काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सिमेन्टको अस्वाभाविक मूल्यवृद्धि घटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। असार यता सिमेन्टको मूल्य ५०–६० प्रतिशतले बढाइएको भन्दै समितिले यो वृद्धिलाई तथ्यमा आधारित नभएको ठहर गरेको छ। उद्योगीहरूले लोडसेडिङ र लागत बढेको कारण देखाए पनि सांसदहरूले यो दाबी खारेज गर्दै देशभर २४ घण्टा विद्युत् उपलब्ध भएको उल्लेख […]
काठमाडौं। आर्थिक वर्ष २०८१–८२ को पुस महिनासम्म जीवन बीमा कम्पनीहरूले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १ करोड ३३ लाख ७२ हजार १०९ वटा बीमा पोलिसी बिक्री गरी यो रकम संकलन गरिएको हो। यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनी नेपाल लाइफ रहेको छ। कम्पनीले […]
काठमाडौं । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपले गर्दा यस महिना झण्डै ५० लाख कुखुरा र अन्य चराहरूको मृत्यु भएको छ । कृषि तथा वन मन्त्रालयले यस हप्ता मोरियोका शहरका दुई कुखुरा फार्महरूमा नयाँ प्रकोपको पुष्टि गर्यो । साथै, यस महिना २६ प्रकोप साइटहरू पहिचान गरिएको छ, जसमा करिब ५० लाख […]
काठमाडौं । ‘भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ ! यस्तै नियति भोगिरहेको छ पश्चिम नेपालको जल पर्यटनले । कतिपय व्यापारीले त नेपालमा जलयात्राको युग सकिन लागेको तर्क गरिरहेका छन्, जबकि पश्चिम नेपालमा जल पर्यटनलगायत समग्र पर्यटन क्षेत्रमा व्यावसायिक युग सुरु नै भएको छैन’, व्यवसायी जनेश भण्डारीको भनाइ हो यो। उनी पूर्वी क्षेत्रमा विभिन्न […]
काठमाडौं । लामो समय थला परेको नेपाली सेयर बजारका लगानीकर्तामा उत्साह देखिन थालेको छ । बुधबार नेप्से परिसुचकका साथै कारोबार रकममा समेत उच्च वृद्धि भएपछि लगानीकर्ताको आत्मबल बढ्न पुगेको हो । लामो समयदेखि ओरालो लागेको नेप्से परिसुचक बुधबार ५२ अंकले बढ्न पुगेको छ । उच्च अंकले बढेको बजारमा २३२ कम्पनीको सेयर मूल्य बढ्न पुगेको छ […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वर्ष नै तर्जुमा गरेको ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक २०८१’ लाई संसदमा पेश हुने भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक २०८१’ लाई संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ७ माघमा […]
काठमाडौँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र बनायो । नेपालकी कप्तान पूजा महतोले सबैभन्दा धेरै १८ रन बनाइन् । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् […]
काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले मङ्गलबार खानेपानीमन्त्री प्रदीप यादव र मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई एक ज्ञापनपत्र बुझाउँदै खानेपानी संस्थाहरु करमुक्त हुनुपर्ने माग राखेको छ । महासंघका अध्यक्ष खेमराज वलीको नेतृत्वको टोलीले सिंहदरबारमा मन्त्री र सचिवलाई भेटेर जनताको पानी सरकारको लगानी भन्ने नारालाई सार्थक बनाउन आग्रह गरेको हो । जलवायु […]
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदमा सुन्दर पन्थीलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले मंगलबार नयाँ सीईओ पदमा सुन्दर पन्थीलाई नियुक्त गरेको हो । सीईओको लागि आवेदन माग भएको थियो । जसमा सुन्दर पन्थी, प्रकाशमान बज्राचार्य, रामकृष्ण पन्थी, महेश रिमाल, रामदेव यादव, राजुनाथ खनाल, लक्ष्मण पराजुली लगायत ८ […]
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध लागिएको जानकारी गराएको हो । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको सूचनामा […]
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले रियल इस्टेट क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिने कानुन तत्काल निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। महासंघले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै कानुनी अभावका कारण रियल इस्टेट क्षेत्रमा विदेशी लगानीकर्ता आकर्षित गर्न कठिनाइ भएको र यसले देशको आर्थिक वृद्धिमा प्रभाव परेको जनाएको छ। विज्ञप्तिमा महासंघले विदेशीले नेपालमा […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएका बताएका छन् । बेनीमा मंगलबार आठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनबाट निजी क्षेत्र उत्साही भएको प्रतिक्रिया दिएका हुन् । गत […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तथा लाई निर्देशन दिएका छन । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाहरुलाई आवश्यक पर्ने नीति तथा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा […]
काठमाडौं । प्लाष्ट नेपाल फाउन्डेसनको अध्यक्षमा विवेक तातेड निर्वाचित भएका छन् । नेपाली प्लास्टिक उत्पादक र सम्बन्धित उद्योगहरूको संस्था प्लास्ट नेपाल फाउन्डेसन (पिएनएफ) को १०औं वार्षिक साधारण सभाले विशाल प्लास्टोकेब इन्डष्ट्रिजका तातेडलाई अध्यक्षमा निर्वाचित गरेको हो । आइतबार काठमाडौंमा आयोजित साधारण सभाले एमएम प्लास्टिकका सुयश प्याकुरेललाई वरिष्ठ उपाध्यक्ष र इन्टरटेक पाइप एन्ड फिटिंग्सका विनीत कुमार […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेका छन् । प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरुसहित सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाका प्रमुखहरुसँगको बैठकका क्रममा मन्त्री पौडेलले सरकारी अस्पतालमा पालो कुर्न पर्ने अवस्थामा सुरक्षा निकायका अस्पतालमा अपरेशन वार्ड खाली भएमा सेवा उपलब्ध गराउने गरी […]
काठमाडौं। नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो । बैंकले एक कार्यक्रम आयोजना गरी यही माघ १ गते नलगाड–१ का वडा अध्यक्ष धनबहादुर महर र माघ २ गते चौरजहारी–१ का […]
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताए । ‘पछिल्लो दिनहरुमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षित […]
काठमाडौं । उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म हुने आठौ सस्करणको विराट एक्स्पोले नयाँ लगानीकर्ताले उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने गुणस्तरीय व्यवस्थापन प्रणालीका वारेमा जानकारी दिने भएको छ । त्यसकालागि आयोजक उद्योग संगठन मोरङले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको सुरुवाती चरण अन्र्तगत एक्स्पो स्थलमा गुणस्तरीय व्यवस्थापन प्रणाली र स्वः परीक्षणको […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालमा ५ हजार ४ सय ८० वटा विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका छन् । यी सवारीसाधनको कूल आयात मूल्य १ अर्ब ३१ करोड ८ लाख ६९ हजार रुपैयाँ रहेको छ भने सरकारले यो आयातबाट ८ करोड १६ लाख २३ हजार ९२ रुपैयाँ भन्सार राजस्व संकलन […]
काठमाडौं । विश्वका केही राजनीतिक र वित्तीय अभिजात वर्गहरू स्विट्जरल्यान्डको डाभोसमा वार्षिक भेलाका लागि तयार हुँदा एक प्रमुख गरिबी विरोधी समूहले सोमबार अर्बपतिहरूको सम्पत्ति सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा तीन गुणा तीव्र गतिमा बढेको रिपोर्ट गरेको छ । विश्व आर्थिक मञ्चको बैठक सुरु हुने अवसरमा वैश्विक असमानताको आफ्नो नवीनतम मूल्याङ्कनमा अक्सफाम इन्टरनेसनलले आगामी दशकमा […]
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ । निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य […]
काठमाडौं । लमजुङका किसानले अलैंची बिक्री गरेर २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन्। यस वर्ष जिल्लामा प्रतिकिलो रु एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैंची […]
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (सोमबार) कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार मधेस […]
काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा तीन अर्ब २० करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष त्यसमा सामान्य वृद्धि गरेको हो । बैंकको खुद ब्याज आम्दानीमा गिरावट आए पनि कमिसन तथा शुल्क आम्दानी बढेपछि नाफामा सामान्य वृद्धि […]
काठमाडौं । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको ७ अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६÷७७ देखि सुरु […]
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयन रोक्न माग गर्दै दायर गरिएको रिट खारेज गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित तीन न्यायाधीशको पूर्ण इजलासले रिट खारेज गर्दै सरकारलाई परिचयपत्र लागू गर्न सहज बनाएको छ। अधिवक्ता रामबहादुर राउतले परिचयपत्र एकसाथ लागू गर्दा समस्या हुने भन्दै रिट दायर गरेका थिए। साथै, सामाजिक सुरक्षा भत्तामा परिचयपत्र अनिवार्य गर्दा चरणबद्ध […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ मसिर २८ गते बैठकवाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ […]
काठमाडौं । सिमेन्ट उत्पादन र आपूर्तिमा देखिएको समस्या समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विशेष बैठक सम्पन्न भएको छ। उद्योगमन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधि र निर्माण व्यवसायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरूबीच छलफल हुँदै महत्वपूर्ण सहमति भएको हो । छलफलमा सिमेन्ट […]
काठमाडौं । ‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न ।’ यो वाक्य अस्पताल, हेल्थपोष्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः सुन्नुपर्छ । हातमा ठूला राम्रा टनिकका सिसी लिएर घरपरिवारका बालबालिका वा बिरामीबाट भर्खर तङ्ग्रिन लागेका व्यक्तिलाई खुवाउने प्रचलन अहिले गाउँ सहर सबै ठाउँमा बढ्दो छ । पहिले सुत्केरीलाई […]
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा लामिछानेसहित थप १४ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको छ । रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका ४२ जनाविरुद्ध १ अर्ब […]
काठमाडौं । एमएडब्लू वृद्धिले एक भव्य समारोहमा आफ्नो अपग्रेड गरिएको र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी डीपल सार्वजनिक गरेको छ। नेपालमा ७५० युनिट बिक्रीको प्रभावशाली कोशेढुङ्गा पार गरिसकेको भविष्यमुखि र प्राविधिक रूपमा उन्नत डीपल एसओ७ एलको अभूतपूर्व सफलतामा निर्मित डीपल एसओ७ एल ले उन्नत प्रदर्शन, विस्तारित दायरा र अत्याधुनिक सुविधाहरूको साथ विद्युतीय गतिशीलतालाई पुनः परिभाषित गर्ने […]
काठमाडौं । पछिल्लो करिव ३ वर्षदेखि नेपालको निर्माण क्षेत्र शिथिल छ । सरकारले गर्ने पूँजीगत खर्च बढ्नुपर्नेमा झन् घट्दै गएको छ । तथ्यांकलाई आधार मान्दा पनि पछिल्ला ३ वर्षको पहिलो ५ महिनामा यस्तो खर्च घट्दै गएको देखिन्छ । यसरी सरकारले गर्ने विकास खर्च नै घटिरहँदा यता समग्र निर्माण क्षेत्र भने समस्यामा परेको छ । सरकारले […]
काठमाडौं । ठूलो रकम प्रोभिजनमा परेपछि विनोद चौधरीले नबिल स्टक डिलर बिक्रीमा राखेका छन् । नेपाल राष्ट्र बैंकले नबिल बैंकको सब्सिडियारी लगानी रहेको नबिल स्टक डिलरमा गरेको लगानीलाई प्रोभिजनमा राख्न लगाएपछि चौधरीले कम्पनी नै बिक्रीमा राखेका हुन् । धितोपत्र बोर्डले बैंकलाई पनि ब्रोकर लाइसेन्स दिने भएपछि विनोद चौधरीको बहुमत सेयर रहेको नबिल बैंकले १ अर्ब […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र १ खर्ब २ अर्ब सरकारी ऋण थपिएको छ । ‘चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब […]