन गर्न मातहतका निकायलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा मंगलबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको सञ्चिती, शोधानान्तर स्थिति, विप्रेषण, बैंकमा अधिक तरलता, न्यून ब्याजदर, मूल्यवृद्धि नियन्त्रण, […]

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु, एयर बस ३३० पहिलोपल्ट अवतरण

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायि
BizKhabar Online » BizKhabar Online

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु, एयर बस ३३० पहिलोपल्ट अवतरण

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले एयर बस ३३० बाट गौतमबुद्ध विमानस्थलमा कतार एयरवेजले पहिलोपटक व्यावसायिक उडान गरेको बताए । कतार एयरवेजले […]

विभिन्न कार्यक्रम सहित कामना सेवा विकास बैंकको १८ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १८ औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १८
BizKhabar Online » BizKhabar Online

विभिन्न कार्यक्रम सहित कामना सेवा विकास बैंकको १८ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १८ औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरि आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्तिक २७ गते मंगलवार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित सम्पुर्ण क्षेत्रिय कार्यालयहरुमा रक्तदान कार्यक्रम […]

नेपाल बैंकर्स संघ बन्यो एसएमई फाइनान्स फोरमको नयाँ सदस्य, वित्तीय पहुँच प्रवर्द्धनमा सहयोग

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकर्स संघ बन्यो एसएमई फाइनान्स फोरमको नयाँ सदस्य, वित्तीय पहुँच प्रवर्द्धनमा सहयोग

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी/विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य÷सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो । यो नेटवर्कमा बैंकहरू, गैर–बैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी कम्पनीहरू, बीमा प्रदायकहरू, लगानी […]

लाइन काटिएका उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय, १५ दिनभित्र ६ अर्ब उठाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन विवादमा विद्युत लाइन काटिएका उद्योगह
BizKhabar Online » BizKhabar Online

लाइन काटिएका उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय, १५ दिनभित्र ६ अर्ब उठाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन विवादमा विद्युत लाइन काटिएका उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले काटिएका उद्योगहरुमा बिजुली जोड्ने निर्णय गरेको हो । प्राधिकरण संचालक समितिको बैठकले डेडिकेटेड ट्रंक लाइनको बक्यौतावापतको करिव ६ अर्ब रुपैयाँ १५ दिनभित्र उठाउने मन्त्रिपरिषदको निर्णयबमोजिम बिजुली लाइन जोडिदिने निर्णय […]

कुलेखानी क्षतिको अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । कुलेखानी जलविद्युत् आयोजनामा भएको भएको क्षतिबारे अध्ययन गर्न बनेको समितिले ऊर्जा, जल
BizKhabar Online » BizKhabar Online

कुलेखानी क्षतिको अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । कुलेखानी जलविद्युत् आयोजनामा भएको भएको क्षतिबारे अध्ययन गर्न बनेको समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ । असोजको ११ र १२ गते परेको पानीका कारण कुलेखानी जलविद्युत् आयोजना भरिँदा ड्यामको ढोका खोलिएको थियो । ढोका खोल्दा तटीय क्षेत्रमा क्षति भएपछि ऊर्जा मन्त्रालयले असोज २२ गते विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्णराज […]

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीबारदेखि, भृकुटीमण्डपमा हुने

काठमाडौं । इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी बिहीबारदे
BizKhabar Online » BizKhabar Online

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीबारदेखि, भृकुटीमण्डपमा हुने

काठमाडौं । इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने भएको छ । नेपाल विद्युत् व्यवसायी महासंघले ‘फिन इलेक्ट्रो टेक २०२४’ नाम दिएर यही कात्तिक २९ गते अर्थात् आगामी बिहीबारदेखि मङ्सिर २ गतेसम्म सो प्रदर्शनी आयोजना गर्न लागेको हो । प्रदर्शनीले विद्युत् तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवम् यस क्षेत्रसँग आबद्ध […]

Get more results via ClueGoal