Nepal



दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृहमन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्र

मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू, बोलपत्र पेस गर्न आग्रह

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित सङ्घीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलग
BizKhabar Online » BizKhabar Online

मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू, बोलपत्र पेस गर्न आग्रह

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित सङ्घीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू भएको छ । सङ्घीय सरकार खानेपानी मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि बोलपत्रसहितको प्रक्रिया सुरू गरेको हो । यसअघि मन्त्री निवास भैँसेपाटीलगायत ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा […]

प्रविधिको संसारमा नयाँ बहस : केही समयमा स्मार्टफोन युगको अन्त्य होला ?

काठमाडौं । लामो समयदेखि स्मार्ट ग्लास प्रविधि बजारमा उपलब्ध भएपनि हालै मेटाका सीईओ मार्क जुकरबर
BizKhabar Online » BizKhabar Online

प्रविधिको संसारमा नयाँ बहस : केही समयमा स्मार्टफोन युगको अन्त्य होला ?

काठमाडौं । लामो समयदेखि स्मार्ट ग्लास प्रविधि बजारमा उपलब्ध भएपनि हालै मेटाका सीईओ मार्क जुकरबर्गले अब स्मार्टफोनको अन्त्य हुने समय आएको बताएका छन् । यो भविष्यवाणीले प्रविधिको संसारमा नयाँ बहस सुरु गरेको छ । मेटा र एप्पल जस्ता ठूला कम्पनीहरूले एआर (अगमेन्टेड रियालिटी) पहिरनयोग्य वस्तुहरूमा ठूलो लगानी गरिरहेका छन् । यदि यो परिवर्तन भयो भने, […]

भ्याट र आय कर नबुझाएका करदातामाथि कडाई, बक्यौता उठाउन घरघरमा पत्र

काठमाडौं । आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो
BizKhabar Online » BizKhabar Online

भ्याट र आय कर नबुझाएका करदातामाथि कडाई, बक्यौता उठाउन घरघरमा पत्र

काठमाडौं । आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो । कार्यालयमा ७० हजार करदाता छन् । तीमध्ये १० हजार भ्याटका हुन् । कूल करदातामध्ये ४० प्रतिशतले आय विवरण बुझाएका छैनन् । कार्यालयका […]

कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्कीसँगको अन्तर्वार्ता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्कीसँगको अन्तर्वार्ता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि उनी २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुई पटक मुख्यमन्त्री बनेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समेत रहेका उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गरेका छन् । विद्यार्थी राजनीतिबाट […]

दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव

काठमाडौं । काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल दोलालघाट क्षेत्रलाई दुई नदीबाट सुरक्षित राख्न तटबन्
BizKhabar Online » BizKhabar Online

दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव

काठमाडौं । काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल दोलालघाट क्षेत्रलाई दुई नदीबाट सुरक्षित राख्न तटबन्ध निर्माणको प्रस्ताव गरिएको छ । यसका लागि जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमै निर्माणार्थ प्रक्रिया अघि बढाएको जनाएको छ । कार्यालयलाई गत वर्षमै बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत दुई नदी सुनकोशी र इन्द्रावतीको सङ्गलस्थल दोलालघाट क्षेत्रमा तटबन्ध निर्माणका […]

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा दुई थ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा दुई थोपा हाँसो कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोबास गरेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन, वित्तीय सचेतना अभिवृद्धि एवम् जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम गरिएको हो । नेपाली राजदूतावास अबुधाबीको संयोजनमा गैर […]

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सहयोग, नोक्स प्रविधिमा आधारित २० थान मोबाइल प्रदान

काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० था
BizKhabar Online » BizKhabar Online

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सहयोग, नोक्स प्रविधिमा आधारित २० थान मोबाइल प्रदान

काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित कार्यालयमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेलाई मोबाइल हस्तान्तरण गरेका थिए । उपत्यका […]

माछापुच्छ्रे क्यापिटलको पाँचौं वार्षिकोत्सव : द्योमाँ जगत वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु वितरण

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धवृद्धाहरुको स
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे क्यापिटलको पाँचौं वार्षिकोत्सव : द्योमाँ जगत वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु वितरण

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै सहयोग स्वरुप ६ थान हिटर, तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना अनुरुप, माघ ०४ गतेका दिन चण्डेश्वरी मार्ग, बोडे, भक्तपुर स्थित ‘श्री द्योमाँ जगत वृद्धाश्रम’ मा आश्रित वृद्धवृद्धाहरुलाई […]

माघ २४ गतेदेखि सुरु हुने क्यान इन्फोटेकका लागि स्टल बुकिङ खुला, प्रायोजकका लागि प्रस्ताव आह्वान

काठमाडौं । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘
BizKhabar Online » BizKhabar Online

माघ २४ गतेदेखि सुरु हुने क्यान इन्फोटेकका लागि स्टल बुकिङ खुला, प्रायोजकका लागि प्रस्ताव आह्वान

काठमाडौं । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने क्यान इन्फोटेकमा यस पटक सूचना प्रविधिका नयाँ–नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिनेछ । क्यान […]

रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी गरिएको छ। चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रवि लामिछानेसहित ३१ व्यक्ति र ७ कम्पनीविरुद्ध पूरक प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा यसअघि पनि अनुसन्धान प्रतिवेदन बुझाइएको थियो।अनुसन्धान प्रतिवेदन अनुसार […]

छ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज, तेस्रो मुलुकबाट ४६ हजार बढी पुगे

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ जना पर्
BizKhabar Online » BizKhabar Online

छ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज, तेस्रो मुलुकबाट ४६ हजार बढी पुगे

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ जना पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउन यता निकुञ्जमा ५३ हजार एक सय तीन जना नेपालीले भ्रमण गरेका छन् । सार्क मुलुकका १० […]

प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले आज शिष्ट
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु  सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ । भेटका […]

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग अनिबार्य बनाइँदै, निर्देशिका जारी हुँदै

काठमाडौं । सरकारको महत्त्वाकाङ्क्षी कार्यक्रमका रूपमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुक
BizKhabar Online » BizKhabar Online

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग अनिबार्य बनाइँदै, निर्देशिका जारी हुँदै

काठमाडौं । सरकारको महत्त्वाकाङ्क्षी कार्यक्रमका रूपमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयन सम्बन्धी सबै मन्त्रालय, विभाग र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिएको छ ।  उद्योग मन्त्रालयमा भएको छलफलमा मन्त्री दामोदर भण्डारीले स्वदेशमै उत्पादित कच्चा पदार्थबाट निर्मित वस्तुहरूको उच्चतम प्रयोग गर्नुपर्ने विषयमा जोड दिए । निर्देशिकालाई सबै सार्वजनिक निकायले पूर्ण रूपले […]

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको सकारात्मक सन्देश : स्याम्पल टेष्ट गर्न चिनियाँ टोली चीन प्रस्थान

काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्
BizKhabar Online » BizKhabar Online

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको सकारात्मक सन्देश : स्याम्पल टेष्ट गर्न चिनियाँ टोली चीन प्रस्थान

काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएसँगै निस्किएको नमूना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ । गत वैशाख २३ गतेदेखि सुरु गरिएको ड्रिलिङ कार्यबाट भेटिएको नमूना लिएर विज्ञ टोली चीन गएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै […]

फलामखानी र मल कारखाना खोल्दैछौँ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग स्थाप
BizKhabar Online » BizKhabar Online

फलामखानी र मल कारखाना खोल्दैछौँ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान) को रजतजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादकले उत्पादित ऊर्जा खपतका ठाउँ आफैँ […]

आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने गर्ने भएको छ
BizKhabar Online » BizKhabar Online

आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने गर्ने भएको छ । सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तराष्ट्रिय बजारमा सहजीकरण गर्नेगरी रणनीतिक लक्ष्य तय गरेको हो । आईटी, सफट्वेर एण्ड टेक्नोलोजी समिति मार्फत चेम्बरले आईटी उद्योगमा लगानीको खोजी एवं उद्यमशिलता विकासका लागि पहल गर्नेछ […]

डीडीसीले महानगरलाई तिर्याे १ करोड २ लाख सम्पत्ति कर, ३१ बर्षको कर एकैपटक चुक्ता

काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकै पटक तिरेको
BizKhabar Online » BizKhabar Online

डीडीसीले महानगरलाई तिर्याे १ करोड २ लाख सम्पत्ति कर, ३१ बर्षको कर एकैपटक चुक्ता

काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकै पटक तिरेको छ। गत पुस २८ गतेको मूल्यांकनअनुसार संस्थानले एक करोड दुई लाख ८७ हजार नौ सय २६ रूपैयाँ सम्पत्ति कर महानगरलाई बुझाएको हो। संस्थानले आर्थिक वर्ष २०४९/५० देखि २०८१/८२ सम्मको घरजग्गा र सम्पत्ति कर दाखिला गरेको काठमाडौँ महानगरपालिका वडा २६ का सचिव […]

बीमाशुल्कमै चलखेल गरेपछि जनरल मोटर्सलाई अमेरिकामा पाँच वर्षको लागि डेटा साझा गर्न प्रतिबन्ध

काठमाडौं । फेडेरल ट्रेड कमिसन (एफटीसी) ले जनरल मोटर्स (जीएम) सँग चालकको गतिविधि र स्थानसम्बन्धी डेट
BizKhabar Online » BizKhabar Online

बीमाशुल्कमै चलखेल गरेपछि जनरल मोटर्सलाई अमेरिकामा पाँच वर्षको लागि डेटा साझा गर्न प्रतिबन्ध

काठमाडौं । फेडेरल ट्रेड कमिसन (एफटीसी) ले जनरल मोटर्स (जीएम) सँग चालकको गतिविधि र स्थानसम्बन्धी डेटा उपभोक्ता रिपोर्टिङ एजेन्सीहरूसँग साझा गर्न प्रतिबन्ध लगाउने सम्झौतामा पुगेको जनाएको छ। पछिल्लो वर्ष, द न्यूयोर्क टाइम्सले जनरल मोटर्सले मानिसहरूको ड्राइभिङ गतिविधि, जस्तै गति बढाउने वा रातको समयमा सवारी गर्ने आदिको डेटा संकलन गरी डेटा ब्रोकरहरूलाई बेचेको रिपोर्ट गरेको थियो। […]

सवारी साधनको प्रदुषण मापनमा कडा निगरानी, महानगरले बनायो मापदण्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरणीय सुधारका लागि सवारी साधनको प्रदुषण मापनमा कडा निगर
BizKhabar Online » BizKhabar Online

सवारी साधनको प्रदुषण मापनमा कडा निगरानी, महानगरले बनायो मापदण्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरणीय सुधारका लागि सवारी साधनको प्रदुषण मापनमा कडा निगरानी सुरु गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो फेसबुक स्ट्याटस मार्फत सवारी साधनको प्रदुषण नियन्त्रण र सरसफाइलाई प्राथमिकतामा राखिएको जानकारी गराएका छन्। मेयर शाहका अनुसार महानगरले वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, र फोहरमैल संकलन तथा ढुवानी […]

निगमले दुई सरकारी निकायलाई तिर्याे ३५ करोड किस्ता र ब्याज

काठमाडौं । लामो समयदेखि कर्जाको भारमा रहेको नेपाल वायू सेवा निगमले सरकारी स्वामित्वको ऋण दाता ना
BizKhabar Online » BizKhabar Online

निगमले दुई सरकारी निकायलाई तिर्याे ३५ करोड किस्ता र ब्याज

काठमाडौं । लामो समयदेखि कर्जाको भारमा रहेको नेपाल वायू सेवा निगमले सरकारी स्वामित्वको ऋण दाता नागरिक लगानी कोष र सञ्चय कोषलाई ५३ करोड ९ लाख रूपैयाँ कर्जा किस्ता र ब्याज भुक्तानी गरेको छ। निगमले दुई थान न्यारो बडी जहाजको पौष महिनाको किस्तावापतको पुरा रकम र वाइड बडी जहाजको किस्तावापतको आंशिक रकम समेत गरी कुल ५३ […]

ललितपुरमा यी स्थानमा दिनभर बिजुली नआउने, यस्तो छ कारण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज (शुक्रबार) बिजुली कटौती गर्न
BizKhabar Online » BizKhabar Online

ललितपुरमा यी स्थानमा दिनभर बिजुली नआउने, यस्तो छ कारण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज (शुक्रबार) बिजुली कटौती गर्ने भएको छ ।प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, म¬ङ्गलबजार, छवाल […]

नेपाली विद्यार्थीको बढ्दो विदेशिने चाहना, वैदेशिक अध्ययनमा मात्रै पाँच महिनामा ४७ अर्ब ३४ करोड खर्च

काठमाडौं । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि व
BizKhabar Online » BizKhabar Online

नेपाली विद्यार्थीको बढ्दो विदेशिने चाहना, वैदेशिक अध्ययनमा मात्रै पाँच महिनामा ४७ अर्ब ३४ करोड खर्च

काठमाडौं । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक […]

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको
BizKhabar Online » BizKhabar Online

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए । चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट […]

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास अपरीहार्य : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्
BizKhabar Online » BizKhabar Online

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास अपरीहार्य : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् । ‘ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव’को नारा सहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण […]

दुई कम्पनीले आइपीओ जारी गर्दै, सेबोनले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति द
BizKhabar Online » BizKhabar Online

दुई कम्पनीले आइपीओ जारी गर्दै, सेबोनले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। सेबोनले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्स कम्पनीलाई सेयर निष्कासनको स्वीकृति प्रदान गरेको हो। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ। यस […]

चीनमा खस्कियो आइफोनको विक्री, हुवावे र भिभो अग्रस्थानमा

काठमाडौं । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा बढी बिक्री हुने स्मार
BizKhabar Online » BizKhabar Online

चीनमा खस्कियो आइफोनको विक्री, हुवावे र भिभो अग्रस्थानमा

काठमाडौं । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको नयाँ तथ्याङ्कले देखाएको छ । क्यालिफोर्नियामा मुख्यालय रहेको विश्वप्रसिद्ध विशाल प्रविधि कम्पनी एप्पलले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीनमा विक्रीको १५ प्रतिशत बजार हिस्सा लिएको छ । चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले १६ […]

पूर्व प्रेमिकाका गोप्य तस्विर सामाजिक सञ्जालमा सेयर गर्ने दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गर
BizKhabar Online » BizKhabar Online

पूर्व प्रेमिकाका गोप्य तस्विर सामाजिक सञ्जालमा सेयर गर्ने दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–८ धुले बेसी घर भई काठमाडौं महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल रहेका छन् ।  उनीहरूले प्रेम सम्बन्ध […]

चेम्बर र आइएलओ पदाधिकारीबीच छलफल, रोजगार क्षेत्रलाई व्यवस्थित गर्न जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तरराष्ट्रिय श्रम संगठन आइएलओबीच सामाजिक सुरक्षा कोषलाई प्
BizKhabar Online » BizKhabar Online

चेम्बर र आइएलओ पदाधिकारीबीच छलफल, रोजगार क्षेत्रलाई व्यवस्थित गर्न जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तरराष्ट्रिय श्रम संगठन आइएलओबीच सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आइएलओ नेपालका कन्ट्री डाइरेक्टर नुमान अन्ज्यनबीच श्रमिक अधिकारबारे छलफल भएको हो। श्रमिकको न्यूनतम ज्यालालाई उत्पादकत्वसँग जोड्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ […]

साना तथा मझौला संस्थाको आईपीओमा नयाँ नियमावली लागू, अब आइपीओ भर्दा ५०० कित्ता अनिवार्य

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबा
BizKhabar Online » BizKhabar Online

साना तथा मझौला संस्थाको आईपीओमा नयाँ नियमावली लागू, अब आइपीओ भर्दा ५०० कित्ता अनिवार्य

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१’ लागू गरेको छ। सरकारले स्वीकृति दिएको यो नियमावली २०८१ माघ ३ गतेबाट प्रभावमा आएको हो। बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गलाई नियमावली कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ। नयाँ नियमावलीअनुसार २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले […]

प्रधानमन्त्री ओली पोखरामा, यस्तो छ कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त स
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओली पोखरामा, यस्तो छ कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज अपाह्न गण्डकी प्रदेशको राजधानी पोखरा पुगेका छन् । प्रधानमन्त्री ओलीलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति हुन । प्रतिष्ठानबाट आज ४३ […]

अब मेलम्चीको पानी सँधै आईरहन्छ : खानेपानी मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अब बन्द नहुने बताएका छन् । बि
BizKhabar Online » BizKhabar Online

अब मेलम्चीको पानी सँधै आईरहन्छ : खानेपानी मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अब बन्द नहुने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले विगतमा बर्षातको समयमा काठमाडौंमा पानी आपूर्ति बन्द हुने भए पनि अब बाह्रै महिना मेलम्चीको पानी आपूर्तिका लागि विकल्प खोजिसकेको बताए । उनले मेलम्ची नजिकै अर्को खोलाको पानी ल्याउने र शिवपुरीबाट पनि पानी आपूर्ति गर्नेगरि […]

७ अंकले घटेर बन्द भयो बजार, कारोबार ६ अर्ब नजिक

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंक
BizKhabar Online » BizKhabar Online

७ अंकले घटेर बन्द भयो बजार, कारोबार ६ अर्ब नजिक

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तराचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ७.३३ अंकले घट्दै २५ सय ८८.६२ को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल २ सय ९६ कम्पनीका १ करोड १७ लाख ४९ हजार […]

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई ध
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । आज (बुधबार) को थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जीबी राईको संयुक्त रूपमा पाँच करोड ८ […]

नेपालगञ्जमा डिजिटल प्रविधि प्रवर्द्धन गर्न ‘क्यान इन्फोटेक’, माघ १० देखि २२ गतेसम्म हुने

काठमाडौं । नेपालगञ्जमा डिजिटल प्रविधि प्रवर्द्धन गर्न कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासं
BizKhabar Online » BizKhabar Online

नेपालगञ्जमा डिजिटल प्रविधि प्रवर्द्धन गर्न ‘क्यान इन्फोटेक’, माघ १० देखि २२ गतेसम्म हुने

काठमाडौं । नेपालगञ्जमा डिजिटल प्रविधि प्रवर्द्धन गर्न कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ बाँकेले ‘क्यान इन्फोटेक’ आयोजना गर्ने भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको समन्वय तथा आयोजनामा यही माघ १० देखि २२ गतेसम्म नेपालगञ्जमा प्रादेशिक महोत्सवमा ‘क्यान इन्फोटेक’ आयोजना गरिने जिल्लास्थित क्यान महासंघका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । प्रादेशिक महोत्सव आयोजना गर्न जिल्लास्थित […]

Get more results via ClueGoal