काठमाडौं । पछिल्लो पाँच वर्षमा सुनको मूल्यले विश्व बजार र नेपाल दुवैमा उल्लेख्य वृद्धि हासिल गरेको छ । विश्व बजारमा सुनको मूल्य १ सय ९५ प्रतिशतले बढ्दा नेपालमा प्रतिवर्ष औसत २३ हजार ९ सय २० रुपैयाँको वृद्धि भएको छ । यो अवधिमा सुनले आर्थिक अस्थिरता, जियोपोलिटिकल तनाव, र मुद्रास्फीतिका कारण लगानीकर्ताहरूको ध्यान खिचेको छ । […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टप–स्टार्ट (रोक्ने–सुरु गर्ने)भन्सार शुल्क घोषणाले युरोजोनमा वृद्धिलाई खतरामा पार्न सक्ने चिन्ताबीच युरोपेली केन्द्रीय बैंक (इसिबी)ले बिहीबार फेरि ब्याज दरहरू कटौती गरेको छ । इसिबी नीति निर्माताहरूले एकल–मुद्रा क्षेत्रका लागि उधारो लागतमा केन्द्रीय बैंकको लगातार छैटौँ कटौतीलाई चिह्नित गर्दै दरहरू एक चौथाइ–विन्दुले घटाउने निर्णय गरेका छन् । यस निर्णयले इसिबीको […]
काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रूपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य […]
काठमाडौं । बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो । […]
काठमाडौं । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो बर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत बर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो । सन् १९७९ मा पहिलो पटक तुलनात्मक तथ्याङ्क सङ्कलन […]
काठमाडौं । ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस सचिवालयको बिहीबार बसेको बैठकले उनीहरूलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिसमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी रहेका छन्। खापुङलाई […]
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाअन्र्तगतको आधारभूत सेवामा देखिएको दोहोरोपना हटाएर सुधारिएको प्रोटोकल निर्माणको तयारी थालेका छन् । यसका लागि उनले स्तरीय प्रोटोकल तयार पार्न मन्त्रीस्तरीय निर्णय गर्दै विज्ञ समिति गठन गरेका छन् । कतिपय अवस्थामा आधारभूत स्वास्थ्य सेवामा दोहोरोपना आइरहेको देखिएकाले त्यसलाई सुधार गरी मापदण्ड बनाउनका लागि समिति गठन गरिएको मन्त्रालयको […]
काठमाडौं । सेयरबजारमा प्राथमिक सेयर (आइपीओ) निष्कासनको तयारीमा रहेका चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति मागेका छन्। अनुमति माग्ने कम्पनीहरूमा दुई होटल, एक हेलिकप्टर सेवा प्रदायक र एक हाइड्रोपावर कम्पनी छन्। वरनावास म्युजियम होटलयो होटलले कुल ३९ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३९ […]
काठमाडौं । कुमारी बैंकले टपअप र फोनपे डाइरेक्ट गरौं बम्पर उपहार जितौं योजना सार्वजनिक गरेको छ । ग्राहकहरूले आकर्षक उपहारहरू जित्नसक्ने अवसरसहितको उक्त योजनामा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १ सय जनालार्य १ सय रुपैयाँको मोबाइल रिचार्ज उपहार समेत दिईने बैंकले जानकारी दिएको छ । उक्त योजनामा सहभागी हुनका लागि ग्राहकहरूले […]
काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी) मा परिमार्जित वारेन्टी घोषणा गरेको छ । कम्पनीले ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क स्थापना गर्नेगरी उक्त घोषणा गरेको हो । बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई […]
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को औपचारिक स्थापना भएको छ। वैद्य अर्गनाइजेशनकी रितु सिंह वैद्यको अध्यक्षतामा बुधबार संस्थाको घोषणा गरिएको हो। नाइमाको बोर्ड सदस्यहरूमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काबरा रहेका छन्। संस्थाले बुधबार […]
काठमाडौं । गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बिपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्निर्माण गर्ने जनाएको हो । कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने हुनेछ । यस्तै […]
काठमाडों । कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन्, जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रूपैयाँको मोबाइल रिचार्ज उपहार समेत रहेको छ । यस योजनामा सहभागी हुनका […]
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकी छन् । संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका छन्। दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी हुन् । उनी राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक […]
काठमाडौं । सर्वाेच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेका शेरचनलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउसहित अन्तरिम आदेश जारी गर्दै निरन्तर कामका लागि बाटो खोलेको हो । उच्च अदालतको फैसलाअनुसार २०८२ सालको वैशाख ९ गतेबाट स्वतः अवकास […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक आव्हानका लागि सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन बोलाइएको हो । शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको […]
काठमाडौ+ . सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको […]
काठमाडौं । नेपालगञ्जमा पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न यहाँको होटल व्यवसायमा लगानी थपिँदै गएको छ । नेपालगञ्जमा सञ्चालनमा रहेका तारे होटलले पूर्वाधार विस्तारसँगै सेवा सुविधा स्तरोन्नतिमा लगानी थप्दै गएका छन् भने नयाँ होटलले ठूलो मात्रामा लगानी गरिरहेका छन् । यहाँ निर्माणाधीन पाँचतारे होटल ‘पौवा वेस्टर्न’ले रु एक अर्ब लगानी गर्दैछ । नेपालगञ्जको होटलमा नेपाली हस्पिटालिटीभित्र […]
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उल्लेख्य बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो । यसर्थ आजै मात्रै सुनको मूल्य प्रतितोला २ हजार ७ सय […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु […]
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका अनुसार साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिक रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड, […]
काठमाडौं । सर्वाेच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वाेच्चमा रिट दायर गरेका […]
काठमाडौं । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायण घाट-बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट-दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् । नारायण घाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा […]
काठमाडौं । गएको वर्ष अर्थात विस २०८१ बैंकका ऋणीहरुका लागि पीडादायी सावित भएको छ । घट्दो खपत र गिर्दाे व्यापार व्यवसायका कारण गएको वर्ष धेरै ऋणीहरु कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रको पछिल्लो तथ्यांकअनुसार, गएको वर्ष कालोसूचीमा पर्ने ऋणीको संख्या ४६ हजार ४ सय ४१ ले बढेको छ । यो तीव्र वृद्धिले बैंक तथा […]
काठमाडौं । आइएमई लाइफले चैत महिनामा ३ करोड २० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले ७५ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले २० वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १ करोड २१ लाख ५७ हजार १७५ रुपैयाँ प्रदान गरेको छ । १७ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत […]
काठमाडौं । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले आफ्ना एयरलाइन्सलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी गर्न रोक्न भनेको मङ्गलबार एउटा रिपोर्टले जनाएको छ । जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि विश्वका दुई ठूला अर्थतन्त्र प्रतिक्रियात्मक भन्सार युद्धमा फसेका छन् । अमेरिकाले अब चीनबाट आयातमा १४५ प्रतिशतसम्म कर […]
काठमाडौैं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरसम्बन्धी मापदण्ड हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले मंगलबार नेपाल सरकारका नाममा उक्त आदेश जारी गरेको हो। अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र गभर्नर छनौट समिति प्रतिनिधिलाई अर्को […]
काठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ । सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ […]
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु […]
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही […]
जाजरकोट । जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएका हुन् । पहिलो भूकम्प गए राति ९ बजेर ३१ मिनेटमा ४.१ म्यागनिच्युटको भूकम्प गएको थियो भने दोस्रो भूकम्प आज बिहान ४ बजेर ५३ […]
काठमाडौं । वसन्तकालीन यामा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एक सय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन […]
काठमाडौं । नेपाल सुपर लिगमा रेफ्रीको निर्णयलाई लिएर फेरि एकपटक विवाद चुलिएको छ। हालै सम्पन्न एक खेलमा झापा एफसीका पक्षमा चौथो रेफ्रीले गोप्य रूपमा पेनाल्टीको संकेत गरेको भिडियो सार्वजनिक भएपछि एफसी चितवनले ती रेफ्रीलाई आगामी खेलहरूमा जिम्मेवारी नदिन औपचारिक अनुरोध गरेको थियो। तर सोही रेफ्रीलाई पुनः त्यही खेलमा मुख्य तथा चौथो रेफ्रीको रूपमा खटाइएकोमा क्लबले […]
काठमाडौं । देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्ष विसं २०८२ को स्वागत गरिएको छ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट आज स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ वर्षको स्वागत गरेका हुन् । नयाँ वर्षको आगमनसँगै पोखराका प्रमुख पर्यटकीयस्थलमा पर्यटक भरिभराउ छन् । फेवाताल, बेगनाससहित विभिन्न मन्दिर र गुफाहरुमा पर्यटकको घुइँचो रहेको छ । नयाँ […]