Nepal



चीनले गुगलमाथि अनुसन्धान गर्ने, एकाधिकार विरोधी कानून उल्लंघनको आरोप

काठमाडौं । वासिङ्टनले चिनियाँ वस्तुहरूमा १० प्रतिशत भन्सार दर लगाएपछि चीनले मङ्गलबार अमेरिकी प्

विश्वबजारमा कच्चा पेट्रोलियमको मूल्य घट्यो, अमेरिका–चीन व्यापार तनाव र इरानी तेल प्रतिबन्धको प्रभाव

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा बुधबार कच्चा पेट्रोलियमको मूल्यमा गिरावट आएको छ। अमेरिका–चीन
BizKhabar Online » BizKhabar Online

विश्वबजारमा कच्चा पेट्रोलियमको मूल्य घट्यो, अमेरिका–चीन व्यापार तनाव र इरानी तेल प्रतिबन्धको प्रभाव

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा बुधबार कच्चा पेट्रोलियमको मूल्यमा गिरावट आएको छ। अमेरिका–चीन व्यापार युद्धको आशंका, अमेरिकी तेल भण्डारणको वृद्धिले बजारमा नकारात्मक प्रभाव पारेपछि ब्रेन्ट क्रुड ०.२८ प्रतिशतले घटेर प्रति ब्यारेल ७५.९९ डलरमा झरेको छ भने, अमेरिकी डब्लुटिआई ०.१५ प्रतिशतले घटेर ७२.५९ डलर पुगेको छ। मङ्गलबार चीनले अमेरिकी तेल, प्राकृतिक ग्यास र कोइलामा शुल्क लगाउने घोषणा […]

सामान्य अंकले घटेर बन्द भयो नेप्से, कारोबार ९ अर्ब नजिक

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य घटेर बन
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले घटेर बन्द भयो नेप्से, कारोबार ९ अर्ब नजिक

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.४५ अंकले घट्दै २७ सय ११ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय ९ कम्पनीका १ करोड ९१ लाख ८१ हजार बढी कित्ता […]

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेस रिभ्यू मिटिङ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.ले बिजनेस रिभ्यू मिटिङ चितवनको सिराइचुलि होटेलम
BizKhabar Online » BizKhabar Online

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेस रिभ्यू मिटिङ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.ले बिजनेस रिभ्यू मिटिङ चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम माघ २० मा आयोजना गरिएको हो । कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया […]

सिवाईसी नेपाल लघुवित्तको नाफा ४ करोड ३१ लाख, ब्याज आम्दानी ३१.९९ प्रतिशतले वृद्धि

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्
BizKhabar Online » BizKhabar Online

सिवाईसी नेपाल लघुवित्तको नाफा ४ करोड ३१ लाख, ब्याज आम्दानी ३१.९९ प्रतिशतले वृद्धि

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुष महिनासम्म कम्पनीले ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १०४.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले […]

सरकारले सुधारका काम गरेपछि अहिले नेपालमा लगानीको वातावरण बनेको छ : महासचिव पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लगानीको वातावरण बनेको दाबी गरेक
BizKhabar Online » BizKhabar Online

सरकारले सुधारका काम गरेपछि अहिले नेपालमा लगानीको वातावरण बनेको छ : महासचिव पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लगानीको वातावरण बनेको दाबी गरेका छन् । प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिसँगको छलफलमा महासचिव पोख्रेलले सो कुरा बताएका हुन् । सरकारले लगानीमैत्री वातावरणका लागि सुधारका काम गरेको उनको भनाई छ । जापान–नेपाल विकास मञ्चका सभापति एवम् पूर्व संसदीय उपअर्थमन्त्री मोतोयुकि ओदाची, जापानका लागि नेपाली राजजदूत डा. […]

नागढुंगा सुरुङमार्गको ८५ प्रतिशत काम सम्पन्न, फ्लाईओभरको काम बाँकी

काठमाडौं । नागढुंगा सुरुङ मार्ग परियोजनाले हालसम्म ८४.९६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । परि
BizKhabar Online » BizKhabar Online

नागढुंगा सुरुङमार्गको ८५ प्रतिशत काम सम्पन्न, फ्लाईओभरको काम बाँकी

काठमाडौं । नागढुंगा सुरुङ मार्ग परियोजनाले हालसम्म ८४.९६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । परियोजना निर्देशक इन्जिनियर ज्ञानेन्द्र कुमार झाका अनुसार सुरुङ मार्ग निर्माण अन्तर्गतका मुख्य कामहरू सम्पन्न हुँदै अन्तिम चरणमा पुगेको हो । मुख्य सुरुङ र सहायक सुरुङ खन्ने कार्य भने सम्पन्न भइसकेको छ भने यसमा हालिने कंक्रिट लाइनिङको कार्य पनि हालसम्म २ […]

सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव, नियुक्ति पनि रोकियो

काठमाडौं । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव ग
BizKhabar Online » BizKhabar Online

सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव, नियुक्ति पनि रोकियो

काठमाडौं । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव गरेको वाल स्ट्रिट जर्नलले मङ्गलबार बताएको छ । यो कदमले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सङ्घीय कर्मचारीहरूका लागि सुरु गरिएको स्वैच्छिक अवकाश कार्यक्रममा सामेल हुने पहिलो गुप्तचर एजेन्सी बन्नेछ । जर्नलका अनुसार सिआइए निर्देशक जोन र्‍याटक्लिफका एक सहयोगीलाई उद्धृत गर्दै एजेन्सीले सःशर्त प्रस्ताव दिइएका […]

निर्माण सुरु भएको ११ वर्षमा पनि बनेन त्रिशूली नदीमा साढे नौ करोडको पुल, स्थानीयलाई सास्ती

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथ
BizKhabar Online » BizKhabar Online

निर्माण सुरु भएको ११ वर्षमा पनि बनेन त्रिशूली नदीमा साढे नौ करोडको पुल, स्थानीयलाई सास्ती

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण सुरु भएर ११ वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् । पुल निर्माण सुरु भएर सम्पन्न भइसक्नुपर्नेमा हालसम्म पुल अलपत्र बनेपछि यस भेगका स्थानीयवासी निराश बनेका हुन् । केही दिनअघि स्थानीयवासीले पुल निर्माणको काम तत्काल सुरु गर्न माग गर्दै प्रशासन र […]

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन, गत वर्षभन्दा उत्पादनमा वृद्धि

काठमाडौं । यस वर्ष नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा रु. नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । ज
BizKhabar Online » BizKhabar Online

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन, गत वर्षभन्दा उत्पादनमा वृद्धि

काठमाडौं । यस वर्ष नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा रु. नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले गत वर्ष रु. सात करोड १८ लाखको सुन्तला उत्पादन भएको बताए । जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन […]

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो, १२ अर्बको भटमासको तेल निर्यात

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित त
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो, १२ अर्बको भटमासको तेल निर्यात

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ११ अर्ब ९९ करोड १८ लाखको पाँच करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ […]

अब नेपालीलाई विदेशबाट पनि श्रम स्वीकृति, ओमानबाट शुरु

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमा
BizKhabar Online » BizKhabar Online

अब नेपालीलाई विदेशबाट पनि श्रम स्वीकृति, ओमानबाट शुरु

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस […]

६ बुँदे सहमतिपछि पाथीभरा केबलकार आन्दोलन स्थगित, माघ २७ गते पुन: वार्तामा बस्ने सहमति

काठमाडौं । पाथीभरा केबलकार आन्दोलन स्थगन भएको छ। मंगलबार राति संघर्ष समिति सरकारबीच ६ बुँदे सहमत
BizKhabar Online » BizKhabar Online

६ बुँदे सहमतिपछि पाथीभरा केबलकार आन्दोलन स्थगित, माघ २७ गते पुन: वार्तामा बस्ने सहमति

काठमाडौं । पाथीभरा केबलकार आन्दोलन स्थगन भएको छ। मंगलबार राति संघर्ष समिति सरकारबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। पाथीभरा संघर्ष समितिसँग माघ २७ गते बस्ने अर्को वार्ताले त्यहाँका असहमतिलगायत विषयको टुंगो लगाउने बताइएको छ। गृह मन्त्रालयले गठन गरेको वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईका अनुसार राति काठमाडौंमा भएको वार्तामा आन्दोलन स्थगित गर्नेलगायत सहमति […]

पाथिभरा केबलकार निर्माण अवरोधको विरोधमा महासंघ, चेम्बर र सीएनआई एकै ठाउँमा, भने–लगानीको वातावरण बिथोलियो

काठमाडौं । नेपालका निजी क्षेत्रका ३ संगठनहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणक
BizKhabar Online » BizKhabar Online

पाथिभरा केबलकार निर्माण अवरोधको विरोधमा महासंघ, चेम्बर र सीएनआई एकै ठाउँमा, भने–लगानीको वातावरण बिथोलियो

काठमाडौं । नेपालका निजी क्षेत्रका ३ संगठनहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको परियोजनालाई लिएर ध्यानाकर्षण सार्वजनिक गरेका छन् । उक्त क्षेत्रमा अघि बढिरहेको केबलकारको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ […]

उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय, मुकाम काठमाडौंमा रहने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। मा
BizKhabar Online » BizKhabar Online

उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय, मुकाम काठमाडौंमा रहने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। माघ २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्। बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए। यसैगरी […]

यी हुन मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु

काठमाडौं । माघ २१ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सरकारले सार्वज्निक गरेको छ । सरकारका प
BizKhabar Online » BizKhabar Online

यी हुन मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु

काठमाडौं । माघ २१ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सरकारले सार्वज्निक गरेको छ । सरकारका प्रवक्त एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णय अनुसार सरकारले २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक […]

नेपाल औषधि लिमिटेडले पायो जिएसपी प्रमाणपत्र, अब अन्तरराष्ट्रिय बोलपत्रमा सहभागि हुन पाउने

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएम
BizKhabar Online » BizKhabar Online

नेपाल औषधि लिमिटेडले पायो जिएसपी प्रमाणपत्र, अब अन्तरराष्ट्रिय बोलपत्रमा सहभागि हुन पाउने

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था विभागबाट अन्तरराष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए । ‘विसं २०२९ सालमा कम्पनी स्थापना भए पनि २०६४÷६५ सम्म जिएमपीको […]

आजदेखि देशभर १० देखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क ‘एचपिभी’ खोप

काठमाडौं । आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख
BizKhabar Online » BizKhabar Online

आजदेखि देशभर १० देखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क ‘एचपिभी’ खोप

काठमाडौं । आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको […]

तिमाङको जंगलमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएन

काठमाडौँ । मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका-१ स्थित
BizKhabar Online » BizKhabar Online

तिमाङको जंगलमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएन

काठमाडौँ । मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका-१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । उनका अनुसार आगो निभाउने […]

यस वर्ष पाल्पामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन, ५२ करोड बढीको बिक्री

काठमाडौँ । यस वर्ष पाल्पामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ म
BizKhabar Online » BizKhabar Online

यस वर्ष पाल्पामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन, ५२ करोड बढीको बिक्री

काठमाडौँ । यस वर्ष पाल्पामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यस पटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो । यस वर्ष रु ५२ करोड ७६ लाख ८४ हजार बराबरको […]

गरे के हुँदैन ? पर्वतमा काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी

काठमाडौँ । पर्वतको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दान
BizKhabar Online » BizKhabar Online

गरे के हुँदैन ? पर्वतमा काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी

काठमाडौँ । पर्वतको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यस वर्ष रु छ करोड ३० लाख आम्दानी गरेका हुन् । स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा विसं २०५७ मा नारायणस्थान बीउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बीउ […]

भोलीदेखि अण्डाको मूल्य बढ्दै, यस्तो हुनेछ प्रतिक्रेट मूल्य

काठमाडौं । नेपालमा अण्डा उत्पादकहरुले भोलीदेखि अण्डाको मूल्य बढाउने निर्णय गरेका छन् । बजारमा अ
BizKhabar Online » BizKhabar Online

भोलीदेखि अण्डाको मूल्य बढ्दै, यस्तो हुनेछ प्रतिक्रेट मूल्य

काठमाडौं । नेपालमा अण्डा उत्पादकहरुले भोलीदेखि अण्डाको मूल्य बढाउने निर्णय गरेका छन् । बजारमा अण्डाको खपत बढेसँगै मूल्य बढ्ने भएको हो नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको […]

पाथीभरा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन, होला समस्या समाधान ?

काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्
BizKhabar Online » BizKhabar Online

पाथीभरा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन, होला समस्या समाधान ?

काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली बनाएको छ । गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका […]

सामाजिक सञ्जाल ‘प्लेटफर्म’ हरूलाई सरकारको चेतावनी, नेपालमा दर्ता नभए प्रतिबन्ध

काठमाडौं । सरकारले सामाजिक सञ्जाल ‘प्लेटफर्म कम्पनी’ हरूलाई नेपालमा दर्ता हुनका लागि आग्रह गरेक
BizKhabar Online » BizKhabar Online

सामाजिक सञ्जाल ‘प्लेटफर्म’ हरूलाई सरकारको चेतावनी, नेपालमा दर्ता नभए प्रतिबन्ध

काठमाडौं । सरकारले सामाजिक सञ्जाल ‘प्लेटफर्म कम्पनी’ हरूलाई नेपालमा दर्ता हुनका लागि आग्रह गरेको छ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुन दोस्रो पटक आग्रह गरेको हो । मन्त्रालयले जारी गरेको सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क […]

लुम्बिनी सेरामिक्सले आइपीओ जारी गर्दै, विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्काश
BizKhabar Online » BizKhabar Online

लुम्बिनी सेरामिक्सले आइपीओ जारी गर्दै, विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने घोषणा गरेको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी आउँदो ६ महिनाभित्र आईपीओ जारी गर्ने बताएको हो । कम्पनीको सेयर निष्काशन कार्यका लागि सेयर निष्काशन तथा […]

अब काठमाडौंको सुरक्षा दुई एसपीको कमाण्डमा, परिसरमा बोहोरासँगै चन्दलाई जिम्मेवारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन् । सोमबार
BizKhabar Online » BizKhabar Online

अब काठमाडौंको सुरक्षा दुई एसपीको कमाण्डमा, परिसरमा बोहोरासँगै चन्दलाई जिम्मेवारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट एसपीमा बढुवा भएका ३७ जनालाई पदस्थापन गरेको छ । पदस्थापन गर्दा पहिलो नम्बरमा बढुवा भएका एसपी कुलदिप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा खटाइएको हो । यसअघि नै परिसरमा एसपी अपिलराज […]

कुमारी बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा २०८१ साल माघ महिना २१ गते सोमबारका दि
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा २०८१ साल माघ महिना २१ गते सोमबारका दिन काठमाण्डौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८०÷८१ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय […]

सामसुङ प्रमुख लीलाई स्टक प्राइस हेरफेर, विश्वासघात र ‘एकाउन्टिङ फ्रड’का आरोपबाट पुनः सफाइ

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्ध
BizKhabar Online » BizKhabar Online

सामसुङ प्रमुख लीलाई स्टक प्राइस हेरफेर, विश्वासघात र ‘एकाउन्टिङ फ्रड’का आरोपबाट पुनः सफाइ

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित विभिन्न आरोपबाट सोमबार पुनः सफाइ मिलेको छ । लीलाई गत वर्षको एक सुनुवाइमा अभियोगबाट मुक्त गरिएको थियो, तर अभियोजकहरूले उक्त फैसलाविरुद्ध अपिल गरेका थिए। एएफपीले प्राप्त गरेको अदालती कागजातमा भनिएको छ, “प्रस्तुत गरिएका प्रमाणहरू तर्कसङ्गत शङ्काभन्दा बाहिर आरोप प्रमाणित गर्न पर्याप्त थिएनन्।” […]

नबिल बैंकको ‘नबिल एसएसई सर्टिफिकेट’ कोर्स जनकपुरमा सुरु, पहिलो समुहका लागि २५ जना छनोट

काठमाडौं । नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबि
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको ‘नबिल एसएसई सर्टिफिकेट’ कोर्स जनकपुरमा सुरु, पहिलो समुहका लागि २५ जना छनोट

काठमाडौं । नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिसकुमार सिंह तथा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल लगायतको उपस्थितिमा कोर्सको औपचारिक सुरुआत गरिएको हो । बैंकका अनुसार उक्त कोर्सका लागि […]

सरकारको सम्पूर्ण ध्यान कसरी नेपालको तीब्र विकास गर्ने भन्नेमा छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । क
BizKhabar Online » BizKhabar Online

सरकारको सम्पूर्ण ध्यान कसरी नेपालको तीब्र विकास गर्ने भन्नेमा छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् । उनले केही समय नेपाल पछाडि परेको भए पनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुक […]

तीव्र उत्तारचढावसहित सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा संकुचन

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक तिव्र उत्तार
BizKhabar Online » BizKhabar Online

तीव्र उत्तारचढावसहित सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा संकुचन

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक तिव्र उत्तारचढावसहित सामान्य अंकले बढेर बन्द भएको छ । आईतबार उच्च अंकले बढ्दै पछिल्लो ५ महिनाकै उच्च कारोबार भएको नेप्सेकाे दोस्रो दिन भने सोही यात्रा टिक्न सकेन । सोमबार कारोबार समयको सुरुवातिमा उच्च अंकले नेप्से उकालो लागेपनि दिउसो १२ बजेपछि ओरालो यात्रा तय […]

मन्त्रिपरिषद बैठक बस्दै, संसदमा पेश गर्ने थप बिधेयकलगायतका बारेमा छलफल हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद बैठक बस्दै, संसदमा पेश गर्ने थप बिधेयकलगायतका बारेमा छलफल हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । सो बैठकमा संसदमा पेश गर्ने थप बिधेयकलगायतका बारेमा छलफल हुदैँछ । सो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । अपराह्न ४ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

युरोपमा रोजगारीको सपना : यी हुन सहजै ‘वर्किङ भिसा’ पाउन सकिने पाँच देश

काठमाडौं । प्रत्येक वर्ष लाखौं मानिसहरू विदेशमा काम गर्न जान्छन् । युरोप संसारको ती भागहरू मध्ये
BizKhabar Online » BizKhabar Online

युरोपमा रोजगारीको सपना : यी हुन सहजै ‘वर्किङ भिसा’ पाउन सकिने पाँच देश

काठमाडौं । प्रत्येक वर्ष लाखौं मानिसहरू विदेशमा काम गर्न जान्छन् । युरोप संसारको ती भागहरू मध्ये एक हो जुन सबैभन्दा आधुनिक र आर्थिक रूपमा शक्तिशाली मानिन्छ । यही कारणले गर्दा संसारभरका मानिसहरू रोजगारीका लागि युरोप जान्छन् । ठूलो संख्यामा नेपाली पनि युरोपमा काम गरिरहेका छन् र तिनीहरूको संख्या हरेक वर्ष बढ्दै गएको छ । अहिले […]

पर्यटन आवागमन सामान्य वृद्धि : जनवरीमा भित्रिए झण्डै ८० हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२५ को जनवरी महिनामा नेपाल भ्रमणमा अन्तरराष्ट्रिय पर्यटक आगमन सामान्य वृद्धिसँग
BizKhabar Online » BizKhabar Online

पर्यटन आवागमन सामान्य वृद्धि : जनवरीमा भित्रिए झण्डै ८० हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२५ को जनवरी महिनामा नेपाल भ्रमणमा अन्तरराष्ट्रिय पर्यटक आगमन सामान्य वृद्धिसँगै अगाडि बढेको छ। अध्यागमन विभागका अनुसार, जनवरी २०२५ मा कुल ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक नेपाल आएका हुन् । यो तथ्यांकले जनवरी २०२४ को तुलनामा चालु बर्षको जनवरीमा १.१ प्रतिशत वृद्धि देखाएको छ। यो आगमन सन् २०१९ को […]

पर्यटनबाट आयभन्दा व्यय बढी : नेपाल आउने विदेशीले भन्दा विदेश जाने नेपाली पर्यटकको खर्च दोब्बर बढी

काठमाडौं । नेपालको भ्रमण आय निरन्तर घाटामा रहेको तथ्यांकले देखाएको छ । पछिल्ला तीन आर्थिक वर्षको
BizKhabar Online » BizKhabar Online

पर्यटनबाट आयभन्दा व्यय बढी : नेपाल आउने विदेशीले भन्दा विदेश जाने नेपाली पर्यटकको खर्च दोब्बर बढी

काठमाडौं । नेपालको भ्रमण आय निरन्तर घाटामा रहेको तथ्यांकले देखाएको छ । पछिल्ला तीन आर्थिक वर्षको विवरण हेर्दा नेपालमा विदेशी पर्यटकले गरेको खर्चको तुलनामा नेपालीले विदेशमा गर्ने खर्च उल्लेखनीय रूपमा बढी रहेको देखिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा भ्रमण […]

आज लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै, प्रदेशमा सार्बजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थायी राजधानी राप्ती उपत्
BizKhabar Online » BizKhabar Online

आज लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै, प्रदेशमा सार्बजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिएकी छन् । उनका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ। लुम्बिनीमा २१ माघमा प्रदेश सभा स्थापना भएकाले सोही दिन […]

Get more results via ClueGoal