Nepal



सुनिता र ब्यारीको पृथ्वी फिर्ती योजना फेरि रोकियो, २८० दिनदेखि अलपत्र

काठमाडौँ । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्म

एकैदिन ४ हजारले बढ्यो सुनको मुल्य, चाँदीको मूल्यमा पनि उच्च वृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्
BizKhabar Online » BizKhabar Online

एकैदिन ४ हजारले बढ्यो सुनको मुल्य, चाँदीको मूल्यमा पनि उच्च वृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले […]

सन २०२५ मा पुनः मन्दी आउला ? यस्तो बेला कस्ता कम्पनीमा लगानी गर्ने ?

काठमाडौं । के पुनः सन २०२५ मा आर्थिक मन्दी आउला ? विश्वभर देखिएको हालको आर्थिक उतारचढावका बीच लगान
BizKhabar Online » BizKhabar Online

सन २०२५ मा पुनः मन्दी आउला ? यस्तो बेला कस्ता कम्पनीमा लगानी गर्ने ?

काठमाडौं । के पुनः सन २०२५ मा आर्थिक मन्दी आउला ? विश्वभर देखिएको हालको आर्थिक उतारचढावका बीच लगानीकर्ताहरूको मनमा खेल्ने सबैभन्दा ठुलो प्रश्न नै यही हो । बजार विश्लेषकहरू र अर्थशास्त्रीहरूबीच यस विषयमा फरक मत देखिन्छ, तर पछिल्ला आर्थिक सूचकहरूले मिश्रित संकेत दिएका छन् । नयाँ तथ्यांक अनुसार, अमेरिकी अर्थतन्त्रले अझै सशक्त वृद्धि देखाइरहेको छ, […]

ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतामा आंशिक रूपमा प्रतिबन्ध लगा
BizKhabar Online » BizKhabar Online

ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतामा आंशिक रूपमा प्रतिबन्ध लगाउन सर्वोच्च अदालतलाई अपील गरेका छन् । बिहीबार सर्वोच्च अदालतमा ट्रम्पले न्यायाधीशहरूलाई मेरिल्याण्ड, म्यासाचुसेट्स र वाशिंगटनका जिल्ला न्यायाधीशहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको आदेशलाई अवरुद्ध गर्ने आदेशहरू खारेज गर्न आग्रह गरेका हुन् ।  यो आदेश हाल देशभर लागू गरिएको छैन र तीन संघीय पुनरावेदन […]

१७२ यात्रु बोकेको अमेरिकी एयरलाइन्सको विमानमा आगलागी, ६ जना गम्भिर

काठमाडौं । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जि
BizKhabar Online » BizKhabar Online

१७२ यात्रु बोकेको अमेरिकी एयरलाइन्सको विमानमा आगलागी, ६ जना गम्भिर

काठमाडौं । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ । १७२ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोलोराडो स्प्रिंग्सबाट डलास–फोर्ट वर्थ जाँदै गरेको अमेरिकन एयरलाइन्सको विमानमा चालक दलले ‘इन्जिन कम्पनु’ रिपोर्ट गरेपछि अवतरण गरेको थियो । अवतरण पछि र गेटमा ट्याक्सी चढ्ने क्रममा एउटा इन्जिनमा आगो लागेको बताएको […]

हिमालयन बैंकका २५ ऋणीले ऋण नतिर्दा नाम सार्वजनिक, कालोसूचीमा पर्ने चेतावनी

काठमाडौं । हिमालयन बैंकले क्रेडिट कार्ड प्रयोग गरी ऋण लिएका तर तोकिएको समयमा चुक्ता नगरेका २५ जन
BizKhabar Online » BizKhabar Online

हिमालयन बैंकका २५ ऋणीले ऋण नतिर्दा नाम सार्वजनिक, कालोसूचीमा पर्ने चेतावनी

काठमाडौं । हिमालयन बैंकले क्रेडिट कार्ड प्रयोग गरी ऋण लिएका तर तोकिएको समयमा चुक्ता नगरेका २५ जना ऋणीको नाम सार्वजनिक गरेको छ। बैंकले पटक–पटक ताकेता गरे पनि उनीहरू सम्पर्कमा नआएपछि तीन पुस्ते विवरणसहित नाम सार्वजनिक गरिएको हो। बैंकका अनुसार क्रेडिट कार्ड प्रयोग गरेका ग्राहकले समयमा साँवा र ब्याज बुझाउनुपर्ने कानुनी दायित्व हुन्छ। तर, लगातार वेवास्ता […]

ग्लोबल आइएमई बैंकको नयाँ योजना, अब भाषा परिक्षाको शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरूक
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको नयाँ योजना, अब भाषा परिक्षाको शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरूको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तरराष्ट्रिय विश्वविद्यालयहरुको शैक्षिक शुल्क, बिमा शुल्क लगायत विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० […]

अमेरिकाबाट फर्केर पुर्ख्याैली जग्गामा कृषि उद्यम गर्दै सुशील

काठमाडौं । म्याग्दीको मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाल
BizKhabar Online » BizKhabar Online

अमेरिकाबाट फर्केर पुर्ख्याैली जग्गामा कृषि उद्यम गर्दै सुशील

काठमाडौं । म्याग्दीको मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन् । हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्ने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुर्ख्याैली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गरेका हुन् । मंगला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै […]

आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड, यस वर्ष को बन्लान् महामूर्ख ?

काठमाडौं । कसैलाई मूर्ख, महामूर्ख भन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित
BizKhabar Online » BizKhabar Online

आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड, यस वर्ष को बन्लान् महामूर्ख ?

काठमाडौं । कसैलाई मूर्ख, महामूर्ख भन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ । मिथिलाको यस सहरमा महामूर्ख बन्न सबै ललायित हुने गर्छन् । हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजक समक्ष […]

युरोपेली मदिरामा २०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूबाट अमेरिका भित्रने मदिरामा २ सय
BizKhabar Online » BizKhabar Online

युरोपेली मदिरामा २०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूबाट अमेरिका भित्रने मदिरामा २ सय प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन् । युरोपेली संघले ह्विस्कीमा घोषणा गरेको ५० प्रतिशत भन्सार कर नहटाए २ सय प्रतिशत कर लगाउने बताएका हुन् । दोस्रो कार्यकाल सुरू गरेसँगै राष्ट्रपति ट्रम्पले विभिन्न देशबाट अमेरिका भित्रने सामानमा कर वृद्धि गरेका छन् । […]

सोलुखुम्बुमा भाइरल संक्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता
BizKhabar Online » BizKhabar Online

सोलुखुम्बुमा भाइरल संक्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रुघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको संख्या अत्यधिक बढिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्र
BizKhabar Online » BizKhabar Online

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्यो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । “एयर अरेबियाको […]

१८औं गभर्नर नियुक्तिका लागि अघि बढ्यो काम, सदस्यमा भट्टराई र पौडेल चयन

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर चयन प्रक्रियालाई अघि बढाएको छ । यसअघि फागुन
BizKhabar Online » BizKhabar Online

१८औं गभर्नर नियुक्तिका लागि अघि बढ्यो काम, सदस्यमा भट्टराई र पौडेल चयन

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर चयन प्रक्रियालाई अघि बढाएको छ । यसअघि फागुन २१ गते बसेको मन्त्रिपरिषद बैंठकले अर्थमन्त्री विष्णु पौडेलेको तेतृत्वमा गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेकोमा हाल सदस्यहरु नियुक्त गर्दै गभर्नर चयन प्रक्रियालाई अघि बढाएको हो । स्रोतका अनुसार छनौट समितिमा पूर्व गभर्नरको तर्फबाट पूर्व गभर्नर बिजयनाथ भट्टराई […]

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइ दिने दृश्य बिरलै

काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चह
BizKhabar Online » BizKhabar Online

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइ दिने दृश्य बिरलै

काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस […]

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १५० सवारी साधन ‘होल्ड’, होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने

काठमाडौं । काठमाडौँ उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिह
BizKhabar Online » BizKhabar Online

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १५० सवारी साधन ‘होल्ड’, होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने

काठमाडौं । काठमाडौँ उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिहानैदेखि उपत्यकाको तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार यस पटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरुलाई होली मनाउन नपाउने […]

शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक, अफर मूल्य १ लाख ४९ हजार ९९९

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ
BizKhabar Online » BizKhabar Online

शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक, अफर मूल्य १ लाख ४९ हजार ९९९

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ । यसको लन्च समारोह शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा सम्पन्न भएको थियो । शाओमी १५ अल्ट्राको लन्च १५ हजार भन्दा बढी दर्शकहरूको माझ मनाइएयो थियो । चर्चित गायक सुशान्त केसीको प्रत्यक्ष […]

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड बन्यो काठमाडौं रेन्जर्सको टाइटल स्पोन्सर

काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले नेपाल सुपर लिग सिजन ३ का लागि टिम काठमाडौं रेजर्सक
BizKhabar Online » BizKhabar Online

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड बन्यो काठमाडौं रेन्जर्सको टाइटल स्पोन्सर

काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले नेपाल सुपर लिग सिजन ३ का लागि टिम काठमाडौं रेजर्सको टाइटल स्पोन्सरको रूपमा साझेदारी गरेको छ। यामाहा खेलकुद र युवा सहभागितालाई प्रोत्साहित गर्ने ब्रान्डको रूपमा परिचित छ। नेपाली फुटबल संस्कृतिलाई सशक्त बनाउन तथा युवा खेलाडीहरूलाई उर्जा दिन यामाहा निरन्तर प्रतिबद्ध छ । एनएसएलको पहिलो सिजनको उपाधि जितेर इतिहास […]

होलीमा व्यापार : वार्षिक ५ देखि ७ अर्बको रंग र होलीका सामग्रीको व्यापार, स्वदेशी उत्पादन कम हुँदा ठूलो रकम विदेशिदै

काठमाडौं । नेपालमा फागुपूििर्णमा अर्थातहोली रंगको पर्वमात्रै नभएर पछिल्लो समय ठूलो व्यापारिक अ
BizKhabar Online » BizKhabar Online

होलीमा व्यापार : वार्षिक ५ देखि ७ अर्बको रंग र होलीका सामग्रीको व्यापार, स्वदेशी उत्पादन कम हुँदा ठूलो रकम विदेशिदै

काठमाडौं । नेपालमा फागुपूििर्णमा अर्थातहोली रंगको पर्वमात्रै नभएर पछिल्लो समय ठूलो व्यापारिक अवसरको रुपमा समेत विकास हुँदै गएको छ । फागुपूर्णिमाको पहाड र तराईमा गरी नेपालमा दुई दिन मनाईन्छ । यसरी मनाउने होलीमा रङ, पिचकारी, लोला, खाद्य सामग्रीलगायतका वस्तुहरुको व्यापार पनि उल्लेख्य हुने गरेको व्यापारीहरु बताउँदै आएका छन् । पछिल्ला वर्षहरूमा होलीका लागि आवश्यक सामग्रीहरूको […]

रेलवे कामदारका छोराले बनाए विश्वकै तेस्रो ठूलो ‘फेसन कम्पनी’ : १०५ अर्ब डलरको सम्पत्ति, विश्वभर ७४ सय बढी स्टोर

काठमाडौं । स्पेनको प्रसिद्ध फेसन ब्रान्ड ‘जारा’ ले हालै दक्षिण मुम्बईमा रहेको आफ्नो एउटा स्टोर ब
BizKhabar Online » BizKhabar Online

रेलवे कामदारका छोराले बनाए विश्वकै तेस्रो ठूलो ‘फेसन कम्पनी’ : १०५ अर्ब डलरको सम्पत्ति, विश्वभर ७४ सय बढी स्टोर

काठमाडौं । स्पेनको प्रसिद्ध फेसन ब्रान्ड ‘जारा’ ले हालै दक्षिण मुम्बईमा रहेको आफ्नो एउटा स्टोर बन्द गरेको छ । यो पसल ११८ वर्ष पुरानो इस्माइल भवनमा थियो जसको मासिक भाडा करीब ५ करोड रुपैयाँ थियो । जारा स्पेनका अग्रणी व्यापारी अमानसियो ओर्टेगाले सुरु गरेका थिए । एक रेलवे कामदारको छोरा र डेलिभरी ब्वाईको रूपमा आफ्नो […]

अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ९४ पैसा र बिक्रीदर १५२ रूपैयाँ ५९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको […]

चीन जोड्ने कोरला सडकमा रहेका योजना कार्यान्वयन हुँदै, नौमध्ये चार योजना कार्यान्वयनमा

काठमाडौं । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत चालु आर्
BizKhabar Online » BizKhabar Online

चीन जोड्ने कोरला सडकमा रहेका योजना कार्यान्वयन हुँदै, नौमध्ये चार योजना कार्यान्वयनमा

काठमाडौं । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि छनोट भएका नौवटा योजनामध्ये चार योजना कार्यान्वयनमा आएका छन् । पहिरो नियन्त्रण, चार वटा पुल र एक कालोपत्र योजनासहित यहाँ नौ योजना रहेका छन् । आयोजनाका सूचना अधिकारी इञ्जिनियर बिष्णु चापागाईंले ती योजनामध्ये चारवटा ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको र पाँच योजना […]

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’ व्यस्त

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको छ।आरोहीहरूलाई सुर
BizKhabar Online » BizKhabar Online

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’ व्यस्त

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको छ।आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’ को १० जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले जनाएको छ । एसपिसिसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताए । उनका अनुसार […]

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

काठमाडौं । मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर
BizKhabar Online » BizKhabar Online

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

काठमाडौं । मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिए । त्यहाँ २३ वर्षसम्म सवारीसाधन चलाए पनि उनले धन कमाउन सकेनन् ।त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उनलाई आफ्नै जन्मभूमि फर्किने बहाना बनेर आयो । वर्षौ पसिना खर्चेको देशमा पेट पाल्नसमेत धौधौ भएपछि उनी गाउँ फर्किए […]

स्थानीय तह र प्रदेशले गर्ने काम अब सङ्घले गर्नु हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम सङ्घ सरकारले गर्नु
BizKhabar Online » BizKhabar Online

स्थानीय तह र प्रदेशले गर्ने काम अब सङ्घले गर्नु हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम सङ्घ सरकारले गर्नु संविधान र सङ्घीयताको मर्म तथा भावनाविपरीत हुने बताएका छन् । आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गरेको छलफलमा अर्थमन्त्री पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम अब सङ्घले गर्न नहुने बताए । […]

काठमाडौंमा न्यून भिजिविलिटीका कारण विमान आकाशमै होल्ड, केहि जहाज डाइभर्ट गरिँदै

काठमाडौं । प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उ
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा न्यून भिजिविलिटीका कारण विमान आकाशमै होल्ड, केहि जहाज डाइभर्ट गरिँदै

काठमाडौं । प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकुलका कारण न्यून भिजिविलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’मा परेका हुन् । विमानस्थल कार्यालयका अनुसार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको छ । कतारको […]

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक, यी हुन् निर्णयहरु

काठमाडौं । पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। गत फागुन २६ गते साँझ प्रध
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक, यी हुन् निर्णयहरु

काठमाडौं । पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। गत फागुन २६ गते साँझ प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बैठकमा भएका निर्णयहरू जानकारी गराएका छन्।यस्ता छन् निर्णयहरु : –भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रश्तावित सम्भाव्यता अध्ययनसम्बन्धी […]

जोय स्टोर र कुमारी बैंकबीच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशत छुट

काठमाण्डौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र कुमारी बैंकबीच सम्झौता भएको छ । नेपाल
BizKhabar Online » BizKhabar Online

जोय स्टोर र कुमारी बैंकबीच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशत छुट

काठमाण्डौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र कुमारी बैंकबीच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र कुमारी बैंकका तर्फबाट रविन्द्रराज थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार […]

सिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता, वित्तीय अपराधको जोखिम न्यूनीकरणलाई थप सुदृढ बनाउने

काठमाडौं । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षि
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता, वित्तीय अपराधको जोखिम न्यूनीकरणलाई थप सुदृढ बनाउने

काठमाडौं । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेड बीच सम्झौता भएको छ । यस पहलले एंटी मनी लाउन्डरिंग प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकको छ । यस […]

मस्कको इन्टरनेट कम्पनी स्टारलिंकको भारतीय बजारमा प्रवेश, एयरटेलसँग सम्झौता

काठमाडौँ । एलन मस्कको इन्टरनेट कम्पनि स्टारलिंक भारतीय बजारमा प्रवेश गरेको छ । मस्कको कम्पनी स्प
BizKhabar Online » BizKhabar Online

मस्कको इन्टरनेट कम्पनी स्टारलिंकको भारतीय बजारमा प्रवेश, एयरटेलसँग सम्झौता

काठमाडौँ । एलन मस्कको इन्टरनेट कम्पनि स्टारलिंक भारतीय बजारमा प्रवेश गरेको छ । मस्कको कम्पनी स्पेसएक्स र एयरटेलबीच भारतमा स्टारलिंक हाई स्पीड इन्टरनेट ल्याउने सम्झौता भएसँगै स्टारलिंकको भारतीय बजारमा प्रवेश भएको हो । एयरटेलले सम्झौताको बारेमा मंगलबार जानकरी दिएको छ । एयरटेलले भारतमा एयरटेलका ग्राहकहरूलाई स्टारलिंक उच्च-गतिको इन्टरनेट सेवाहरू ल्याउन स्पेसएक्ससँग सम्झौता गरेको जनाएको छ […]

साल्ट ट्रेडिङको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ
BizKhabar Online » BizKhabar Online

साल्ट ट्रेडिङको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १ गतेदेखि बुक क्लोज गर्ने भएको छ । सरकारले फागुन २८ गते बिहीबार फागु पूर्णिमाको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी भेगमा सार्वजनिक बिदा दिएको छ । जसकारण सेयर कारोबार हुँदैन । अब […]

एक्सेल डेभलपमेन्ट बैंकको चैत ११ गते साधारण सभा, मर्जरको अख्तियारी सञ्चालक समितिलाई दिने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चैत ११ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले लाभां
BizKhabar Online » BizKhabar Online

एक्सेल डेभलपमेन्ट बैंकको चैत ११ गते साधारण सभा, मर्जरको अख्तियारी सञ्चालक समितिलाई दिने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चैत ११ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसअघि नै बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ । साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक […]

उपभोक्ता अदालत चैत २ गतेदेखि सञ्चालनमा आउने, प्रतिनिधिसभामा सूचना टेबुल

काठमाडौं । उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ । कानुन, न्याय तथा संसदीय मामि
BizKhabar Online » BizKhabar Online

उपभोक्ता अदालत चैत २ गतेदेखि सञ्चालनमा आउने, प्रतिनिधिसभामा सूचना टेबुल

काठमाडौं । उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज प्रतिनिधिसभा बैठकमा उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्दै चैत २ गतेदेखि अदालत सञ्चालनमा आउने जानकारी दिए । उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार यो अदालत गठन भएको हो । सरकारले काठमाडौं उपत्यका मुकाम रहने […]

विश्वव्यापी शेयर बजारमा उच्च गिरावट, कारण के हो ?

काठमाडौँ । अमेरिकी आर्थिक मन्दीको चिन्ताका कारण विश्वव्यापी शेयर बजारमा गिरावट आएको छ। एसियाली
BizKhabar Online » BizKhabar Online

विश्वव्यापी शेयर बजारमा उच्च गिरावट, कारण के हो ?

काठमाडौँ । अमेरिकी आर्थिक मन्दीको चिन्ताका कारण विश्वव्यापी शेयर बजारमा गिरावट आएको छ। एसियाली शेयर बजारमा पनि गिरावट आएको छ । यसको कारण प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति रहेको विश्लेषण गरिएको छ । सम्भावित आर्थिक मन्दीको चिन्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले अमेरिकी अर्थतन्त्र संक्रमणको चरणबाट गुज्रिरहेको आसयको अभिव्यक्ति दिएपछि विश्वको शेयर बजारमा […]

‘नाडा अटो शो २०२५’का लागि रजिष्ट्रेशन खुल्ला, गोला प्रथाबाट स्टल उपलब्ध गराइने

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ । २०८२ भदौ ३
BizKhabar Online » BizKhabar Online

‘नाडा अटो शो २०२५’का लागि रजिष्ट्रेशन खुल्ला, गोला प्रथाबाट स्टल उपलब्ध गराइने

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ । २०८२ भदौ ३ देखि ८ गतेसम्म १७ औं संस्करणको रुपमा नाडा अटो शो हुने जनाइएको छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने प्रदर्शनीको लागि यही फागुन २७ देखि चैत ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ […]

मुग्लिन–मलेखु सडकको स्तरोन्नति सुस्त गतिमा, ठेक्का लागेको २ बर्षमा २५ प्रतिशत प्रगति

काठमाडौं । मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम सुस्त गतिमा अघि बढेको छ । हालसम्म २५ प्रतिशत प्रगत
BizKhabar Online » BizKhabar Online

मुग्लिन–मलेखु सडकको स्तरोन्नति सुस्त गतिमा, ठेक्का लागेको २ बर्षमा २५ प्रतिशत प्रगति

काठमाडौं । मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम सुस्त गतिमा अघि बढेको छ । हालसम्म २५ प्रतिशत प्रगति भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनालाई तीन प्याकेज छुट्याएर स्तरोन्नतिको काम भइरहेको छ । करिब ९५ किलोमिटर दूरी रहेको यो सडक खण्ड तीन प्याकेज छुट्याएर स्तरोन्नति गरिएको हो । पहिलो प्याकेजमा नागढुङ्गा–नौविसे, दोस्रोमा नौविसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी छुट्याइएको […]

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ८ अर्ब ३९ करोडमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घ
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ८ अर्ब ३९ करोडमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.२१ अंकले घट्दै २७ सय १९ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ३ कम्पनीका १ करोड ५५ लाख ५९ हजार बढी कित्ता सेयर किनबेच […]

Get more results via ClueGoal