Nepal



नेपाल पे को न्यु इयर अफर : हवाइ टिकट काट्दा १५० क्यासब्याक

काठमाडौं । नयाँ वर्ष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकट खरिदमा आफ्ना प्रयोगकर्ताहरूक

कर्णालीको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत, कृषि र सेवा क्षेत्र सुधार, औद्योगिक क्षेत्रमा चुनौती कायमै

काठमाडौं । कर्णाली प्रदेशको आर्थिक गतिविधिको वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल राष्ट्र
BizKhabar Online » BizKhabar Online

कर्णालीको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत, कृषि र सेवा क्षेत्र सुधार, औद्योगिक क्षेत्रमा चुनौती कायमै

काठमाडौं । कर्णाली प्रदेशको आर्थिक गतिविधिको वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले आर्थिक वर्ष २०८०/८१ को यो प्रतिवेदनमार्फत प्रदेशका प्रमुख आर्थिक क्षेत्रहरूको प्रगति र विद्यमान चुनौतीहरू उजागर गरेको छ। राष्ट्रिय स्तरमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। कर्णाली प्रदेशको आर्थिक वृद्धिदर भने ३.३९ प्रतिशत रहने प्रक्षेपण […]

सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी,

काठमाडौं । सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले मङ्गलबार सन् २०२४ मा देशको अर्थतन्त्र ४ दशमल
BizKhabar Online » BizKhabar Online

सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी,

काठमाडौं । सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले मङ्गलबार सन् २०२४ मा देशको अर्थतन्त्र ४ दशमलव ० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् । ‘बलियो अर्थतन्त्रको साथ, म वास्तविक आम्दानी थप बढ्ने आशा गर्दछु,’ वोङले आफ्नो नयाँ वर्षको सन्देशमा उल्लेख गरे । प्रधानमन्त्रीले आउँदो फेब्रुअरी १८ मा प्रस्तुत हुने बजेट सन् २०२५ मा देशको आगामी कदमको […]

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से आज भने ५.१० अंकले बढेर २५ सय ८१ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय ५ कम्पनीका ९४ लाख ३४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम […]

कृत्रिम बौद्धिकता (एआई) को प्रयोगद्वारा जीवनको खोज, लागत ५.२ अर्ब डलर

काठमाडौं । नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्
BizKhabar Online » BizKhabar Online

कृत्रिम बौद्धिकता (एआई) को प्रयोगद्वारा जीवनको खोज, लागत ५.२ अर्ब डलर

काठमाडौं । नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प्रविधिको क्षेत्रमा माइलस्टोन बनेको छ । युरोपा क्लिपर जुपिटरको चन्द्रमा युरोपाको विस्तृत अध्ययन गर्न डिजाइन गरिएको पहिलो मिसन हो । वैज्ञानिक प्रमाणहरूका अनुसार अहिले पनि जीवनका लागि आवश्यक तत्वहरू युरोपामा हुन सक्छन् । यो अन्तरिक्ष […]

बार्षिक निर्यात ६० अर्ब रुपैयाँ पुर्याउने पाकिस्तानको लक्ष्य

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण य
BizKhabar Online » BizKhabar Online

बार्षिक निर्यात ६० अर्ब रुपैयाँ पुर्याउने पाकिस्तानको लक्ष्य

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४÷०२९ को शुभारम्भ गरेका छन् । योजनाको लक्ष्य ६ प्रतिशत कूल गार्हस्थ्य (जीडीपी) वृद्धि हासिल गर्ने तथा वार्षिक निर्यातलाई ६० अर्ब रुपैयाँमा पुर्याउने रहेको बताइएको छ । योजना सार्वजनिक गर्न गरिएको उद्घाटन समारोहलाई प्रधानमन्त्री सरिफले सम्बोधन गर्दै भने, ‘देशको आर्थिक चुनौतिलाई सम्बोधन […]

र्यापिड युनिक नेटवर्कको अनुमतिपत्र खारेज, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले र्यापिड युनिक नेटवर्क प्रालिको इन्टरनेट (इमेलसहित) सेवा
BizKhabar Online » BizKhabar Online

र्यापिड युनिक नेटवर्कको अनुमतिपत्र खारेज, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले र्यापिड युनिक नेटवर्क प्रालिको इन्टरनेट (इमेलसहित) सेवा प्रदान गर्ने अनुमति खारेज गरेको छ। प्राधिकरणले २०७५ सालमा प्रदान गरिएको उक्त अनुमति पत्र कम्पनीले आवश्यक नियमहरू पालना नगरेको भन्दै खारेज गरेको हो। प्राधिकरणले जारी गरेको सूचनाअनुसार, कम्पनीले तोकिएको समयभित्र अनुमति पत्रको नवीकरण नगरेको र अन्य कानूनी व्यवस्थाहरूको पालना नगरेकोले यो निर्णय गरिएको […]

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु भएको छ । जिजस क्राइस्टल
BizKhabar Online » BizKhabar Online

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । […]

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा पुस १८ गते सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजि
BizKhabar Online » BizKhabar Online

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा पुस १८ गते सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पुस १८ गते विहीबारदेखि ग्लोबल आईएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातै प्रदेशहरुमा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने […]

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो, तरकारी तथा फलफूल उत्पादनमा पनि बृद्धि

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान
BizKhabar Online » BizKhabar Online

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो, तरकारी तथा फलफूल उत्पादनमा पनि बृद्धि

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ । साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा बृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा […]

बढ्यो डिजेल–पेट्रोलको भाउ, मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार मध्यरातिदेखि लागु हुने
BizKhabar Online » BizKhabar Online

बढ्यो डिजेल–पेट्रोलको भाउ, मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब […]

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त ग
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सहकारी ठगी प्रकरण : आरोपितको बहस सकियो, थुनछेक बहस सुरु

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्
BizKhabar Online » BizKhabar Online

सहकारी ठगी प्रकरण : आरोपितको बहस सकियो, थुनछेक बहस सुरु

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला अदालतले जानकारी दिएको छ । मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको छ । पहिलो दिनको थुनछेक बहस सकिएको छ । आजको बहस […]

ज्योति विकास बैंक र दुषित थानी रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सम्झ
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंक र दुषित थानी रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सम्झौता भएको छ । ज्योति विकास बैंकका ग्राहकहरूलाई १५ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्नेगरी दुई निकायबीच सम्झौता भएको हो । उक्त सम्झौतापश्चात्, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना तथा पेय पदार्थ, देवराना वेल्नेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना जस्ता सुविधाहरूमा छुट […]

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार साढे ५ अर्ब नाघ्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुव
BizKhabar Online » BizKhabar Online

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार साढे ५ अर्ब नाघ्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३३.०८ अंकले घट्दै २५ सय ७६ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय ८ कम्पनीका १ करोड ३१ लाख ७४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम […]

नेपाललाई बाल विवाहमुक्त बनाउने संकल्पमा प्रधानमन्त्रीको हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाहमुक्त नेपाल राष्ट्रिय अभियान’ सफल
BizKhabar Online » BizKhabar Online

नेपाललाई बाल विवाहमुक्त बनाउने संकल्पमा प्रधानमन्त्रीको हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाहमुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा अभियानकर्मीहरुसँग आज (मंगलबार) भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुभकामना दिएका हुन् । बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी […]

ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै

काठमाडौं । सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार आतसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम
BizKhabar Online » BizKhabar Online

ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै

काठमाडौं । सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार आतसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम्पिक गौरव, डोनाल्ड ट्रम्पको नाटकीय पुनरागमन तथा मध्यपूर्व र युक्रेनमा उथलपुथल ल्याउने वर्षलाई बिदाइ गर्नेछन् । सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा दर्ता हुने लगभग निश्चित छ । जलवायु–प्रेरित विपत्तिहरूले युरोपको मैदानदेखि काठमाडौँ उपत्यकासम्म तहसनहस पारेको छ । मङ्गलबार […]

नेपाल टेलिकमबाट भारत कल गर्दा नयाँ शुल्क, अब प्रतिमिनेट ३ रुपैयाँ लाग्ने

काठमाडौं । नेपाल टेलिकमले सस्तो दरमा भारत कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरूमध्ये एक्स
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमबाट भारत कल गर्दा नयाँ शुल्क, अब प्रतिमिनेट ३ रुपैयाँ लाग्ने

काठमाडौं । नेपाल टेलिकमले सस्तो दरमा भारत कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरूमध्ये एक्सिस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी एक्सिस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट ३ रूपैयाँ ७६ पैसा […]

हालसम्म ५०३ परियोजनामा एडीबीको ८.२ अर्ब डलर सहयोग, समावेशी विकासका परियोजनामा जोड

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले २०२३ को अन्त्यसम्म नेपालका लागि ५ सय २ सार्वजनिक ऋण, अनुदा
BizKhabar Online » BizKhabar Online

हालसम्म ५०३ परियोजनामा एडीबीको ८.२ अर्ब डलर सहयोग, समावेशी विकासका परियोजनामा जोड

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले २०२३ को अन्त्यसम्म नेपालका लागि ५ सय २ सार्वजनिक ऋण, अनुदान, र प्राविधिक सहयोगमार्फत ८.२ अर्ब अमेरिकी डलरको प्रतिबद्धता जनाएको छ। एडीबीको यो लगानीले गरिबी न्यूनीकरण, लैङ्गिक र सामाजिक असमानता कम गर्ने, पूर्वाधार निर्माण गर्ने, कृषि रुपान्तरण गर्ने, र जलवायु परिवर्तनको असर कम गर्ने जस्ता क्षेत्रलाई प्राथमिकता दिएको […]

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर, बीमितले अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ। कम्पनीले आर्थिक
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर, बीमितले अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितहरुका लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले आव २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट पुस १२ गते स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले […]

गोर्खाज फाइनान्सको सीईओमा प्रकाशचन्द्र अधिकारी नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश चन्द्र अधिकारी नि
BizKhabar Online » BizKhabar Online

गोर्खाज फाइनान्सको सीईओमा प्रकाशचन्द्र अधिकारी नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारीलाई पुस १८ गतेदेखि लागू हुनेगरी ४ वर्षीय कार्यकालका लागि सईिओमा नियुक्त गरिएको हो ।

नेप्सेका सीईओ भन्छन्-ब्रोकर लिमिटमा अनावश्यक हल्ला फैलाईयो, घटाउने होइन बढाउने तयारी भैरहेको छ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादूर कार्कीले ब्रोकर
BizKhabar Online » BizKhabar Online

नेप्सेका सीईओ भन्छन्-ब्रोकर लिमिटमा अनावश्यक हल्ला फैलाईयो, घटाउने होइन बढाउने तयारी भैरहेको छ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादूर कार्कीले ब्रोकर लिमिट हटाउने सम्बन्धमा कुनै तयारी नभएको बताएका छन् । पछिल्लो समय नेप्सेले ब्रोकर लिमिट घटाउन लागेको भनी बजारमा अनावश्यक हल्ला आएको भन्दै अहिले नेप्सेले ब्रोकर लिमिट घटाउने विषयमा कुनै कार्य नगरेको स्पष्ट पारेका छन् । ‘अहिले बजारमा ब्रोकर लिमिट हटाउने भन्दै जुन हल्ला […]

कोरोनापछि अहिलेसम्मकै धेरै पर्यटकले गरे नेपाल भ्रमण, ११ लाख ४७ हजार पर्यटक भित्रिए

काठमाडौं । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्
BizKhabar Online » BizKhabar Online

कोरोनापछि अहिलेसम्मकै धेरै पर्यटकले गरे नेपाल भ्रमण, ११ लाख ४७ हजार पर्यटक भित्रिए

काठमाडौं । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको […]

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सो
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सोलको एक अदालतले योलविरुद्ध ३ डिसेम्बरमा मार्शल ल लागू गर्ने प्रयास गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । विद्रोह र देशद्रोहको आरोपमा धेरै अनुसन्धानको सामना गरिरहेका योलले विगत दुई हप्तामा सोधपुछका लागि तीनवटा समनलाई बेवास्ता गरेपछि यो वारेन्ट आएको […]

अमेरिकी वित्त मन्त्रालय चिनियाँ ह्याकरको निशानामा परेको अमेरिकी दाबी, चीनले भन्यो-‘निराधार आरोप’

काठमाडौँ । अमेरिकी अधिकारीहरूले चिनियाँ सरकार प्रायोजित ह्याकरहरूले अमेरिकी ट्रेजरी डिपार्टमे
BizKhabar Online » BizKhabar Online

अमेरिकी वित्त मन्त्रालय चिनियाँ ह्याकरको निशानामा परेको अमेरिकी दाबी, चीनले भन्यो-‘निराधार आरोप’

काठमाडौँ । अमेरिकी अधिकारीहरूले चिनियाँ सरकार प्रायोजित ह्याकरहरूले अमेरिकी ट्रेजरी डिपार्टमेन्टको प्रणाली ह्याक गरेको बताएका छन् । विभागले ह्याकरहरूले कर्मचारीहरूको कार्यस्थल र केही कागजातहरूमा पहुँच गरेको बताएको छ । चीनले ती आरोपहरूलाई अस्वीकार गर्दै ‘निराधार’ भएको बताएको छ । यो घटना डिसेम्बरको शुरुवाती दिनमा भएको बताएको छ । अर्थ विभागले सिनेटरहरुलाई पत्र लेखेर यसबारे जानकारी […]

फास्ट ट्रयाक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने, यस्तो छ नयाँ रुट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवा
BizKhabar Online » BizKhabar Online

फास्ट ट्रयाक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने, यस्तो छ नयाँ रुट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ । विद्युत् अभावमा फास्ट ट्रयाकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ । […]

कर्पोरेट सेक्टरमा ‘साइलेन्ट फायरिङ’ को दबदबा, कर्मचारीहरु आफैं जागिर छाड्दै

काठमाडौं । कर्पोरेट सेक्टरमा पछिल्लो समय ‘साइलेन्ट फायरिङ’ को दबदबा देखिएको छ । विव्वयापीरुपमै
BizKhabar Online » BizKhabar Online

कर्पोरेट सेक्टरमा ‘साइलेन्ट फायरिङ’ को दबदबा, कर्मचारीहरु आफैं जागिर छाड्दै

काठमाडौं । कर्पोरेट सेक्टरमा पछिल्लो समय ‘साइलेन्ट फायरिङ’ को दबदबा देखिएको छ । विव्वयापीरुपमै देखिएको यस्तो प्रवृत्तिका कारण कर्मचारीहरु धमाधम आफैं जागिर छाड्न बाध्य भइरहेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । यस सम्बन्धमा सार्वजनिक नयाँ रिपोर्टमा अनुसार प्रविधिको द्रुत प्रयोगसँगै साइलेन्ट फायरिङ बढेको दाबी गरिएको छ । यो रिटेन्चमेन्टको रणनीति हो । यसमा कम्पनीहरूले […]

बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’

काठमाडौं । वीरगञ्ज महानगरले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्
BizKhabar Online » BizKhabar Online

बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’

काठमाडौं । वीरगञ्ज महानगरले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्यापार गर्दै आएका व्यापारीलाई सात दिनभित्र खाली गर्न दोस्रोपटक ‘अल्टिमेटम’ दिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गत शुक्रबार दोस्रो पटक सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र घण्टाघरस्थित बिपी उद्यान हाताभित्र सञ्चालनमा रहेका तरकारी तथा फलफूल बजार खाली […]

नेपाल आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था

काठमाडौं । नेपालमा आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादनमा उल्लेख्य रुपमा गिरावट आएपछि किसान र
BizKhabar Online » BizKhabar Online

नेपाल आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था

काठमाडौं । नेपालमा आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादनमा उल्लेख्य रुपमा गिरावट आएपछि किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था आएको सरोकारवालाले दाबी गरेका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले व्यवसाय निकै सङ्कटको अवस्थामा पुगेको गुनासो गरे । मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरोना महामारी अघिसम्म हरेक साता ५० लाख ब्रोइलर चल्ला […]

किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी

काठमाडौं । दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन
BizKhabar Online » BizKhabar Online

किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी

काठमाडौं । दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ । गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभइ जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ । दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरी गाउँमै जाम बनाउन सुरु गरेको गाउँपालिका अध्यक्ष […]

बन्दीपुर भ्रमण वर्षको तयारी, आठ लाख पर्यटक भित्र्याइने

काठमाडौं । बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । सोमबार काठमाडौं
BizKhabar Online » BizKhabar Online

बन्दीपुर भ्रमण वर्षको तयारी, आठ लाख पर्यटक भित्र्याइने

काठमाडौं । बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको निर्णय गरेको जानकारी दिएको हो । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना गर्न लागिएको हो […]

नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती

काठमाडौं । ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्न
BizKhabar Online » BizKhabar Online

नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती

काठमाडौं । ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ । बाढीका कारण नख्खु खोला किनारामा थुप्रिएको धुलो […]

सार्वजनिक यातायात सुधारको योजना तयार, मुख्य सहरहरूमा सार्वजनिक यातायातको रि-रूटिङ सम्भव होला ?

काठमाडौं । नेपाल सरकार मातहतको यातायात व्यवस्था विभागले राजधानी काठमाडौंसहित देशका प्रमुख सहरह
BizKhabar Online » BizKhabar Online

सार्वजनिक यातायात सुधारको योजना तयार, मुख्य सहरहरूमा सार्वजनिक यातायातको रि-रूटिङ सम्भव होला ?

काठमाडौं । नेपाल सरकार मातहतको यातायात व्यवस्था विभागले राजधानी काठमाडौंसहित देशका प्रमुख सहरहरूमा सार्वजनिक यातायात प्रणालीलाई सुधार गर्न विशेष योजना अघि सारेको छ । विभागले चालु आर्थिक वर्षभित्रै सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन रि–रुटिङको नीति लागू गर्ने बताएको छ । यस योजनाको मुख्य उद्देश्य सडकको अवस्था, यातायातको माग, र आपूर्तिका आधारमा यातायात सञ्चालनलाई वैज्ञानिक र व्यवस्थित […]

मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा, शाखा विस्तार रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले मितेरी डेभलपमेन्ट बैंकलाई चालु आर्थिक
BizKhabar Online » BizKhabar Online

मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा, शाखा विस्तार रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले मितेरी डेभलपमेन्ट बैंकलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा कारबाही गरेको छ। मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगरेको भन्दै बैंकलाई कारबाही गरिएको हो। राष्ट्र बैंकले मितेरीलाई यस्तो कार्य पुनः नगर्न सचेत गराएको छ। बैंकले २०८१ असार महिनामा राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८० को इजाजत […]

पेट्रोलियम पाइपलाइनको असर : बरौनी–अमलेखगञ्ज चल्ने १०४ ट्याङ्कर विस्थापित हुने

काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमल
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पाइपलाइनको असर : बरौनी–अमलेखगञ्ज चल्ने १०४ ट्याङ्कर विस्थापित हुने

काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्ज रुटमा पेट्रोल र मट्टितेल ढुवानी गर्दै आएका एक सय चारवटा ट्र्याङ्कर विस्थापित हुने भएका छन्। आयल निगमले अब पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने भएपछि यी ट्र्याङ्करको व्यवस्थापन पेचिलो बन्दै गएको छ। पाइपलाइनमार्फत पेट्रोल र मट्टितेलको नियमित आपूर्ति यही पुस महिनाभित्रै सुरु हुने जनाइएको […]

सीडीएससीको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त, सीइओको पनि भूमिका

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भए
BizKhabar Online » BizKhabar Online

सीडीएससीको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त, सीइओको पनि भूमिका

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भएकी छन्। पुस १४ गते बसेको सीडीएससीको सञ्चालक समिति बैठकले पन्दाकलाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको जानकारी सूचना अधिकारी सुरेश न्यौपानेले दिएका छन्। पन्दाक कम्पनीकी सञ्चालकसमेत रहेकी छन्। उनलाई प्रबन्ध सञ्चालकको जिम्मेवारीसहित प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मा पनि दिइएको छ। धितोपत्र कारोबारको […]

Get more results via ClueGoal