Nepal



सूर्यदर्शन सहकारी ठगी प्रकरण : १९ जनाविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जना विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद

एडिबीले एक खर्ब पाँच अर्ब सहयोग गर्दै, खानेपानी पूर्वाधार सुधारमा खर्च गरिने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करो
BizKhabar Online » BizKhabar Online

एडिबीले एक खर्ब पाँच अर्ब सहयोग गर्दै, खानेपानी पूर्वाधार सुधारमा खर्च गरिने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा […]

नेपालमा देखियो मंकिपक्स, बिरामीको उपचार जारी

काठमाडौं । नेपालमा पहिलोपटक ‘मंकिपक्स’ पुष्टि भएको छ । हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय
BizKhabar Online » BizKhabar Online

नेपालमा देखियो मंकिपक्स, बिरामीको उपचार जारी

काठमाडौं । नेपालमा पहिलोपटक ‘मंकिपक्स’ पुष्टि भएको छ । हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय एक जनामा उक्त संक्रमण पुष्टि भएको हो। मंकिपक्स देखिएका ती बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले बताएको छ।

सर्वोच्चको आदेश : दुर्गा प्रसाईंलाई रिहा गर्नु

काठमाडौ. । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश
BizKhabar Online » BizKhabar Online

सर्वोच्चको आदेश : दुर्गा प्रसाईंलाई रिहा गर्नु

काठमाडौ. । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश जारी गरेको हो। शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा उपस्थित गराउन आदेश भएको थियो। सोही रिटमाथि सुनुवाइपछि रिहाइको आदेश भएको हो। प्रसाईंलाई साइबर अपराधको आरोपमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरिएको थियो। […]

भारत–नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु, क्रसबोर्डर पूर्वाधार निर्माणमा जोड

काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार व
BizKhabar Online » BizKhabar Online

भारत–नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु, क्रसबोर्डर पूर्वाधार निर्माणमा जोड

काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेकी छन् । काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन)ले आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरु ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स)मा उनले नेपालले विदेशी […]

नागरिक लगानी कोष र आइएमईबीच सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच दुई संस्
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोष र आइएमईबीच सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच दुई संस्थाबीच सेयर प्रत्याभूति गर्ने बारे सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका छन् । आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय […]

अमेरिकी राजनीतिमा एलन मस्कको दबदबा : कानुन निर्माणमा हस्तक्षेप, रिपब्लिकन सांसदलाई धम्की

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले दुई पक्षीय खर्च सम्झौता रोक्न नेतृत्व गरेका छ
BizKhabar Online » BizKhabar Online

अमेरिकी राजनीतिमा एलन मस्कको दबदबा : कानुन निर्माणमा हस्तक्षेप, रिपब्लिकन सांसदलाई धम्की

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले दुई पक्षीय खर्च सम्झौता रोक्न नेतृत्व गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा १५० भन्दा बढी पोष्ट गर्दै, उनले रिपब्लिकन सांसदहरूलाई सम्झौताबाट पछि हट्न माग गरेका छन्। सम्झौता सरकारले क्रिसमसअघि बन्द हुन नदिनका लागि तयार गरिएको थियो। मस्कले सम्झौताका पक्षमा मत दिने सांसदहरूलाई राजनीतिक प्रतिशोधको धम्कीसमेत दिएका छन्। […]

नेपाल विद्युत प्राधिकरणमा १,०८३ पदका लागि आवेदन खुला

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले १,०८३ पदका लागि आवेदन खुलाएको छ। तह ५ देखि १० सम्मका लागि स्थ
BizKhabar Online » BizKhabar Online

नेपाल विद्युत प्राधिकरणमा १,०८३ पदका लागि आवेदन खुला

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले १,०८३ पदका लागि आवेदन खुलाएको छ। तह ५ देखि १० सम्मका लागि स्थायी नियुक्ति गर्ने उद्देश्यले शुक्रबार सूचना जारी गर्दै विभिन्न समूहका लागि दरखास्त आह्वान गरिएको हो। प्राधिकरणले १९५ जना अधिकृतस्तर र ८८८ जना सहायकस्तरमा आवेदन मागेको छ। लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ। आवेदन दिने अन्तिम मिति पुस २५ तथा दोब्बर […]

नबिल बैंकद्वारा टोल फ्री नम्बरको सुरुवात : ग्राहक सेवामा नयाँ सुविधा थप

काठमाडौं। नबिल बैंकले ग्राहकहरूलाई सरल, निःशुल्क, र सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले टोल
BizKhabar Online » BizKhabar Online

नबिल बैंकद्वारा टोल फ्री नम्बरको सुरुवात : ग्राहक सेवामा नयाँ सुविधा थप

काठमाडौं। नबिल बैंकले ग्राहकहरूलाई सरल, निःशुल्क, र सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले टोल फ्री नम्बरको एकीकरण गरेको छ। अब नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्क प्रयोगकर्ताहरूले बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्। यस सुविधाबाट खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ। बैंकले […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि टेण्डर आह्वान

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट
BizKhabar Online » BizKhabar Online

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि टेण्डर आह्वान

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्न टेण्डर आह्वान गरिएको छ। शहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार, फ्लडलाइट जडानका लागि १ करोड ७३ लाख रुपैयाँ र प्यारापिट निर्माणका लागि १ करोड ६२ लाख रुपैयाँ बजेट छुट्याइएको छ। दुवै […]

मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने, दैनिक ३ घण्टा सवारी आवागमन ठप्प

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक ब
BizKhabar Online » BizKhabar Online

मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने, दैनिक ३ घण्टा सवारी आवागमन ठप्प

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो । नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इ. विजय दरइका […]

एनपीएल फाइनलका सबै टिकट सोल्ड आउट, थप टिकट नबेच्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलप्रतिको उत्साह चरममा पुगेको छ। नेपाल क्रिकेट स
BizKhabar Online » BizKhabar Online

एनपीएल फाइनलका सबै टिकट सोल्ड आउट, थप टिकट नबेच्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलप्रतिको उत्साह चरममा पुगेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार बेलुकी फाइनल खेलको टिकट खुला गरेसँगै केही घण्टाभित्रै टिकट सोल्ड आउट भएको छ। क्यानले फाइनल खेलका लागि १० हजारभन्दा बढी टिकट बिक्रीमा राखेको थियो। साधारणतर्फको टिकटको मूल्य ५ सय रुपैयाँ र भिआइपी टिकटको मूल्य १ हजार […]

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व
BizKhabar Online » BizKhabar Online

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतिततोला २० रुपैयाँले घटेर १७ सय ६० […]

चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकार, ३० मिलियन डलरको आर्थिक सहयोगका लागि प्रस्ताव

काठमाडौं । चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्नका लागि यतिबेला सरकार दाताको पर्खाइमा छ । चुरेक
BizKhabar Online » BizKhabar Online

चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकार, ३० मिलियन डलरको आर्थिक सहयोगका लागि प्रस्ताव

काठमाडौं । चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्नका लागि यतिबेला सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने भएपछि आवश्यक पर्ने लागत जुटाउन दाता पर्खिएको हो । चुरेको संरक्षण तथा व्यवस्थापनको मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले […]

आज दिउँसो १ बजे मन्त्रिपरिषद बैठक बस्दै , के छन् एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । उनले आजै दिउँसो १ बज
BizKhabar Online » BizKhabar Online

आज दिउँसो १ बजे मन्त्रिपरिषद बैठक बस्दै , के छन् एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । उनले आजै दिउँसो १ बजे बैठक बोलाएका हुन् । बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुने मन्त्रिपरिषदका एक सदस्यले बताए । । बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । प्रधानमन्त्री ओलीको बिहीबार त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी […]

मुग्लिन –पोखरा सडक : पश्चिम खण्डको दोस्रो पटक म्याद थप

काठमाडौं । मुग्लिन –पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्
BizKhabar Online » BizKhabar Online

मुग्लिन –पोखरा सडक : पश्चिम खण्डको दोस्रो पटक म्याद थप

काठमाडौं । मुग्लिन –पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्ग लाई विस्तार गर्ने काम जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो । पश्चिम खण्डको म्याद आगामी विसं २०८२ पुस १६ गतेसम्मका लागि थप भएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर […]

रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो, चीनबाट आयो लसुनदेखि खेलौनासम्म

काठमाडौं । केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ साम
BizKhabar Online » BizKhabar Online

रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो, चीनबाट आयो लसुनदेखि खेलौनासम्म

काठमाडौं । केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमासुरक्षाकर्मीले जनाएका छन् । स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर तथा चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, खेलौना गरी विविध प्रकारका मालसामान आयात हुने गरेको […]

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो नेप्से, पौने पाँच अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो नेप्से, पौने पाँच अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३१.४३ अंकले घट्दै २५ सय ९६ को विन्दुमा झरेर रोकिएको हो । आज दिनभर कुल ३ सय १० कम्पनीका ९८ लाख ३२ हजार बढी कित्ता सेयर किनबेच […]

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ‘चेयरपर्सन क्लव सम्मान तथा तालिम कार्यक्रम’ सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव स
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ‘चेयरपर्सन क्लव सम्मान तथा तालिम कार्यक्रम’ सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाडौ स्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ । आ.व. २०८०/२०८१ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं […]

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा, फाइनल खेल शनिबार

काठमाडौँ । कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क
BizKhabar Online » BizKhabar Online

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा, फाइनल खेल शनिबार

काठमाडौँ । कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । आज (बिहीबार) को दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हराएको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेटायो । जनकपुरका जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले […]

लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन

काठमाडौं । लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारी
BizKhabar Online » BizKhabar Online

लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन

काठमाडौं । लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको आजदेखि परिक्षणका रूपमा सञ्चालन गरिएको छ । यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस आजदेखि सञ्चालनमा ल्याइएको हो । एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले अनुदान सहयोगमा प्राप्त […]

नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क ‘टिआइपीएफ’ सम्झौता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो
BizKhabar Online » BizKhabar Online

नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क ‘टिआइपीएफ’ सम्झौता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । मन्त्री भण्डारीले टिआइपीएफ सम्झौताले […]

वैद्यखानामा मन्त्री पौडेलको अनुगमन, भने-तलब खुवाउन मन्त्रालयको मुख नताक्नु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरवार वैद्यखानामा आयुर्वेदिक औषध
BizKhabar Online » BizKhabar Online

वैद्यखानामा मन्त्री पौडेलको अनुगमन, भने-तलब खुवाउन मन्त्रालयको मुख नताक्नु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरवार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिँदै आएका छन् । सोहीअनुरूप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचेजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गरेका हुन् । मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम […]

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौँ। सर्वोत्तम सिमेनट लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको ३
BizKhabar Online » BizKhabar Online

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौँ। सर्वोत्तम सिमेनट लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको ३ पुसमा बसेको २२९औँ बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि बोनस सेयर र नगद लाभांश गरी उक्त परिमाण बराबर लाभांश घोषणा गरेको हो । कम्पनीका अनुसार गत सर्वोत्तमको चुक्ता पुँजी ४ अर्ब ६५ करोडको ७ प्रतिशतका दरले हुन आउने ३२ करोड […]

महिला यु-१९ एसिया कप : वर्षा नरोकिएपछि खेल रद्द, नेपाल र श्रीलंकाले अंक बाँडे

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका क
BizKhabar Online » BizKhabar Online

महिला यु-१९ एसिया कप : वर्षा नरोकिएपछि खेल रद्द, नेपाल र श्रीलंकाले अंक बाँडे

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अंक बाँडेका छन् । आज (बिहीबार) को खेलमा नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलंकाको एक विकेट […]

बुटवल पावर कम्पनीको लाभांश घोषणा, साधारण सभा आह्वान

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको पुस
BizKhabar Online » BizKhabar Online

बुटवल पावर कम्पनीको लाभांश घोषणा, साधारण सभा आह्वान

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस […]

मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न मन्त्रीको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आप
BizKhabar Online » BizKhabar Online

मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न मन्त्रीको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् । स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उनले त्यस्तो निर्देशन दिएका हुन् । साथै उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए । गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा […]

सेयर बजारमा पहिरो, ५० वर्षमा सबैभन्दा लामो गिरावटको बन्यो रेकर्ड

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले नीति ब्याज दर ०.२५ % ले घटाएको छ र थप कटौतीमा सुस्
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा पहिरो, ५० वर्षमा सबैभन्दा लामो गिरावटको बन्यो रेकर्ड

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले नीति ब्याज दर ०.२५ % ले घटाएको छ र थप कटौतीमा सुस्त गतिको संकेत गरेको छ । यसले अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ । अमेरिकी केन्द्रीय बैंकले लगातार तेस्रोपटक ब्याजदर घटाएको हो । बैंकले हालैका सूचकहरूले आर्थिक गतिविधि ठोस गतिमा बढिरहेको देखाएको तर, मुद्रास्फीति केही हदसम्म […]

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच सम्झौता, व्यापारघाटा न्यूनीकरणमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको ब
BizKhabar Online » BizKhabar Online

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच सम्झौता, व्यापारघाटा न्यूनीकरणमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ […]

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती, उत्पादन लागत घट्नुका साथै माटोको गुणस्तर सुधार हुने

काठमाडौं । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर
BizKhabar Online » BizKhabar Online

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती, उत्पादन लागत घट्नुका साथै माटोको गुणस्तर सुधार हुने

काठमाडौं । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०-१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । कृषि अनुसन्धान […]

मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । मनाङको डिस्याङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ः३७ बजे मनाङको ङिस्या
BizKhabar Online » BizKhabar Online

मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । मनाङको डिस्याङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ः३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरूङले भूकम्प गएको तर त्यसले क्षति पुगेको भन्ने सूचना अहिलेसम्म कतैबाट नआएको जानकारी दिएका छन् । बुधबार बझाङ केन्द्रबिन्दु भएर […]

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

नकाठमाडौं । सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेक
BizKhabar Online » BizKhabar Online

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

नकाठमाडौं । सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ । यहाँको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्र सडकले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ । गाउँपालिका अध्यक्ष घनश्याम गिरीले दशकौंदेखिको सडक समस्या समाधान भएसँगै अन्य गतिविधि पनि बढ्न थालेको बताए […]

बैंकर र गभर्नरको जुहारी : रमाएर होइन कमाएर सेयरधनीलाई नाफा बाड्न निर्देशन

काठमाडौं । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा लगानीकर्ता एवं पूर्व बैंकर राजनसिंह भण्डारी
BizKhabar Online » BizKhabar Online

बैंकर र गभर्नरको जुहारी : रमाएर होइन कमाएर सेयरधनीलाई नाफा बाड्न निर्देशन

काठमाडौं । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा लगानीकर्ता एवं पूर्व बैंकर राजनसिंह भण्डारीले राष्ट्र बैंकको अनावश्यक हस्तक्षेपका कारण बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न नसकेको आरोप लगाएसँगै गभर्नर महाप्रसाद अधिकारीले त्यसको प्रतिवाद गरेका छन् । नेपाल बैंकर्स संघको ३८ औं साधारण सभामा बोल्दै सिटिजन्स बैंकका पूर्व अध्यक्ष एवं पूर्व प्रमुख कार्यकारी अधिकृत भण्डारीले राष्ट्र बैंकले सिमित […]

सर्वोच्चले भन्यो-दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको
BizKhabar Online » BizKhabar Online

सर्वोच्चले भन्यो-दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ र बन्दीसहित उपस्थित हुने आदेश जारी गरेको हो । प्रसाईका छोरा निराजनले बाबुलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए । पछिल्लो पटक […]

चर्को ब्याजमा ऋण लिएर विदेश जाने श्रमिकलाई बिना धितो ऋणको व्यवस्था गर्दैछौं : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आ
BizKhabar Online » BizKhabar Online

चर्को ब्याजमा ऋण लिएर विदेश जाने श्रमिकलाई बिना धितो ऋणको व्यवस्था गर्दैछौं : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आर्जन गरिएक सीप र पुँजीलाई मुलुकको विकासमा लगाउनु पर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले विदेशमा गरेका काम, सिकेका सीप र पुँजीलाई […]

सिटिजन्स बैंकको मोबाइल बैंकिङमै सिआरएन र सेयर आवेदन सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले अब मोबाईल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको मोबाइल बैंकिङमै सिआरएन र सेयर आवेदन सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले अब मोबाईल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने व्यवस्था मिलाएको छ । बैंकले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमति पश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत उक्त सेवा लिन सकिने व्यवस्था मिलाएको हो । सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आइपीओ/एफपीओ/राइट सेयरलगायतका लागि आवेदन दिन सक्ने […]

Get more results via ClueGoal