Nepal



नेपाल-भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी काठमाडौंमा सकिएक

सरकारले ल्याएका तीन अध्यादेश : एनआरएनए, आइटी उद्योगलाई विशेष सुविधा, कम्पनी दर्ता र बन्दमा सहजीकरण

काठमाडौँ । सरकारले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रवार राति बसेको मन्त्रिपरिषद् ब
BizKhabar Online » BizKhabar Online

सरकारले ल्याएका तीन अध्यादेश : एनआरएनए, आइटी उद्योगलाई विशेष सुविधा, कम्पनी दर्ता र बन्दमा सहजीकरण

काठमाडौँ । सरकारले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रवार राति बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ती अध्यादेशमा गैर आवासीय नेपालीलाई निःशुल्क भिसा दिनेदेखि कम्पनी खोल्न पाउने लगायत प्रावधान समावेश छन् । […]

अब नेपाली आइटी कम्पनीले विदेशमा कमाएर पैसा ल्याउन सक्छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी) लाई विदेशी मुद्रा आर्जन गर्ने उद्य
BizKhabar Online » BizKhabar Online

अब नेपाली आइटी कम्पनीले विदेशमा कमाएर पैसा ल्याउन सक्छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी) लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा विश्वास व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्यारा रहेको उल्लेख गर्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत सम्बोधन गरेको बताएका छन् । ‘हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ […]

खोलानालामा आवश्यक वातावरणीय बहाव कम, जलस्रोतविद्हरुको चिन्ता

काठमाडौं । जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्य
BizKhabar Online » BizKhabar Online

खोलानालामा आवश्यक वातावरणीय बहाव कम, जलस्रोतविद्हरुको चिन्ता

काठमाडौं । जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई–फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन्। वातावरणीय बहाव भन्नाले नदी वा खोलाको पारिस्थितिकीय प्रणाली र यस प्रणालीमा निर्भर मानव जीविकोपार्जन कायम राख्न आवश्यक पानीको बहावको मात्रा, समय र गुणस्तरलाई बुझाउँछ । दक्षिण एसियाका सन्दर्भमा […]

कोलम्बियाको ग्रामीण क्षेत्रमा विमान दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएक
BizKhabar Online » BizKhabar Online

कोलम्बियाको ग्रामीण क्षेत्रमा विमान दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् । प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार […]

नागपोखरीमा डोङफेङ नामीको नयाँ अत्याधुनिक शोरुम अनावरण, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रा.लि. द्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुन
BizKhabar Online » BizKhabar Online

नागपोखरीमा डोङफेङ नामीको नयाँ अत्याधुनिक शोरुम अनावरण, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रा.लि. द्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको भव्य उद्घाटन गरेको छ। यो कोशेढुंगाले असाधारण सेवा र व्यापक ग्राहक अनुभवप्रति नामीको प्रतिवद्धतालाई जोड दिन्छ। यसै अवसरमा नामीले सीमित समयका अफरहरू सहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि सुरु गर्दैछ। उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका […]

आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन प्रस्ताब

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि सेक
BizKhabar Online » BizKhabar Online

आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन प्रस्ताब

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडकोे दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको हो । साधारण सभाले आ.व. २०८०/८१ को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्ताब पारित गरेको […]

कुमारी बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, अलिपेमार्फत नेपाल पे क्यूआरको अन्तरदेशीय भुक्तानी हुने

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउ
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, अलिपेमार्फत नेपाल पे क्यूआरको अन्तरदेशीय भुक्तानी हुने

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड सँगको साझेदारीमा अलिपे नेटवर्कमा आवद्ध प्रयोगकर्ताहरुका लागि नेपाल पे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । यो सेवा मार्फत अलिपे प्रयोगकर्ताले कुमारी बैंकको नेपाल पे क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन् […]

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौं । आज पृथ्वी जयन्ती तथा ३०३ औं राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण
BizKhabar Online » BizKhabar Online

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौं । आज पृथ्वी जयन्ती तथा ३०३ औं राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीहरूले आज गच्छेअनुसारका विविध स्वरूप र शैलीमा स्मरण गरिरहेका छन् । कसरी सम्झने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई ? आजका दिन सांस्कृतिक लगायतका विविध कार्यक्रमको आयोजना गर्नुका साथै उनको शालिकमा पुष्पगुच्छा अर्पण एवं स्मृति दिवसका कार्यक्रमहरूको आयोजना गरी श्रद्धाञ्जली […]

व्यावसायिक घरबास सेवाको तयारीमा मगर जातिको एकल बसोबास भएको धनकुटाको लाफा गाउँ

काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवास स्थित मगर जातिको एकल बसोबास भएको लाफा गाउँमा घर
BizKhabar Online » BizKhabar Online

व्यावसायिक घरबास सेवाको तयारीमा मगर जातिको एकल बसोबास भएको धनकुटाको लाफा गाउँ

काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवास स्थित मगर जातिको एकल बसोबास भएको लाफा गाउँमा घरबास सेवा (होमस्टे) सञ्चालनमा ल्याउने कुरा चलेको धेरै बर्ष भयो । मगर जातिको बाहुल्य भएको तत्कालीन मुढेवास गाविसअन्तर्गत पर्ने यस लाफा गाउँमा अहिले एकल मगर जातिको मात्र ९५ घरधुरी रहेको छ । स्थानीय तहको पहिलो चुनाव पछि यस स्थान लक्षित गरेर […]

ट्रम्पले खरिद गर्न चाहेको विश्वको सबैभन्दा ठूलो टापु ‘ग्रीनल्याण्ड’, १० बुदाँमा बुझ्नुहोस

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक डेनमार्कको स्वशासित क
BizKhabar Online » BizKhabar Online

ट्रम्पले खरिद गर्न चाहेको विश्वको सबैभन्दा ठूलो टापु ‘ग्रीनल्याण्ड’, १० बुदाँमा बुझ्नुहोस

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक डेनमार्कको स्वशासित क्षेत्र र विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड किन्न इच्छा व्यक्त गरेका छन् । उनले सन् २०१९ मा आफ्नो पहिलो कार्यकालमा पनि यस मुद्दालाई सम्बोधन गरेका थिए र तर कुनै प्रकिया अगाडी बढाइएको भने थिएन । ग्रीनल्याण्डको साँच्चै मालिक को हो ? र ट्रम्प किन […]

राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरु, आयोजनाको भौतिक प्रगति ७७ दशमलव १६ प्रतिशत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्
BizKhabar Online » BizKhabar Online

राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरु, आयोजनाको भौतिक प्रगति ७७ दशमलव १६ प्रतिशत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरु भएको छ । रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माणका लागि फाउण्डेशन तयार पार्न थालिएको हो । स्विचयार्डका उपकरणले विद्युत्गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ । राहुघाट जलविद्युत् आयोजनाको […]

दुम्किबासमा पुल भाँचिएर रोकिएका गाडी वैकल्पिक मार्गबाट सञ्चालन

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकि
BizKhabar Online » BizKhabar Online

दुम्किबासमा पुल भाँचिएर रोकिएका गाडी वैकल्पिक मार्गबाट सञ्चालन

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो । पुल पूर्णरूपमा भाँचिएर क्षति पुगेपछि यातायात अवरूद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी […]

क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड पूर्णरुपमा जलेर ध्वस्त

क्यालिफोर्निया । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको म
BizKhabar Online » BizKhabar Online

क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड पूर्णरुपमा जलेर ध्वस्त

क्यालिफोर्निया । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको मृत्यु भएको छ । यो क्यालिफोर्नियामा लागिरहेको अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी मानिएको छ । विगत ४ दिनदेखि लागेको आगो करिब ४० हजार एकड क्षेत्रफलमा फैलिएको छ, जसमध्ये २९ हजार एकड क्षेत्रफल पूर्णरुपमा जलेर ध्वस्त भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीबाट करिब १० […]

महाकुम्भमा अडानी समुह : दैनिक १ लाखलाइ भोजन र १ करोड आरती संग्रह निःशुल्क बितरण गर्ने

काठमाडौँ । भारतका दोस्रो धनी व्यक्ति तथा अर्बपति उद्योगपति गौतम अडानी यसपटकको महाकुम्भ २०२५ मा उ
BizKhabar Online » BizKhabar Online

महाकुम्भमा अडानी समुह : दैनिक १ लाखलाइ भोजन र १ करोड आरती संग्रह निःशुल्क बितरण गर्ने

काठमाडौँ । भारतका दोस्रो धनी व्यक्ति तथा अर्बपति उद्योगपति गौतम अडानी यसपटकको महाकुम्भ २०२५ मा उत्साहका साथ सहभागी हुँदैछन् । यो पटकको महाकुम्भमा उनले यहाँ दैनिक १ लाख भक्तजनलाई निःशुल्क खाना उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन । यसैबिच, अब उनले महाकुम्भमा गीता प्रेस गोरखपुरको निः शुल्क पुस्तक पनि वितरण गर्ने भएका छन । […]

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊ
BizKhabar Online » BizKhabar Online

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन […]

आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा
BizKhabar Online » BizKhabar Online

आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा […]

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रम आय
BizKhabar Online » BizKhabar Online

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वर्ष पृथ्वीनारायणको ३०३ औं जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल […]

काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने, यस्तो छ कारण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्
BizKhabar Online » BizKhabar Online

काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने, यस्तो छ कारण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो । प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइनमार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन […]

उकालो लाग्यो महंगी, तरकारीको मूल्य अचाक्ली वृद्धि

काठमाडौं । चालु आर्थिक बर्षको मंसिर महिनामा नेपालको महंगी उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले आ
BizKhabar Online » BizKhabar Online

उकालो लाग्यो महंगी, तरकारीको मूल्य अचाक्ली वृद्धि

काठमाडौं । चालु आर्थिक बर्षको मंसिर महिनामा नेपालको महंगी उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले आफ्नो मासिक प्रतिवेदन सार्वजनिक गर्दैं अघिल्ला महिना र गत आवको यहि अवधिको तुलनामा पनि चालु आवको मंसिरमा मूल्यवृद्धि उकालो लागेको बताएको हो । चालु आवको मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही […]

रेमिट्यान्स आप्रवाहमा ४.४ प्रतिशतको वृद्धि, ५ महिनामै भित्रियो ६ खर्ब ४० अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा नेपालमा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रि
BizKhabar Online » BizKhabar Online

रेमिट्यान्स आप्रवाहमा ४.४ प्रतिशतको वृद्धि, ५ महिनामै भित्रियो ६ खर्ब ४० अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा नेपालमा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको मंसिरसम्ममा गत आवको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले रेमिट्यान्स बढेर उक्त परिणाममा भित्रिएको हो । गत आर्थिक बर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । […]

चालु खाता १ खर्ब ४० अर्बले बचतमा, शोधनान्तर स्थिती सुधारियो

काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको तथ्यांकअनुसार चालु खाता १ खर्ब ४० अर्ब ७१ करोड
BizKhabar Online » BizKhabar Online

चालु खाता १ खर्ब ४० अर्बले बचतमा, शोधनान्तर स्थिती सुधारियो

काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको तथ्यांकअनुसार चालु खाता १ खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो बचत १ खर्ब ४१ अर्ब ३ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ६ करोड बचत रहेको चालु खाता यसपटक १ अर्ब ४ करोडले बचतमा रहेको छ। […]

पाँच महिनामै ११.४ प्रतिशतले बढ्यो विदेशी मुद्रा संचिति, साढे १७ महिनाको आयात धान्ने

काठमाडौं । गत आर्थिक बर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ
BizKhabar Online » BizKhabar Online

पाँच महिनामै ११.४ प्रतिशतले बढ्यो विदेशी मुद्रा संचिति, साढे १७ महिनाको आयात धान्ने

काठमाडौं । गत आर्थिक बर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले वृद्धि भएको छ । चालु आवको मंसिरसम्म अर्थात पछिल्लो ५ महिनामा मात्रै मुद्रा संचिति बढेर २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल […]

तिब्बतका भूकम्प पीडितलाई नेपाली समुहद्वारा ३७ लाख सहयोग

काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हा
BizKhabar Online » BizKhabar Online

तिब्बतका भूकम्प पीडितलाई नेपाली समुहद्वारा ३७ लाख सहयोग

काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ । ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो […]

कुलमान घिसिङद्वारा विद्युत प्राधिकरणको कार्यसम्पादन ९८.९९ प्रतिशत रहेको दाबी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ म
BizKhabar Online » BizKhabar Online

कुलमान घिसिङद्वारा विद्युत प्राधिकरणको कार्यसम्पादन ९८.९९ प्रतिशत रहेको दाबी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा आफ्नो कार्यसम्पादन ९८.९९ प्रतिशत रहेको दाबी गरेका छन्। बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मुख्य कार्यसम्पादन सूचकाङ्कसहितको मूल्याङ्कन विवरण पेश गर्दै उनले यो दाबी गरेका हुन्। मन्त्रिपरिषद्ले २०७८ साउन २५ मा दोस्रो कार्यकालका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। […]

नेशनल लाइफका ४०० बढी अभिकर्तालाई भारतमा प्रशिक्षण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ४०० भन्दा बढी अभिकर्ता र मार्केटिङ कर्मचारीला
BizKhabar Online » BizKhabar Online

नेशनल लाइफका ४०० बढी अभिकर्तालाई भारतमा प्रशिक्षण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ४०० भन्दा बढी अभिकर्ता र मार्केटिङ कर्मचारीलाई कोलकात्तास्थित इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सबाट प्राविधिक प्रशिक्षण प्रदान गरेको छ। नेपालभरका विभिन्न स्थानबाट तोकिएको लक्ष्य पूरा गरेका अभिकर्ता र कर्मचारीलाई सहभागी गराइएको यो कार्यक्रम कलेजका प्रिन्सिपल विके नायकको सभापतित्वमा सम्पन्न भयो। प्रशिक्षणमा भिजिटिङ फ्याकल्टी मेमबरहरु जस्तै जे सेन, […]

व्यवसाय विविधीकरण नगरे निगमको अस्तित्व सङ्कटमा पर्नसक्छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको व्यवसायमा विविध
BizKhabar Online » BizKhabar Online

व्यवसाय विविधीकरण नगरे निगमको अस्तित्व सङ्कटमा पर्नसक्छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको व्यवसायमा विविधीकरण हुन नसके संस्थाको अस्तित्व नै सङ्कटमा पर्नसक्ने बताएका छन् ।निगमको ५५ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खलामा निगमले महत्वपूर्ण भूमिका खेलिरहेको भए पनि यसैमा मात्र सीमित रहन नहुने बताए । मन्त्री भण्डारीले ऊर्जा क्षेत्रमा नयाँ नयाँ विकल्पहरू […]

अरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने, आयोजनाद्वारा ५३ करोड जम्मा

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलवि
BizKhabar Online » BizKhabar Online

अरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने, आयोजनाद्वारा ५३ करोड जम्मा

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ […]

सुबिसुले प्राधिकरणलाई बुझायो ३१ करोड बक्यौता, ५ बर्षका लागि अनुमतिपत्र नविकरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले नेपाल दूरसञ्चार प्राधिकरणसँग आफ्नो बक
BizKhabar Online » BizKhabar Online

सुबिसुले प्राधिकरणलाई बुझायो ३१ करोड बक्यौता, ५ बर्षका लागि अनुमतिपत्र नविकरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले नेपाल दूरसञ्चार प्राधिकरणसँग आफ्नो बक्यौता रकम चुक्ता गरेको छ। कम्पनीले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको ३१ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेपछि आगामी ५ बर्षका लागि इमेलसहितको इन्टरनेट सेवाको लाइसेन्स पनि नविकरण भएको हो । प्राधिकरणका अनुसार, कम्पनीले रोयल्टी अन्तर्गत १७ करोड ४८ लाख […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सेयरधनीको हातखाली

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभां
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सेयरधनीको हातखाली

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद तथा बोनस सेयर वितरण सम्बन्धमा कुनै प्रस्ताव पेस नगर्ने निर्णय गरेको हो। बैठकले २०८१ असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग […]

पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई
BizKhabar Online » BizKhabar Online

पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन […]

नेपाल बीमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन खुला, योग्यता पुगेका उम्मेदवारलाई १५ दिनको समय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ। नियुक्तिका लागि गठित सि
BizKhabar Online » BizKhabar Online

नेपाल बीमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन खुला, योग्यता पुगेका उम्मेदवारलाई १५ दिनको समय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ। नियुक्तिका लागि गठित सिफारिस समितिले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। अध्यक्ष पदका आकांक्षीले बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल […]

शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ सरकारको पूर्व तयारी ?

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि ह
BizKhabar Online » BizKhabar Online

शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ सरकारको पूर्व तयारी ?

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन। शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि […]

सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुली प्रभावित

काठमाडौं । सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको
BizKhabar Online » BizKhabar Online

सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुली प्रभावित

काठमाडौं । सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुली प्रभावित भएको छ । नेपाल-भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयात निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताए । ‘यहाँ मासिक एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन हुँदै आएको छ, तर प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा भारतमा […]

लस एन्जलसको आगो अझै नियन्त्रण बाहिर, अहिलेसम्म सात जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ । जसका कारण अहिलेसम्म सा
BizKhabar Online » BizKhabar Online

लस एन्जलसको आगो अझै नियन्त्रण बाहिर, अहिलेसम्म सात जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ । जसका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडहरूमा नयाँ आगो सुरु भएको र तीव्र हावाका कारण आगो छिटो फैलिन सक्ने बताएकी छिन् । उनले मानिसहरूलाई प्रशासनको आदेश पालना गरेर ठाउँ खाली गर्न अपील गरेकी […]

लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट
BizKhabar Online » BizKhabar Online

लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बिहीबार एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ […]

Get more results via ClueGoal